ज्ञानोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुवेदी चयन

  • २८ माघ २०७९, शनिबार
  • 669 पटक पढिएको

म्याग्दी २८ माघ । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरि प्रसाद सुवेदी चयन हुनुभएको छ । शनिवार विद्यालयमा आयोजित आमभेलाबाट सुवेदीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको पुनर्गठन गरिएको हो ।
समितिको सदस्यहरुमा बिमल भण्डारी, भरत सुवेदी, टेककुमारी खत्री (चिना), मनिसा बोहोरा, कमला केसी चयन हुनुभएको छ । समितिमा प्रधानध्यापक बिजय शर्मा, शिक्षक प्रतिनिधि रमेश बहादुर शाही र वडा सदस्य जितबहादुर खत्री समेत सदस्य रहनुभएको छ ।
त्यसैगरि सोही भेलाबाट रमेश शर्माको अध्यक्षतमा शिक्षक अभिभावक संघ समेत पुनर्गठन गरिएको छ । समितिको सदस्यहरुमा रमा खत्री, नवराज सुवेदी, सुरक्षा रकाल, तेजमान विक, नमुना भण्डारी, पवित्रा शर्मा, टिका फगामी चयन हुनुभएको छ । समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद सुवेदी, प्रअ बिजय शर्मा, शिक्षक प्रतिनिधि उर्मिला रेग्मी समेत सदस्य रहनुभएको छ ।
त्यसैगरि मुक्तिनाथ सुवेदीको अध्यक्षतामा सामुदायिक सिकाई केन्द्रको समेत पुनर्गठन गरिएको छ । समितिको कोषाध्यक्षमा कमला शर्मा, सदस्यहरुमा विना खत्री, विन्दु भण्डारी, जयन्ती सुवेदी, सुजु भण्डारी, रुपा किसान, प्रधाध्यापक बिजय शर्मा र सदस्य सचिबमा परिचालिका दुर्गा देवी भण्डारी चयन हुनुभएको छ ।


निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ सुवेदीको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले विद्यालयको भौतिक र शैक्षिक विकासमा स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग र सहकार्य गरिने बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार सदस्य शिब केसी, जयराम सुवेदी, मुकुन्द शर्मा, पूर्व अध्यक्ष अर्जुन शर्मा, पुर्व प्रअ निलकण्ठ सुवेदी, गाउँपालिकाका शिक्षा शाखाका नहेन्द्र बहादुर क्षेत्री, अभिभावक कमल खत्री, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश शर्मा, पवित्रा आमा समुहका अध्यक्ष कमला केसी लगायतले विद्यालयको गूणस्तर सुधारमा शिक्षक, विद्यार्थी र अभिभावक संगै सरोकारवाला सबैमा सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभएको थियो ।