म्याग्दी समाचार

काँग्रेस म्याग्दीकी नेतृ गौचन समानुपातिक तर्फबाट गण्डकी प्रदेश सभा सदस्य चयन

म्याग्दी, २५ मंसिर । म्याग्दीबाट गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसकी नेतृ विमला गौचन प्रदेश सभा सदस्य चयन हुुनुभएको छ । जनजातीतर्फको महिला कोटाबाट कांग्रेसले समानुपातिक सांसदका रुपमा शनिबार निर्वाचन आयोगलाई गौचनको नाम सिफारिस गरेको हो । नेपाली काँग्रेसको गण्डकी प्रदेस समिति सदस्य र नेपाल महिला संघ म्याग्दीकी सभापति समेत रहनुभएकी गौचन... पुरा पढ्नुहोस

लिटल गार्डेनद्वारा बालजागृतिका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

  बेनी, २५ मंसिर । सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले बालजागृति आधारभूत विद्यालयका अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयको १९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस–२०७९ को अवसरमा आइतवार बालजागृति आधारभूतमा अध्ययनरत फरक क्षमता भएका १९ जना विद्याथीहरुलाई १७ हजार रुपैयाँ बराबरको न्यानो... पुरा पढ्नुहोस

लिपि लोप हुँदा छन्त्याल भाषा सङ्कटमा

म्याग्दी २५ मङ्सिर । म्याग्दीमा बसोबास गर्दैआएको अल्पसङ्ख्यक छन्त्याल समुदायको लिपि लोप भएपछि भाषा सङ्कटमा परेको छ । छन्त्याल समुदायका युवा पुस्ताले आफ्नो मौलिक भाषा र लिपि सिक्न तथा संरक्षण गर्न नसक्दा लिपि लोप भएको हो । छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसकेपछि लोप हुने अवस्थामा पुगेको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका... पुरा पढ्नुहोस

लायन्स काठमाण्डौ आस्थाद्वारा विद्यार्थीलाई शैक्षिक पोशाक वितरण, स्थानीयको स्वास्थ्य परिक्षण

  म्याग्दी, २५ मंसिर । लायन्स क्लव अफ माठमाण्डौ आस्थाले म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीलाई शैक्षिक पोशाक वितरण गरेको छ । काठमाण्डौ आस्थाले ज्ञानमन्दिर विद्यालयसंगै साझपानीमा रहेको देउराली आधारभूत र वडानम्वर ३ मालिकामा रहेका मालिका आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक पोशाक... पुरा पढ्नुहोस

जलविद्युत र पर्यटनको विकासमा निजी क्षेत्रको लगानी जुटाऔँः महासंघका बरिष्ठ उपाध्यक्ष ढकाल

म्याग्दी, २४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले म्याग्दीको आयस्रोतको सम्भावना बोेकेको जलविद्युत र पर्यटनको पुर्वाधार विकासमा निजी क्षेत्रको ब्यवसायीले लगानी गर्नुपर्ने बताए । म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारणसभालाई बेनीमा सम्वोधन गर्दै ढकालले जिल्लाको ब्यावसायी सम्भावना रहेका जलविद्युत र पर्यटन पुर्वाधारमा निजि ब्यवसायी, स्थानीय... पुरा पढ्नुहोस

२० औँ जेसीज कप फुटबलको उपाधि शारदा माविलाई (तस्बिर सहित)

बेनी, २४ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न २० औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिताको उपाधि शारदा मावि छिसबाङले हात पारेको छ । फाइनलमा बेनीको प्रकाश माविलाई १ का विरुद्ध २ गोल गर्दै मंगला गाउँपालिका–५मा रहेको शारदा माविले पहिलो पटक जेसीज कपको उपाधी जितेको हो । यसै बर्ष मात्रै... पुरा पढ्नुहोस

मालढुङ्गा–बेनी सडक निर्माण रोकियो

म्याग्दी २३ मंसिर । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम रोकिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण रोकिदाँ यात्रुलाई सास्ती र जोखिम बढेको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको... पुरा पढ्नुहोस

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

गलेश्वर, २३ मङ्सिर : खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ । आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन्... पुरा पढ्नुहोस

जेसिज कप उपाधीका लागि फाईनलमा शारदा मावि र प्रकाश मावि भिड्ने

  म्याग्दी २३ मंसिर । सदरमुकाम बेनीमा जारी २० औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिताको उपाधीका लागि शारदा मावि छिस्वाङ र प्रकाश मावि बेनी फाईनलमा प्रवेश गरेका छन् । खुल्लामञ्चमा शुक्रबार भएको सेमिफाईनलमा शारदा मावि छिस्वाङले किसानी चन्द्रकुन्ता मावि धारापानीलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै शारदा मावि फाईनलमा प्रवेश... पुरा पढ्नुहोस

पुष २८ देखि बेनीमा सातौँ म्याग्दी महोत्सव हुने

म्याग्दी, २२ मंसिर । पुष २८ देखि बेनीमा सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला हुने भएको छ। म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ हुने भएको हो । संघका अध्यक्ष बेलबहादुर... पुरा पढ्नुहोस