म्याग्दी समाचार
मंगलामा कृषि र पशु सेवाका कार्यक्रमलाई प्राथमिकता
- 6 बर्ष, 4 महिना अगाडि
- ९ माघ २०७५, बुधबार
म्याग्दी ९ माघ । म्याग्दीको मंगला गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको प्रमुख सम्भावनाको रुपमा लिईएको कृषि र पशुपालनलाई व्यवसायिक बनाउने उदेश्यले चालू आर्थिक वर्ष २०७५/७६ मा कृषि र पशुविकास सँग सम्बन्धित ४७ लाख ४५ हजार रुपैयाँको कार्यक्रम तयार गरेको हो । पुष २५ गतेदेखि सुरु... पुरा पढ्नुहोस
मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजिवन प्रभावित
- 6 बर्ष, 4 महिना अगाडि
- ९ माघ २०७५, बुधबार
निरज थकाली मुस्ताङ ९ माघ (ठिनी) मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजिवन प्रभावित भएको छ । बर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाइ तथा सडक यातायात सेवा प्रभावित भएको हो । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते लगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा हिउँ जमेपछि... पुरा पढ्नुहोस
नगरपालिकाद्वारा तिम्ल्याह बच्चालाई आर्थिक सहयोग
- 6 बर्ष, 4 महिना अगाडि
- ८ माघ २०७५, मंगलवार
साधन राम्जाली बेनी ८ माघ । बेनी नगरपालिकाले तिम्ल्याह बच्चाको पालणपोषणका लागि आर्थिक सहयोग गरेको छ । बेनी नगरपालिका ४ राक्से र वडा नं ७ मंगलाघाटका दुई परिवारका तीम्ल्याह बच्चाको पालनपोषणमा सघाउन नगरपालिकाले आर्थिक सहयोग गरेको हो । मंगलवार नगरपालिकाको कार्यालयमा मेयर हरिकुमार श्रेष्ठ,उपाध्यक्ष सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छवीलाल... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाद्धारा उपकरणको भाडादर निर्धारण,अनुगमन समितिको सिफारिसमा मात्रै भुक्तानी
- 6 बर्ष, 4 महिना अगाडि
- ८ माघ २०७५, मंगलवार
म्याग्दी, ८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाले विकास निर्माण कार्यमा प्रयोग हुने निर्माण उपकरणको भाडादर निर्धारण गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा सोमबार गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सडक लगायतका पूर्वाधार निर्माणमा प्रयोग हुने मेसिनको अधिकतम भाडादर कायम गरेको हो । चालु आर्थिक बर्षमा गाउँपालिका मार्फत... पुरा पढ्नुहोस
गुर्जामा हिमपात, चिसोको कारण विद्यालयमा पठनपाठन बन्द (फोटो फिचर)
- 6 बर्ष, 4 महिना अगाडि
- ८ माघ २०७५, मंगलवार
बेनी ८ माघ । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपात भएको छ । अत्यधिक चिसो बढेसंगै आज विहानैदेखि गुर्जामा हिमपात हुन थालेको हो । अहिलेसम्म करिब १ फिट बढी हिउँ जमेकोे जनकल्याण मावि गुर्जाका शिक्षक रुपेश सुवेदीले जानकारी दिनुभयो । हिमपातको कारण विद्यालयमा पठनपाठन बन्द गरिएको छ । बालबालिकाहरु घरबाट निस्कन... पुरा पढ्नुहोस
एकल महिलाहरुको क्षमता विकासको लागि भाषण कला र कानुनी संहिताबारे अभिमुखिकरण तालिम
- 6 बर्ष, 5 महिना अगाडि
- ७ माघ २०७५, सोमबार
बेनी ७ माघ । सदरमुकाम बेनीमा एक महिलाहरुको क्षमता विकास लागि उद्घोषण र देवानी तथा फौजदारी संहिताबारे अभिमुखिकरण तालिम सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाईटी बेनी उपशाखा म्याग्दीको आयोजना एकल महिला तथा बालबालिका शसक्तिकरण केन्द्र म्याग्दीको समन्वय र वडा ७को आर्थिक सहयोगमा तिन दिनको तालिम आयोजना गरिएको हो ।... पुरा पढ्नुहोस
बेनी नगरपालीका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने
- 6 बर्ष, 5 महिना अगाडि
- ७ माघ २०७५, सोमबार
बेनी १५ पुष । बेनी नगरपालिकाले प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ । माघ १८ देखि २० गतेसम्म सदरमुकाम बेनीमा नगरपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिता आयोजना गरेको हो । विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि स्थानीय, जिल्ला, प्रदेश हुदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म अवसर दिलाउने... पुरा पढ्नुहोस
विवाह खर्च मंगला शिक्षा अभियानमा
- 6 बर्ष, 5 महिना अगाडि
- ७ माघ २०७५, सोमबार
म्याग्दी, ७ माघ । म्याग्दीको मंगला गाउँपालिका– २ तल्लो डडुवा निवासी रविन रिजालले विवाह खर्च कटाएर शिक्षा अभियानमा सहयोग गरेका छन् । मंगला युवा क्लवले गाउँपालिकाभित्र शिक्षालाई गुणस्तरीय बनाउन सुरु गरेको अभियानमा क्लव सदस्य रिजालले सहयोग गरेका हुन् । क्लवले सुरु गरेको ‘मंगला शिक्षा अभियान’मा उनले ७ हजार ११० रुपैया... पुरा पढ्नुहोस
प्यावसन म्याग्दीको अध्यक्षमा सुवेदी चयन
- 6 बर्ष, 5 महिना अगाडि
- ६ माघ २०७५, आईतवार
बेनी ६ माघ । निजी तथा आवसीय विद्यालय अर्गनाईजेन नेपाल (प्यावसन) म्याग्दीको छैठौं जिल्ला अधिवेशनबाट लोकदीप आवसीय माध्यामिक विद्यालय बेनीका प्रबन्धक कृष्णप्रसाद सुवेदी पुनः अध्यक्षमा चयन हुनुभएको छ । अधिवेशनले प्यावसनको उपाध्यक्षमा केवी एकेडेमी दरवाङका हिरा पुन, सचिवमा जनहित बोडीङ सहश्रधाराका श्रीराम पौडेल, सहसचिवमा तातोपानी एकेडेमीका कृष्ण खड्का, कोषाध्यक्षमा सनराईज... पुरा पढ्नुहोस
अध्यक्ष रोकाद्धारा तीन बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण
- 6 बर्ष, 5 महिना अगाडि
- ६ माघ २०७५, आईतवार
सिजन रोका बाबियाचौर ६ माघ । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले विपन्न समुदायका एकै परिवारका तीन जना बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको छ । मंगला गाउँपालिका २ हिदीका रामबहादुर किसानका छोराहरु बेलबहादुर कर्ण र छोरी रेखा किसानको अभिभावकत्व ग्रहण गर्दै कक्षा १० सम्म पढाउने घोषणा गर्नुभएको हो । बेलबहादुर, कर्ण... पुरा पढ्नुहोस