लोकगायक गर्बुजाको ‘लाहुरे’ गितको म्युजिक भिडियो सार्वजनिक

  • ३ बैशाख २०८०, आईतवार
  • 415 पटक पढिएको

 

म्याग्दी, ३ वैशाख । लोकगायक खड्ग गर्बुजाकोे ठाडो भाकाको गीत ‘लाहुरे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
तीन दशकदेखि लोकसंगीतको क्षेत्रमा क्रियाशील गर्बुजाले नयाँ वर्षका अवसर पारेर ‘लाहुरे’ सार्वजनिक गरेका हुन्।

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङमा जन्मीएका गर्बुजाको गितमा ताकम घर भई हाल अमेरिका बस्ने राहुल केसी र कलाकार केकी अधिकारीको अभिनय रहेको छ ।

आफ्नै शब्द र संगीतमा तयार भएको गीतमा गर्बुजालाई ‘द भ्वाइस अफ नेपाल–सिजन ३’ कि फस्ट रनरअप ताराश्रीष मगरले गायनमा साथ दिनुभएको छ । आफू लाहुरे हुन नसके पनि लाहुरेहरूका कथाव्यथा समेटेर गीत गाएको गर्बुजाले बताउनुभयो।

रक्षा बानियाँ र आकाश केसीको निर्माण तथा सुनील क्षत्रीको कोरियोग्राफी रहेको लाहुरे केसीएम युट्युब च्यानलबाट सार्वजनिक भएको हो। राजु केसीको निर्देशन रहेको छ । गितमा लाहुरे प्रेमी र गाउँमै रहेकी प्रेमीकाको भावनालाई समेटिएको छ ।