म्याग्दी समाचार

मंगला गाउँपालिका–१ कुहुँमा एमालेबाट एकजित रोका वडा अध्यक्षका उम्मेदवार

म्याग्दी २३ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका १ कुँहुको वडा अध्यक्षको उम्मेदवारमा एकजित रोकालाई चयन गरेको छ । वडा कमिटीको बैठकले युवा नेता रोकालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो  । बैठकले खुल्ला सदस्यहरुमा ओमकार शेरपुञ्जा र नरबहादुर... पुरा पढ्नुहोस

बेनी–मालढुङ्गा सडकखण्डमा पाँच घण्टा यातायात बन्द हुने

पर्वत २३ चैत । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी – मालढुङ्गा सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।... पुरा पढ्नुहोस

धारापानीमा कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यो

म्याग्दी २३ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा  किसानी चन्द्रकुन्ता माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु ७१ लाख ७१ हजार र समुदायको रु दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरन... पुरा पढ्नुहोस

नेपाली कांग्रेसबाट बेनपा–३ मा रोका र ४ मा बानियाँलाई वडा अध्यक्षको उम्मेदवार बनाउने

म्याग्दी २२ चैत । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–३,ले वडा अध्यक्षमा होमबहादुर रोकालाई अगाडी सारेको छ भने वडा नं. ४ मा सुमन बानियाँलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदार बनाउने निर्णय गरेको छ । भकिम्लीमा मंगलबार आयोजित भेलाबाट तरुण दल भकिम्लीका अध्यक्ष समेत रहनुभएका... पुरा पढ्नुहोस

रघुगंगा–८ कुइनेमंगलेमा काँग्रेसबाट वडा अध्यक्षको उम्मेदवारमा छन्त्याल दोहोरीने

म्याग्दी, २२ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा नेपाली काँग्रेसबाट वर्तमान वडा अध्यक्ष गमान छन्त्याललाई नै वडा अध्यक्ष पदको उम्मेदवार चयन गरिएको छ । वडा समितिको बैठकबाट सर्वसम्मत रुपमा वडा अध्यक्ष सहित पाँचै जना उम्मेदवारको नाम टुंगो लगाईएको हो । २०७४ को... पुरा पढ्नुहोस

रघुगंगा–१ बेगमा काँग्रेसले वडा अध्यक्षको उम्मेदवारमा फगामीलाई दोहो¥याउने

म्याग्दी, २२ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा नेपाली काँग्रेसबाट वर्तमान वडा अध्यक्ष बिलबहादुर फगामीलाई नै वडा अध्यक्ष पदको उम्मेदवार चयन गरिएको छ । वडा समितिको बैठकबाट सर्वसम्मत रुपमा वडा अध्यक्ष सहित पाँचैजना उम्मेदवारकाे नाम सिफारिस गरिएको हो । २०७४ को स्थानीय... पुरा पढ्नुहोस

राजनीतिमा महिलाको सहभागिता बढ्दै

गलेश्वर, २२ चैत । राजनीतिमा म्याग्देली महिलाको सहभागिता बढ्दै गएपनि उपल्लो तहका पदमा भने पुरुषकै वर्चश्व कायम छ ।जिल्लाको धवलागिरि गाउँपालिकामा बाहेक अन्य पाँचवटा स्थानीय तहका प्रमुखमा पुरुष र उपप्रमुखमा मात्र महिलालाई खुम्च्याइएकामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भने महिलाले प्रमुख पद पाउनुपर्ने माग बढ्न थालेको छ... पुरा पढ्नुहोस

रघुगंगा–३ पिप्लेमा माओवादीबाट वडा अध्यक्षको उम्मेदवारमा चार जना आकांक्षी

म्याग्दी २१ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा वडा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)बाट चार जनाले दावेदार प्रस्तुत गरेका छन् । उम्मेदवार छनौटको लागि मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित पार्टी कार्यालयमा बसेको वडा कमिटीको बैठकमा अध्यक्ष पदमा चार जनाले आफ्नो दावेदारी प्रस्तुत... पुरा पढ्नुहोस

रघुगंगाको बिशेष गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित

म्याग्दी २२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष)गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु परित गरेको हो । विद्यायन समितिका संयोजक मनकुमार शेरपुञ्जाले प्रस्तुत गर्नुभएको... पुरा पढ्नुहोस

बेनी–८ मा माओवादीले किसान विश्वकर्मालाई वडा अध्यक्षको उमेद्वार बनाउने

बेनी, २१ चैत । बेनी नगरपालिका–८ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रले किसान विश्वकर्मालाई वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । बेनीमा मंगलबार बसेको वडा कमिटिको बैठकले माओवादीको बेनी नगर कमिटि सहसचिव समेत रहेका विश्वकर्मालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको वडा कमिटिका सचिव बिष्णु गौतम सापकोटाले जानकारी... पुरा पढ्नुहोस