म्याग्दी समाचार

एमाले म्याग्दीद्वारा ४३ वडामा अध्यक्षका उम्मेदवार छनौट

म्याग्दी ६ वैशाख ।  वैशाख ३० गते हुन लागेकाे स्थानीय तह निर्वाचनका लागि  म्याग्दीमा  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले हालसम्म ४३ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु  चयन गरेको छ । जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये धवलागिरि गाउँपालिकाको १ नम्बर वडा गूर्जा र ७ नम्बर वडा ताकमबाहेक अन्य सबै पालिकामा रहेका वडाहरुमा... पुरा पढ्नुहोस

काँग्रेसले मंगलाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उम्मेदवार बनाउने

  म्याग्दी, ६ बैशाख । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले मंगला गाउँपालिकाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उमेद्वार बनाउने भएको छ ।गाउँपालिका समितिले अध्यक्षको उमेद्वारमा जिल्ला सहसचिव श्रीराम पौडेल, बुढाथोकी र पुस्कर पुनको नाम सिफारिस गरेको थियो । बेनीमा मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले बुढाथोकीलाई उमेद्वार बनाउने... पुरा पढ्नुहोस

बेनपा–९ घतानमा माओवादीबाट वडा अध्यक्षको उम्मेदवारमा सागर बानियाँ

म्याग्दी ६ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–९ घतानको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सूर्य प्रकाश बानियाँ (सागर) उम्मेदवार चयन हुनुभएको छ । वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा बानियाँलाई वडा अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । बानियाँ माओवादीको वडा कमिटी अध्यक्ष समेत हुनुहुन्छ । वडा कमिटीको... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकको काभ्रेभीरमा टाईमकार्ड

म्याग्दी, ६ बैशाख । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा फेरि टाईमकार्ड लागु गरेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना प्रकाशित गरी बेनी–जोमसोम सडकको काभ्रेभीरमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मंगलबारबाट दैनिक ३ घण्टा टाईमकार्ड लगाउने लगाउने निर्णय गरेको हो। मुस्ताङको घाँसादेखि काभ्रेभीरको... पुरा पढ्नुहोस

मालिकामा एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका कमिटी उपसचिब माओवादीमा प्रवेश

म्याग्दी ६ वैशाख । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका कमिटीका उप–सचिब नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित मालिका–३ डाँडागाउँका हेमबहादुर पुन र एमाले मालिका गाउँपालिका कमिटीका उप–सचिब भुपेन्द्र नेपाली माओवादीमा प्रवेश गर्नुभएको... पुरा पढ्नुहोस

कालीपुलमा अतिक्रमण हटाएर ‘उद्यान’

म्याग्दी ६ वैशाख । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाएर पार्क ९उद्यान० बनाउन थालिएको छ । स्थानीय व्यक्तिहरूले अतिक्रमण गरेको सार्वजनिक जग्गा पहिचान गरेर संरक्षणका साथै उद्यान बनाउन लागिएको हो । बेनी नगरपालिका–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले सार्वजनिक जग्गाको संरक्षण र स्थानीय आवश्यकताअनुसार उद्यान बनाउन लागिएको बताउनुभयो... पुरा पढ्नुहोस

एसइईमा संस्कृततर्फबाट म्याग्दीमा पहिलो पटक ९ विद्यार्थी सहभागि हुँदै

बेनी, ६ वैशाख । वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीमा पहिलो पटक संस्कृतितर्फ बाट समेत विद्यार्थीहरु सहभागी हुने भएका छन् । बेनी नगरपालिका–९ गलेश्वर स्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

बेनी– ७ को वडा अध्यक्षमा श्रेष्ठद्वारा स्वतन्त्रबाट उम्मेदवारी घोषणा

म्याग्दी, ६ बैशाख । बेनीका लोकप्रिय व्यवसायी नरेश श्रेष्ठले बेनी नगरपालिका ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ । हुलाकचोक निवासी यूवा व्यवसायी नरेश श्रेष्ठले स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनपा ७ मा श्रेष्ठ जातीको बाहुल्यता भएकाले नरेशले धेरै मत प्रभावित पार्न सक्ने अनुमान छ । ... पुरा पढ्नुहोस

म्याग्दीमा उम्मेदवार छनोटमा सकस

म्याग्दी ५ वैशाख । सत्ता साझेदार पाँच दलीय गठबन्धनमा सकस भएपछि दलहरुले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन् । गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने... पुरा पढ्नुहोस

म्याग्दीमा निःशुल्क मुटुरोग शिविर हुने

म्याग्दी ५ वैशाख । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा म्याग्दी जिल्लामा विदेशी चिकित्सक सहित दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविर गरिने भएको छ । काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना, मनमोहन कार्डियोग्राफि तथा भास्कुलर सेन्टरको प्राविधिक सहयोग र म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली... पुरा पढ्नुहोस