म्याग्दी समाचार

कोरोना रोकथाम, नियन्त्रण र उपचारको लागि ३७ अर्ब ५३ करोड रुपैयाँ

जेठ १५ । सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आगामी आर्थिक वर्षमा ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये खोप व्यवस्थापनका लागि मात्र २६ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको छ । कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवन रक्षा गर्न सरकार... पुरा पढ्नुहोस

आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै

म्याग्दी १५ जेठ । लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् ।... पुरा पढ्नुहोस

सन्तोष परियारको पहिलो गीत ‘ नरिसाउ है सानी’ म्युजिक भिडियो सहित सार्वजनिक

म्याग्दी १५ जेठ । म्याग्देली गायक सन्तोष परियारको पहिलो गीत ‘ नरिसाउ है सानी’ म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । मायाप्रेममा आधारित गीतमा गायक सन्तोष परियार र सिर्तना तामाङ मगरको स्वर रहेको छ । अमित विश्वकर्माले शब्द संकलन गर्नुभएको गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको छ । गीतको म्युजिक भिडियोमा... पुरा पढ्नुहोस

मोना यूकेद्धार बेनी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयाेग

म्याग्दी, १४ जेठ । म्याग्दी प्रवासी नेपाली संघ ९मोना० यूकेले बेनी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति र दिर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना यूकेका प्रतिनिधि राजु पुनले अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरेका छन् । मोना यूकेले बेनी अस्पताललाई १... पुरा पढ्नुहोस

म्याग्दीमा थप ११ जनमा कोरोना संक्रमण, ६३ जना निको भएर आइसोलेसन मुक्त

म्याग्दी १४ जेठ । म्याग्दीमा शुक्रवार थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। आज पुष्टि भएकामा मंगला गाँउपालिकामा ६ जना (पिसिआर बिधिबाट) पुष्टि भएको हो । त्यसैगरि बेनी नगरपालिकाका १ जना, मालिका गाँउपालिकामा १ जना , धौलागिरी गाउँपालिकाका ३ जना गरी ५ जना(एन्टीजेन विधिबाट) गरी जम्मा ११ जनामा संक्रमण... पुरा पढ्नुहोस

खिबाङमा पदमार्ग निर्माण

म्याग्दी १४ जेठ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको खिबाङमा पदमार्ग निर्माण भएको छ । बिट्रीस वेलफेयर एसोसिएसन (कादुरी) संस्थाको आर्थिक सहयोगमा स्थानीयबासीले दुई महिना लगाएर पदमार्ग निर्माण गरेका हुन् । खिबाङको खाम्ला हुँदै चन्द्रज्योति मावितर्फ जाने बाटोमा अप्ठ्यारो र साँघुरो रहेको भिरमा सिढीँ चिनेर पदमार्ग बनाईएको छ । हाकुजो भिरमा... पुरा पढ्नुहोस

शिक्षक, स्थानीय तह र राजनीतिक दलहरुलाई अखिल (क्रान्तिकारी)को यस्तो अपील

म्याग्दी १४ जेठ । कोरोना महामारीको समयमा विद्यार्थीहरु सिकाईबाट वन्चित भएको अवस्थामा बैकल्पिक माध्ययम मार्फत सिकाई सहजिकरण कार्यलाई प्रभाबकारी बनाउन आग्रह गरिएको छ । अखिल (क्रान्तिकारी) म्याग्दीले एक अपील जारी गर्दै शिक्षकहरु, स्थानीय तह र राजनीतिक दलहरुलाई महामारीको समयमा बालबालिकाहरुमा मनोबैज्ञानिक असर र प्रभाबहरु देखिन थालेको भन्दै बैकल्पिक सिकाईलाई प्रभाबकारी... पुरा पढ्नुहोस

प्रेस यूनियन म्याग्दीले बालगृहका बालबालिकालाई सहयोग

म्याग्दी १४ जेठ । नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवस अवसरमा प्रेस यूनियन म्याग्दीले नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहका बालबालिकालाई स्वास्थ्य साम्रागी र पौष्टिक खानेकुरा वितरण गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी बालगृहमा रहेका बालबालिकालाई स्वास्थ्यका लागि महत्वपूर्ण प्रोटिन र चेबनप्रस, १५ प्याक मास्क, सेनिटाइजर, एक... पुरा पढ्नुहोस

म्याग्दीमा थप ७४ जनामा कोरोना संक्रम‌णको पुष्टि

म्याग्दी,१३ जेठ ।   म्याग्दीमा  विहिबार थप ७४ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा १३जना , मालिका गाँउपालिकामा ३जना , अन्नपुर्ण गाँउपालिकामा २ जना , मंगला गाँउपालिकामा ३०, धौलागिरी गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा ३ जना र जलजला गाउँपालिकाका १जना गरी ५३ जना (पिसिआर बिधिबाट)... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्धारा भर्चुअल माध्ययमबाट कोरोना रोकथामको अवस्थाबारे अन्तक्र्रिया

म्याग्दी १२ जेठ । म्याग्दीमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि सरकारी निकाय, स्थानीय तह, सरोकारवाला लगायतको भूमिका रचनात्मक रहेकोमा जोड दिईएको छ । कोरोना भाइरसको दोस्रो लहरको जोखिमको अबस्था र रोकथाम तथा नियनत्रणको बिषयमा म्याग्दी जेसीले स्थापना दिवसको अवसरमा आयोजना गरेको ‘कोभिड–१९ र म्याग्दीको अबस्था’ बिषयक भर्चुअल अन्तक्र्रिया... पुरा पढ्नुहोस