साहित्यकार लामिछानेको ‘यात्रा मेरो अनुभूति’ पुस्तक विमोचन

  • २९ माघ २०७९, आईतवार
  • 486 पटक पढिएको

म्याग्दी २९ माघ । साहित्यकार चन्द्रबहादुर लामिछानेद्धारा लिखित पुस्तक ‘यात्रामा मेरो अनुभूति’को शनिबार बिमोचन गरिएको छ । म्याग्दी साहित्य सञ्चारले मिलनचोकमा आयोजना गरेको कार्यक्रममा जलजला गाउँपालिका–२ का वडा अध्यक्ष प्रकाश जिसीले पुस्तकको बिमोचन गर्नुभएको हो ।

जलजला गाउँपालिका–२ निवासी पुर्व शिक्षक लामिछानेको यो पाँचौ कृति हो । पुस्तकमा लामिछानेले यात्राका क्रममा गरेका अनुभूतिहरुलाई व्यक्त गर्नुभएको छ । उहाँले यसअघि चन्द्रका भजन, जलजला कविता संग्रह, अविराम यात्रा, स्मृतिका पल पुस्तक प्रकाशन गर्नुभएको थियो ।

म्याग्दी साहित्य सञ्चारका अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता, सचिव हिरा शर्माको सञ्चालन र उपाध्यक्ष गंगा बानियाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जलजला गाउँपालिका–३ का वडा अध्यक्ष एकिन्द्र खत्री, वडा नम्बर ४ का अध्यक्ष भरत क्षेत्री, अधिवक्ता राम शर्मा, हेमकुमारी अधिकारी, गणनाथ पौडेल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।