डेढ महिनादेखि धौलागिरि आधार शिविर जाँदै गर्दा बेपत्ता भरियाको शव भेटियो

  • १४ कार्तिक २०७५, बुधबार
  • 2265 पटक पढिएको

म्याग्दी, १४ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविर जाँदै गर्दा वेपत्ता भएका एक जना भरियाको डेढ महिनापछि शव भेटिएको छ । इटली आधार शिविरबाट धौलागिरि आधार शिवीर जाने क्रममा गत भदौ २५ गते खोलामा खसेर वेपत्ता भएका धादीङको जमुना गाउँपालिका–१ का ३९ वर्षीय कर्मा लामा तामाङको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


घटनास्थलदेखि करिब दुई किलोमिटर तल खोलाको बीचमा अड्कीएको शव उद्धार टोलीले निकालेर बुधबार हेलीकप्टर मार्फत बेनी ल्याएर परिक्षण गरी आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिनुभयो ।  फाइल तस्बीर ः म्याग्दीअनलाइन