म्याग्दी समाचार
बेनीमा ६८ जनाको मोतिविन्दु शल्यक्रिया (तस्बिर र भिडियो )
- 4 बर्ष, 7 महिना अगाडि
- १७ चैत्र २०७७, मंगलवार
धिरन खत्री म्याग्दी १७ चैत । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरमा ६८ जनाले उपचार गराएका छन् । ग्रामीण भेगमा मोतिविन्दुका कारण आँखा नदेख्ने अवस्थामा पुगेका विरामीहरुलाई लक्षित गरि सञ्चालन गरिएका आँखा जाँच शिविरबाट पहिचान भएका विरामीहरुको उपचारका लागि बेनीमा मोतियाविन्दुको शल्यक्रिया शिविर सञ्चालन गरिएको हो । https://www.youtube.com/watch?v=S1l8aJH5E5k&t=4s... पुरा पढ्नुहोस
बेनी– जोमसोम सडकमा थप दुई दिन सिधा यातायात बन्द
- 4 बर्ष, 7 महिना अगाडि
- १७ चैत्र २०७७, मंगलवार
म्याग्दी, १७ चैत । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४... पुरा पढ्नुहोस
वायु प्रदुषणले शैक्षिक संस्था चार दिनसम्म बन्द
- 4 बर्ष, 7 महिना अगाडि
- १६ चैत्र २०७७, सोमबार
म्याग्दी, १६ चैत । केही दिनदेखि जारी वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । चैत १७ गते मंगलबारदेखि २० गतेसम्म शैक्षिक संस्था... पुरा पढ्नुहोस
स्वर्गीय घिमिरेको परिवारलाई आर्थिक सहयोग
- 4 बर्ष, 7 महिना अगाडि
- १६ चैत्र २०७७, सोमबार
थम्मन थापा बागलुङ १६ चैत । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले बेनी नगरपालिका २ म्याग्दीका घिमिरे परिवारलाई आर्थिक सहयोग गरेको छ । विगत ६ वर्ष देखि कुक भिसामा जापानमा रहेका घिमिरेको गत वर्ष बिदामा नेपाल आएको बेला निधन भएको थियो । घिमिरेको निधन पछि बेसाहारा बनेका उनको परिवारलाई जापानमा... पुरा पढ्नुहोस
बागलुङ घटनाका दोषीलाई कारबाही गर्न काँग्रेसको माग
- 4 बर्ष, 7 महिना अगाडि
- १६ चैत्र २०७७, सोमबार
काठमाडौं १६ चैत । नेपाली काँग्रेसले बागलुङको घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विहान विज्ञप्ति जारी गर्दै घटनाको गहिरो अनुसन्धान गरी दोषीहरुलाई अविलम्ब पक्राउ गर्न सरकार समक्ष माग गरेका हुन् ।बागलुङको बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा नै विवाद हुँदा दुई... पुरा पढ्नुहोस
होली पर्वको अवसरमा रुईसेटोलमा विविध कार्यक्रम
- 4 बर्ष, 7 महिना अगाडि
- १५ चैत्र २०७७, आईतवार
म्याग्दी, १५ चैत । होली पर्वको अवसरमा रघुगंगा गाउँपालिका– २ रुईसेटोलमा विविध कार्यक्रम गरिएको छ । न्यु जेनेरेशन युथ क्लव र प्रगतिशिल आमा समुहको आयोजनामा होली विशेष कार्यक्रममा ४० जना जेष्ठ नागरिकलाई फुलमालासहित फलफूल दिएर सम्मान गरिएको हो । कार्यक्रममा आयोजित म्युजिकल चियर प्रतियोगितामा प्रथम अप्सन भण्डारी, दिप्तृय सपना कार्की,... पुरा पढ्नुहोस
चिमखोलामा रमाईलो टोपा नाच प्रदर्शन (भिडियाे सहित)
- 4 बर्ष, 7 महिना अगाडि
- १५ चैत्र २०७७, आईतवार
म्याग्दी, १५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा भुमेपुजाको अवसरमा परम्परागत टोपा नाच प्रदर्शन गरिएकाे छ। भुमे र मण्डली पुजाको अवसरमा यहाँ परम्परागत रुपमा टोपा नाच देखाउने चलन रहेको छ । हरेक बर्षको चैत महिनाको अन्तिम उजेली मंगलवार गरिने भुमे र मण्डली पुजाको अवसरमा टोलबाट महिलाहरुले टोपा नाच निकाल्ने गर्छन्... पुरा पढ्नुहोस
कालिगण्डकी करिडोर : जोमसोम–कागबेनी कालोपत्रेमा ५८ करोड बजेट
- 4 बर्ष, 7 महिना अगाडि
- १५ चैत्र २०७७, आईतवार
सुन्दरकुमार थकाली १५ चैत , जोमसोम । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक अन्र्तगत जोमसोम देखि कागबेनी ११ किमी सडकखण्ड कालोपत्रे गरिने भएको छ । २०७४ सालमा निर्माण सुरु गरिएको जोमसोम-कोरला ग्रोभल सडकको ७ प्याकेजमा काम भइरहेकोमा ४ वटा प्याकेजको काम निर्माण सम्पन्न भइ करिडोरलाई गत वर्षनै... पुरा पढ्नुहोस
मोतियाविन्दुको निःशुल्क उपचार शिविर सुरु
- 4 बर्ष, 7 महिना अगाडि
- १५ चैत्र २०७७, आईतवार
म्याग्दी, १५ चैत । म्याग्दीको सदरमुकाम बेनीमा मोतियाविन्दुको निःशुल्क उपचार शिविर सुरु भएको छ । सामाजिक र मानविय सेवामा क्रियाशिल लायन्स क्लवहरुको आयोजनामा आईतबारदेखि शिविर संचालन भएको हो । जिल्लाको बेनी नगरपालिकासहित रघुगंगा अन्नपुर्ण, मालिका धौवलागिरी, मंगला र पर्वतको जलजला गाउँपालिकामा संचालन भएका शिविरमा पहिचान भएका मोतियाविन्दु विरामीहरुको उपचारका लागि... पुरा पढ्नुहोस
दरबाङ्गमा हुने प्रथम मालिका महोत्सव स्थगित
- 4 बर्ष, 7 महिना अगाडि
- १४ चैत्र २०७७, शनिबार
म्याग्दी, १४ चैत । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा चैत २७ गते देखि हुने प्रथम मालिका महोत्सव अनिश्चितकालका लागि बन्द गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भन्दै आयोजक म्याग्दी उद्योग बाणिज्य संघको मालिका इकाई समितिले महोत्सव स्थगित गरेको हो । मालिका गाउँपालिका भित्रका स्थानीय कला सँस्कृतीको... पुरा पढ्नुहोस