म्याग्देली व्यवसायी कँडेल र कलाकार बस्नेतको संयुक्त लगानीमा झम्सिखेलमा रेस्टुरेन्ट

  • ४ बैशाख २०७९, आईतवार
  • 633 पटक पढिएको

म्याग्दी ४ वैशाख । बेनी नगरपालिका -३ भकिम्लीका स्थायी बासिन्दा रबिन कँडेल र अभिनेता सलोन बस्नेतको संयुक्त लगानिमा काठमाडौं उपत्यका भित्र नयाँ व्यवसाय सुरु गरेका छन् । सिने क्षेत्रका चर्चित कलाकार सलोन बस्नेत तथा पर्यटन व्यवसायमा संलग्न कँडेलको संयुक्त लगानीमा उपत्यकाको झम्सीखेलमा आशन लज एण्ड बारको शुरुआत गरेका हुन् । बालकलाकार देखि अभियनमा होमीएका बस्नेतले चलचित्रमा लिड रोल अर्थात हिरोको रुपमा पनि धेरै काम गरी सकेका छन् । कलाकार बस्नेत वैकल्पिक व्यवसाय पनि लाग्ने हेतुले लज एण्ड बारको शुरुआत गरेको बताएका छन् । नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा युवा द्वयले रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन् ।

सलोन एवम् रबिनलले ललितपुरको झम्सिखेलमा आसन लाउन्ज एण्ड बार सञ्चालनमा ल्याएका हुन् । साथीसँग मिलेर खोलेको रेस्टुरेन्टमा भारतीय, चिनियाँ परिकारसहित लाइभ म्युजिकको आनन्द लिन पाइने रबिन कँडेलले बताए । ट्राभल एण्ड टुर तथा ओभरसिज सञ्चालन गरी रहेका कँडेलको यो व्यवसाय फरक भए पनि अघिल्ला व्यवसायहरु सँगै मिल्दो भएकोले यो व्यवसाय थालेको कँडेलको भनाइ छ ।

‘पहिलेदेखि नै रेस्टुरेन्ट सञ्चालनमा ल्याउने तयारीमा थियौं, तर भनेजस्तो ठाउँ पाएका थिएनौं,’ हाम्रो रिक्वायर मेन्ट अनुसारको स्थान भेटियो र हामीलाइ लाग्यो सबै चीज जुरेजस्तो अनि चलाएका हौं ।’ सलोन अभिनित फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । वैशाख २३ गते उनी अभिनित ‘लक्का जवान’ प्रदर्शनको तयारीमा छ । वैशाखबाट छायांकन सुरु हुन लागेको ‘हनी बनी’मा पनि सलोनको मुख्य भूमिका हुनेछ ।