म्याग्दी समाचार

करबाकेली थानको पर्यटन प्रर्वद्धनका लागि ‘बेनी–करबाकेली इको ट्रेक ’ सुरु

म्याग्दी, २२ बैशाख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ७ राम्चेमा पर्ने करबाकेली थानलाई आन्तरिक तथा बाह्रय पर्यटक प्रर्वद्धनका लागि  समुदायको सक्रियता बढेको छ । करबाकेली थानलाई संरक्षण तथा पर्यटन प्रर्वद्धनका लागि करबाकेली संरक्षण समीतिको सक्रियतामा करबाकेली इको ट्रेक एक्सप्लोर गरिएको हो । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा ‘बेनी– करबाकेली इको ट्रेक’... पुरा पढ्नुहोस

राष्ट्रघातका विरुद्ध भन्दै विप्लव नेतृत्वको नेकपाद्धारा २२ गते नेपाल बन्द

म्याग्दी, २१ वैशाख । वर्तमान सरकारले राष्ट्रघातका काम गरेको भन्दै विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले बैशाख २२ गते नेपाल बन्दको आह्वान गरेको छ । नेकपा म्याग्दीले एक प्रेस विज्ञप्ती जारी गर्दै २२ गते नेपाल बन्द गर्ने जनाएको हो । भारतले नेपाली भुमि अतिक्रमण गरिरहेको सन्दर्भमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण केबल... पुरा पढ्नुहोस

मौवाफाँट टोल सुधार समिति गठन

म्याग्दी, २१ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका –३ मौवाफाँटमा टोल सुधार समिति गठन भएको छ । शुक्रवार वडा अध्यक्ष जिवन कुमार मल्लको अध्यक्षतामा बसेको भेलाले १३ सदस्यीय मौवाफाँट टोल सुधार समिति गठन गरेको हो । भेलाबाट गोपाल शर्माको अध्यक्ष, पदम विश्वकर्मा सचिब र यामकुमारी गर्वुजा कोषाध्यक्ष रहनुभएको टोल सुधार समिति... पुरा पढ्नुहोस

पर्यटन मन्त्री रविन्द्र अधिकारीको उपस्थितमा म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ

म्याग्दी,२१ बैशाख । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा मनाउन लागिएको म्याग्दी भ्रमण वर्ष २०७५ को पर्यटन मन्त्री अधिकारीको उपस्थितमा बैशाख ३० गते औपचारिक रुपमा शुभारम्भ गरिने भएको छ ।नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीद्धारा भ्रमण वर्षको उद्घाटन हुने कार्यक्रम तय भएको म्याग्दी उद्योग वाणिज्य संघका... पुरा पढ्नुहोस

वेग–बादुक गाउँलाई जोड्ने झोलुङ्गे पुल नेपालकै लामो र अग्लो

  म्याग्दी, २१ वैशाख /म्याग्दीको रघुगंगा गाउँपालिका– १ बेगखोलामा नेपालकै लामो र अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएपछि बेग र बाँदुक गाउँको तीन घण्टाको बाटो आधा घण्टामा छोटिएको छ । दुइ गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको नेपालको लामो र अग्लो पुलको लम्वाई ३ सय ६५ दशमलब ८० मिटर... पुरा पढ्नुहोस

म्याग्दीका चार जना यातायात व्यवसायी पक्राउ, सवारी साधन नचल्दा जनजीवन प्रभावीत

म्याग्दी, २१ वैशाख । सरकारले यातयात व्यवसायीहरुको लागी ल्याएको नयाँ निर्देशिकाको विरुद्धमा सवारी साधन घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका म्याग्दीका यातायात व्यवसायि समितिका नेताहरु पक्राउ पर्न थालेका छन् । आफ्नो व्यवसायिक संस्था मातहतका सवारी साधन घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका समितिका नेताहरुलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन बमोजिम म्याग्दीमा चार जनालाई... पुरा पढ्नुहोस

थप आठ विद्यालयमा विद्युतीय पुस्तकालय जडान

म्याग्दी, २१ बैशाख । प्रवासीहरुको अगुवाईमा म्याग्दीका थप आठ विद्यालयमा आधुनिक प्रबिधियुक्त विद्युतीय पुस्तकालय स्थापना भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले यसअघि २५ विद्यालयमा स्थापना गरेको विद्युतीय पुस्तकालय पछिल्लो पटक थप आठ विद्यालयमा विस्तार गरेको हो । तेस्रो चरणमा किसानी मावि बिम, राष्ट्रिय मावि नेप्टेचौर, जनप्रिय आधारभुत विद्यालय... पुरा पढ्नुहोस

समितिका गाडी ग्यारेजमा थन्किएपनि कम्पनी र निजी गाडीले सेवा दिए

बेनी, २१ बैशाख । सरकारले ल्याएको नयाँ निर्देशिका विरुद्ध म्याग्दीका यातायात व्यवसायीले शुक्रबार सेवा ठप्प पारेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । म्याग्दी जिप तथा बस ब्यवसायी, धौलागिरि, पृथ्वी, म्याग्दीकाली, म्याग्दी ट्याक्सी व्यवसायी लगायत यातायात ब्यवसायी समिति सम्बद्ध व्यवसायीले बिहानैदेखि सार्वजनिक सवारी साधन सञ्चालन नगरेपछि यात्रु मर्कामा परेका हुन् ।... पुरा पढ्नुहोस

शिख माविमा समुदाय, सरकार र दाताहरूकाे लगानीमा पूर्वाधार निर्माण धमाधम

म्याग्दी, २१ वैशाख । म्याग्दीकाे उत्तरी   अन्नपूर्ण गाउँपालिका –५ मा रहेको शिख माध्यमिक विद्यालयमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ । स्थानीयबासी, प्रवासी र सरकारी निकायको लगानीमा भौगोलिक रुपमा बिकट क्षेत्रमा पर्ने शिखको सामुदायीक विद्यालयमा सुबिधा सम्पन्न भवन, खेलमैदान लगायतका पूर्वाधार निर्माणले तिब्रता पाएको हो । कक्षा १२ सम्मको पठनपाठन हुने... पुरा पढ्नुहोस

घराम्दीमा ऐतिहासिक सुनधाराको संरक्षण

म्याग्दी, २१ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ घराम्दीका बासिन्दाले स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर ऐतिहासिक पहिचान झल्कने ढुंगेधाराको संरक्षण गरेका छन् । आधुनिक समाजको विकास क्रमसँगै कुनै समय गाउँबस्तीमा खाने पानी आपूर्तिको स्रोतको रूपमा रहेको ढुंगेधाराको जीर्णोद्धार गरेर व्यवस्थित बनाइएको थियो । प्रवासमा रहेका युवाको पहलमा आर्थिक स्रोत जुटाएर स्थानीय... पुरा पढ्नुहोस