म्याग्दी समाचार
विद्यालय परिसरमा मेलाजात्रा सञ्चालन गरिँदा पठनपाठन प्रभावित
- 3 बर्ष, 2 महिना अगाडि
- १७ भाद्र २०७९, शुक्रबार
म्याग्दी १७ भदाै । म्याग्दीका विद्यालय परिसरमा मेलाजात्रा सञ्चालन गरिँदा पठनपाठन प्रभावित हुन थालेको छ । विद्यालयमा हप्ताँैसम्म खेलकुद र सांस्कृतिक मेला सञ्चालन गरिँदा विद्यार्थीको पठन पाठनमा असर परेको हो । स्थानीय तह, राजनीति दलका प्रतिनिधि र सरोकारवालाको सहभागितामा विसं २०७६ मा जारी भएको मेला–महोत्सव सञ्चालनसम्बन्धी कार्यविधिविपरीत विद्यालयमा पठनपाठन बन्द... पुरा पढ्नुहोस
थकाली समितिको अध्यक्षमा गजेन्द्र तुलाचन चयन, सबै केन्द्रीय सदस्य निर्विरोध
- 3 बर्ष, 2 महिना अगाडि
- १७ भाद्र २०७९, शुक्रबार
जोमसोम १७ भदौ । थकाली सेवा समिति नेपाल (केन्द्र) काे अध्यक्षमा गजेन्द्र तुलाचन निर्विरोध चयन भएका छन्। मुस्ताङमा बिहिबार सम्पन्न १३ औ महाधिवेशनले तुलाचनसहित २७ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित गरेको हो । महाधिवेशनबाट काठमाडौं क्षेत्रका तुलाचनलाई आगामी ३ वर्षीय कार्यकालका लागि निर्विरोध चयन गरिएको हो। केन्द्रअन्तर्गत कुल २३३ जना... पुरा पढ्नुहोस
बेनी अस्पतालको बार्षिक समिक्षा गोष्ठी
- 3 बर्ष, 2 महिना अगाडि
- १५ भाद्र २०७९, बुधबार
म्याग्दी, १५ भदौ । बेनी अस्पतालले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक प्रगती विवरण समिक्षा गोष्ठी मार्फत सार्वजनिक गरेको छ । बुधबार अस्पतालले सरोकारवालाहरुको उपस्थितमा गत आर्थिक बर्षको गतिविधि सार्वजनिक गरेको हो । अस्पतालमा भएको पुर्वाधार र जनशक्ति मार्फत गत आर्थिक बर्षमा ३८ हजार ४३२ जनालाई स्वास्थ्य सेवा दिएको अस्पतालका... पुरा पढ्नुहोस
स्वास्थ्यकर्मीलाई वडामा पञ्जाधिकारीको जिम्मेवारी
- 3 बर्ष, 2 महिना अगाडि
- १५ भाद्र २०७९, बुधबार
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको स्वास्थ्य चौकीमा सिएमए अजय यादव कार्यरत छन् । तर यादवले स्वास्थ्य सेवाका साथसाथै स्थानीय पञ्जाधिकारीको काम गर्दै आएका छन् । कारण हो, वडामा सचिव नहुनु । पेशा, अध्ययन र अनुभव स्वास्थ्यसम्बन्धी भए पनि वडा सचिवको प्रशासनिक काम गर्नुपर्दा समस्या झेल्नुपरेको उनको भनाइ छ । म्याग्दीका १८... पुरा पढ्नुहोस
तीज पर्वमा राखुमा पुर्खौली लाखे नाच प्रर्दशन (फोटोपिचर)
- 3 बर्ष, 2 महिना अगाडि
- १४ भाद्र २०७९, मंगलवार
म्याग्दी, १४ भदौ । हरितालिका तीजको अवसरमा रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा लाखे नाच प्रदर्शन गरिएको छ । हटियामा बसोबास गर्दै आएका नेवार समुदायले पुर्खौली कलासस्कृतिको लाखे नाच देखाएका हुन् । काठमाण्डौ, पोखरा, कुस्मा, बेनी बसोबास गर्ने नेवारहरुले यस बर्ष पुर्खौली जन्मथलो हटिया पुगेर लाखे नाच देखाएका थिए ।... पुरा पढ्नुहोस
कांग्रेसले प्रदेश ‘क’ र ‘ख’ को आकांक्षी उम्मेदवारको नाम सिफारिस
- 3 बर्ष, 2 महिना अगाडि
- १४ भाद्र २०७९, मंगलवार
म्याग्दी, १४ भदौ । नेपाली कांग्रेस म्याग्दीको क्षेत्र ‘क’ र ‘ख’को कार्यसमितिले आसन्न प्रदेश सभा सदस्य चुनावका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि क्षेत्र क र ख ले आकांक्षी उम्मेदवार छनोट गरेर जिल्ला समितिमा सिफारिस गरेको हो । सोमबार बेनीमा भएको... पुरा पढ्नुहोस
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पाँच बुदे प्रतिवद्धता
- 3 बर्ष, 2 महिना अगाडि
- १३ भाद्र २०७९, सोमबार
बेनी, १३ भदौ । म्याग्दीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सोमबार पाँच बुदे प्रतिवद्धतापत्र सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बेनीमा सम्पन्न आर्थिक बर्ष २०७८/०७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा कार्यक्रममा सहभागि बेनी अस्पताल, आयुर्वेद र पालिकाका स्वास्थ्य संयोजक लगायतले प्रतिवद्धता जनाएका हुन् । नेपाल सरकारले सुरुवात गरेको... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली
- 3 बर्ष, 2 महिना अगाडि
- १३ भाद्र २०७९, सोमबार
म्याग्दी १३ भदौ म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालु आर्थिक वर्ष २०७९/८० देखि वडा कार्यालयमा पनि लागू भएको हो । बेनी नगरपालिकामा १० वटा वडा छन् ।सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरल... पुरा पढ्नुहोस
सिद्धार्थमा पुरस्कार तथा छात्रवृति वितरण
- 3 बर्ष, 2 महिना अगाडि
- १३ भाद्र २०७९, सोमबार
म्याग्दी, १३ भदौ। म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती स्थित अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा पुरस्कार तथा छात्रवृति वितरण गरिएको छ । विद्यालयले आईतबार कार्यक्रम आयोजना गर्दै २०७८ को बार्षिक परिक्षामा सफल विद्यार्थीहरुलाई पुरस्कार तथा अक्षकोषको ब्याजबाट छात्रवृति तथा स्टेशनरी सामाग्री विद्यार्थीहरुलाई वितरण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका... पुरा पढ्नुहोस
स्वास्थ्य कार्यालयको बार्षिक समिक्षा
- 3 बर्ष, 2 महिना अगाडि
- १२ भाद्र २०७९, आईतवार
बेनी, १२ भदौ । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७८/०७९ मा भएका स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय बार्षिक समिक्षा गोष्ठी गरेको छ । दुईदिनसम्म संचालन हुने समिक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय, बेनी अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र स्थानीय तहका स्वास्थ्य संयोजक तथा सहसंयोजकहरुको सहभागिता रहेको छ । कार्यालयको बार्षिक गतिविधि कार्यालय प्रमुख... पुरा पढ्नुहोस