म्याग्दी समाचार
बेनी पिस सिटीद्वारा गलेश्वर मन्दिर परिसरमा सरसफाई
- 1 बर्ष, 4 महिना अगाडि
- २ श्रावण २०८०, मंगलवार
बेनी, २ साउन । लायन्स क्लब अफ बेनी पिस सिटीद्वारा बेनी नगरपालिका– ९ गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर परिसरमा सरसफाई गरेको छ। मंगलबार सिटीका अध्यक्ष सन्दि खत्रीको नेतृत्वमा गएको ११ जनाको टोलीले मन्दिर परिसर क्षेत्रको सरसफाई गरेको हो । साउन महिनाको पहिलो सोमबार मन्दिर दर्शन गर्न आएका... पुरा पढ्नुहोस
सिंगाका एमाले वडा कमिटी सचिव गुरुङ माओवादीमा प्रवेश
- 1 बर्ष, 4 महिना अगाडि
- १ श्रावण २०८०, सोमबार
म्याग्दी, १ साउन । नेकपा एमाले बेनी नगरपालिका– ४ सिंगाका वडा कमिटी सचिव अम्मर गुरुङ नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। सोमबार थामडाँडामा आयोजित एक कार्यक्रममा युवासंघ जिल्ला सदस्य समेत रहनुभएका गुरुङ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।त्यसै गरी कार्यक्रममा स्थानीय कमल शेरचन पनि माओवादी पाटीमा आवद्ध हुनुभएको छ... पुरा पढ्नुहोस
गलेश्वरधामा भक्तजनको घुइँचो
- 1 बर्ष, 4 महिना अगाडि
- १ श्रावण २०८०, सोमबार
बेनी, १ साउन । म्याग्दीको बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा भक्तजनको भिड लागेको छ । साउन महिनाको पहिलो सोमबार गलेश्वर शिवालयमा पुजापाठका लागि भक्तजनको घुइँचो लागेको हो । साउन महिनाको सोमबार भगवान शिवको पुजा आराधाना गरेमा मनोकाँक्षा पुरा हुने जनविश्वास रहेको छ । विहानैदेखि भक्तजनको... पुरा पढ्नुहोस
कुमारी बैंकद्वारा दुर्घटना बीमा वापतको १० लाख रुपैयाँ रकम हस्तान्तरण
- 1 बर्ष, 4 महिना अगाडि
- १ श्रावण २०८०, सोमबार
म्याग्दी, १ साउन । कुमारी बैंक लिमिटेडले सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएको ग्राहकको परिवारलाई बीमा बापतको १० लाख रकम हस्तान्तरण गरिएको छ । उक्त परिवारलाई कुमारी बैंक लिमिटेडको बेनी शाखा मार्फत यो रकम हस्तान्तरण गरिएको हो । कुमारी परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधामा... पुरा पढ्नुहोस
स्वास्थ्य कार्यालय म्याग्दीको बार्षिक प्रगति सार्वजनिक
- 1 बर्ष, 4 महिना अगाडि
- ३१ असार २०८०, आईतवार
म्याग्दी, ३१ असार । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७९/०८० को बार्षिक प्रगति सार्वजनिक गरेको छ। आईतबार कार्यालयको हलमा गरेको स्वास्थ्य जोखिम सञ्चार सम्वन्धी अभिमुखीकरण कार्यक्रममा बार्षिक प्रगति विवरण सर्वाजनिक गरेको हो । कार्यालय प्रमुख एकनारायण लम्सालले चालू आर्थिक बर्षमा विपन्न दलित, लोपोन्मुख समुदायका ३९५ जना सुत्केरीलाई ‘सुत्केरी पोषिलो... पुरा पढ्नुहोस
सामुदायिक भवन निर्माण
- 1 बर्ष, 4 महिना अगाडि
- ३१ असार २०८०, आईतवार
म्याग्दी, ३१ असार। म्याग्दीको रघुगंगा गाउँपालिका– २ स्थित देउपूर्णमा सामुदायिक भवन निर्माण भएको छ । समाजमा हुने भेला र बैठकलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागि गाउँपालिका र गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेटमार्फत सामुदायिक भवन निर्माण गरिएको हो । जनश्रमदानसहित २४ लाख बजेटबाट भवन निर्माण गरिएको भवन निर्माण समितिका सचिव... पुरा पढ्नुहोस
राखु भगवतिमा वडा कार्यालय भवन निर्माण
- 1 बर्ष, 4 महिना अगाडि
- ३० असार २०८०, शनिबार
म्याग्दी, ३० असार । रघुगंगा गाउँपालिका– २ राखु भगवतिमा वडा कार्यालय भवन निर्माण भएको छ । भगवतिस्थित सिरसिरेडाँडामा गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा भवन निर्माण भएको हो । सो नयाँ भवनबाट सेवाप्रवाह गर्न सहज भएको वडासदस्य कृष्णबहादुर केसीले बताउनुभयो । ५० लाख रुपैयाँ बजेट खर्च... पुरा पढ्नुहोस
मंगला र ताराखोला जोड्ने सडकको स्तरोन्नतीमा प्राथमिकता
- 1 बर्ष, 4 महिना अगाडि
- २९ असार २०८०, शुक्रबार
म्याग्दी, २९ असार । म्याग्दीको मंगला गाउँपालिका हुँदै बागलुङको ताराखोला गाउँपालिकाको सिर्फुसम्म पुगेको सडकको स्तरोन्नतीमा प्राथमिकता पाएको छ। मंगला गाउँपालिका र गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएर मंगलाको वडानम्वर ३ र ४ को बंरजा बुकेनी, महेश, धापुङ हुदै तारोखाला गाउँपालिकाको सिर्फुसम्मको सडकको ट्रयाक खोलेको थियो । ताराखोलाका बासिन्दालाई बागलुङको सदरमुकाम... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकालाई विपद् खोज उद्धार सामाग्री हस्तान्तरण
- 1 बर्ष, 4 महिना अगाडि
- २९ असार २०८०, शुक्रबार
म्याग्दी, २९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई विपद् खोज उद्धार सामाग्री हस्तान्तरण गरिएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले उत्थानशील, खानेपानी सरसफाई तथा विपद् तयारी कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकालार्य रु ७ लाख मुल्य बराबरको सामाग्री हस्तान्तरण गरेको हो । शुक्रवार गाउँपालिकामा आयोजित एक कार्यक्रममा गोर्खा वेल्फेयरका विपद् व्यवस्थापन अधिकृत सुमेरु... पुरा पढ्नुहोस
जनमुक्ति सेना दलवीर पुनकाे रहरलाग्दाे कृषि कर्म, फेसबुकबाटै बजारीकरण
- 1 बर्ष, 4 महिना अगाडि
- २९ असार २०८०, शुक्रबार
म्याग्दी २९ असार । म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन् । समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा 'ग्रिन क्रोनेट' जातको बन्दाखेती... पुरा पढ्नुहोस