म्याग्दी समाचार

१४४ औँ विश्व हुलाक दिवसको अवसरमा ठाकुरप्रसाद खत्री सम्मानीत

म्याग्दी, २३ असोज । १४४ औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय म्याग्दीले उतकृष्ट कर्मचारीको रुपमा ठाकुप्रसाद खत्रीलाई सम्मान गदै दिवस मनाएको छ हुलाक कायार्लयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र हुलाक अधिकृत साधना कुमारी श्रेष्ठले   प्रमाणपत्र र दोषल्लाले खत्रीलाई सम्मान गरिएको थियो । २०४० सालदेखि इमान्दार रुपमा... पुरा पढ्नुहोस

बेनीमा चौथो एभरग्रीन कप’ फुटवल प्रतियोगिता सुरु

म्याग्दी २३ असोज । बेनीमा मंगलबारदेखि धौलागिरी अञ्चलकै सर्बाधिक पुरुस्कार राशीको फुटबल प्रतियोगिता चौथो एभरग्रिन कप सुरु भएको छ ।एभरग्रीन युवा क्लवले बिजया दशमी पर्वको अवसरमा आयोजना गरेको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एभरग्रीन युवा क्लवले कालीपुल यूनाईटेडलाई २ का विरुद्ध ३ गोल गर्दै... पुरा पढ्नुहोस

मुस्ताङबाट पन्ध्र हजार भेडाच्याङग्रा निकासी

बेनी २२ असोज । दसँैका लागि हिमाली जिल्ला मुस्ताङबाट देशका विभिन्न जिल्लामा भेडाच्याङग्रा निकासी सुरु भएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङ्जा, राजधानी काठमाडौको बजारमा मुस्ताङबाट भेडाच्याङग्रा निकासी हुन थालेको हो । भेडाच्याङग्रा खरिद गर्नका लागि देशका विभिन्न ठाउँका ब्यापारीहरु जोमसोम पुगेका छन् । भेटेरिनरी अस्पताल... पुरा पढ्नुहोस

लिटल गार्डेनमा भेषभुषा प्रर्दशनी

बेनी २२ असोज । बेनीको गणेशटोल स्थित लिटल गार्डेन एकेडेमिमा सोमबार प्रतिस्पर्धात्मक भेषभुषा प्रर्दशनी गरिएको छ । संस्कृतिको संरक्षणमा अग्रसर गराउने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबिच भेषभुषा प्रर्दशनी गरिएको हो । विद्यार्थीहरु आफ्नो जातीय पहिचान झल्कने पहिरनमा प्रर्दशनीमा सहभागि भएका थिए । उनिहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।... पुरा पढ्नुहोस

धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम ओझेलमा (फोटो फिचर)

बेनी, २२ असोज । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम प्रचार प्रसारको अभाबमा ओझेलमा परेका छ । करिब २ सय बर्ष पुरानो इतिहाँस बोकेको स्वर्गाश्रम ऋषिमुनीहरुले तपस्या गरि ज्ञान आर्जन गरेको ठाउँको रुपमा परिचित छ । शान्त र मनोरम स्वर्गाश्रममा अहिलेपनि तपस्बीहरु आउने गरेको वडा अध्यक्ष पदम पुनले... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाद्धारा कृषकलाई औजार वितरण

बेनी २१ असोज । मंगला गाउँपालिकाका कृषकहरुलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत मिनीटेलर हलो, कम्बाइन्ड मिल र रुख काट्ने औजार वितरण गरिएको हो । २५ प्रतिशत अनुदानमा ४० वटा मिनीटेलर हलो, ८ वटा कम्बाइन मिल र एक वटा रुख काट्ने विद्युतीय औजार वितरण... पुरा पढ्नुहोस

दिपा विकलाई पिस सिटिको आर्थिक सहयोग

म्याग्दी, २१ असोज । कान सुन्न नसक्ने बेनी नगरपालिका– ६ जामुनाखर्ककी १४ बर्षिय दिपा विकलाई सरलयन्त्र उपकरण किन्न लागि आर्थिक सहयोग गरिएको छ । लायन्स क्लव अफ बेनी पिस सिटिले १३ हजार रुपैया आर्थिक सहयोग गरेको हो । आईतबार वडा अध्यक्ष कृष्णकुमार बानियाँको उपस्थितमा पिस सिटिका अध्यक्ष लोकेश पुनमगर र... पुरा पढ्नुहोस

विद्यालयमा सरसफाई र स्वच्छता समन्वय समिति गठन

बेनी २१ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका ६ आरवाङमा रहेको जनविकास आधारभुत विद्यालयमा आईतबार खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन भएको छ । ब्यवस्थापन समितिका अध्यक्ष चक्र पुनको अध्यक्षतामा भएको सरोकारवालाहरुको भेलाले भिमप्रसाद जुक्जालीको अध्यक्षतामा फुलबहादुर जुक्जाली उपाध्यक्ष, तिलकमान गर्बुजा सदस्य सचिव, सम्पूर्ण सुवेदी, बिना जुक्जाली, संगम शर्मा, कलावती... पुरा पढ्नुहोस

सुरेसको उपचारका लागि आईतबार ६ लाख सहयोग प्राप्त

बेनी २१ असोज । मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि आईतबार ६ लाख ४ हजार ७६० रुपैया आर्थिक सहयोग प्राप्त भएको छ। मोना कुवेतबाट ५ लाख ५ हजार २१०,  म्याग्दी प्रवासी नेपाली संघ ( मोना) सेंदाई जापानका कमल बानियाँ र सुरेश पुनकाे  सक्रियताबाट संकलित  ८९ हजार ५५०... पुरा पढ्नुहोस

शिक्षक अभाबले पठनपाठन प्रभावित, विज्ञान र गणितका शिक्षक पाउँनै मुस्किल

म्याग्दी,२१ असोज ।  म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ६ महिनासम्म पनि कक्षा १० को विज्ञान बिषय अध्यापन गराउने शिक्षक नभएपछि विद्यार्थीहरु आन्दोलित बने । एसईई परिक्षा नजिकिरहेको सन्दर्भमा विज्ञान र कम्प्युटर बिषयको पठनपाठन लामोसमयदेखि हुन नसकेपछि विद्यार्थीहरुले विद्यालयमा तालाबन्दि सहितको आन्दोलन गरेका हुन्। यो एक प्रतिनिधिमुलक उदाहरण... पुरा पढ्नुहोस