म्याग्दी समाचार

गलकोटमा पत्रकारीता तथा उद्घोषण तालीम सुरु

बागलुङ, १८ चैत । प्रेस सेन्टर नेपाल गलकोट नगर समितिको आयोजनामा बागलुङको गलकोटमा शुक्रबारदेखि पत्रकारीता तथा उद्घोषण तालीम सुरु भएको छ । “सम्बृद्ध गलकोटका लागि विकासमुखी पत्रकारीता” भन्ने नारा सहित पाँच दिनसम्म सञ्चालन हुने तालीममा साठी जनाको सहभागिता रहेको छ । तालीमको उद्घाटन गर्दै प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ४... पुरा पढ्नुहोस

प्राकृतिक प्रकोप व्यवस्थापन तालिम सम्पन्न

म्याग्दी, १८ चैत । जिल्ला भूसंरक्षण कार्यालय म्याग्दीको आयोजनामा शुक्रवार प्राकृतिक प्रकोप व्यवस्थापन तालिम सम्पन्न भएको छ । ‘‘प्राकृतिक प्रकोप बिगुल बजाएर आउँदैन, तसर्थ बेलैमा सचेत र सुरक्षित बनौ ’’ भन्ने नाराका साथ ३ दिनसम्म सञ्चालन भएको तालिममा जिल्लाको विभिन्न गाउँपालिका र बेनी नगरपालिकाका अन्र्तगत रहेका भूसंरक्षणसंग सम्बन्धित समुहका २४... पुरा पढ्नुहोस

म्याग्दीमा निर्वाचनको तयारी तीब्र,म्यादी प्रहरीमा करिब एक हजारको आवेदन

म्याग्दी, १८ चैत । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनको तयारीलाई तीब्र बनाएको छ । ७२ वटा मतदान केन्द्र निर्धारण गरेको कार्यालयले जनशक्ति व्यवस्थापन, सुरक्षा रणनीति सम्बन्धि अन्तरक्रिया र मतदाता शिक्षालाई तीब्र बनाउन थालेको हो । एक नगरपालिका र पाँच गाउँपालिकामा करिब ७२ हजार मतदाताले... पुरा पढ्नुहोस

बरंजामा पार्किङ गरि राखिएको जिपमा आगजनी

म्याग्दी, १८ चैत । म्याग्दीको मंगला गाउँपालिकाको बरंजामा पार्किङ गरि राखिएको जिपमा आगजनी भएको छ । पश्चिम म्याग्दी यातायात सेवा प्रा.लि. अन्र्तगत सञ्चालित ध १ ज ६२८ नम्बरको जिपमा गयराती आगजनी भएको हो । बरंजाको साविकको गाविस भवन अगाडि राखिएको जिपमा लागलागी हुँदा करिब रु ३९ लाख बराबरको जिप पुरै... पुरा पढ्नुहोस

बेनीमा सद्भाव दिवस मनाइयो

बेनी, १८ चैत । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको आयोजनामा बिहीबार बेनीमा सद्भाव दिवस मनाइएको छ । बेनीको क्याम्पसचोकमा दिगो, शान्ति, सहिष्णुता र सद्भावको कामना गर्दै मैनवत्ती प्रज्वलन गरेर दिवस मनाइएको हो । सो कार्यक्रममा समाजका केन्द्रिय उपसभापति रामजीप्रसाद सुवेदीले नेपालमा दिगो शान्तिका लागि जाती र भुगोलबीच... पुरा पढ्नुहोस

जिप दुर्घटनामा चालकको मृत्यु

म्याग्दी, १७ चैत । म्याग्दीको धौलागिरी गाउँपालीको मच्छिममा बिहीबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दरवाङदेखि मुना जाँदै गरेको ध १ ज ५२२ नम्बरको जिप दुर्घटना हुँदा चालक बेनपा ४ का ५० वर्षिय खिमबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साविक ताकम गाविसको... पुरा पढ्नुहोस

महोत्सवमा आयोजित पुरुष भलिबलमा पर्वत च्याम्पीयन

म्याग्दी,१७ चैत । बेनीमा आयोजित धौालगिरि महोत्सवमा  अञ्चलस्तरीय पुरुष भलिबलमा प्रथम उपाधी पर्वतले जितेको छ । बागलुङलाई पर्वतले एकका विरुद्ध तिनसेट जित्दै प्रथम हुन सफल भएको हो । दोश्रो बागलुङ भएको छ भने म्याग्दी वि तेस्रो भएको छ । भलिबलमा  विजेता उपविजेतालाई क्रमस  ३५  हजार, २५ हजार, १५ हजार र... पुरा पढ्नुहोस

जिल्ला अदालत जाँदै हुनुहुन्छ ? परिचय पत्र अनिवार्य बोक्नुस !

म्याग्दी, १७ चैत । के काम बिशेषले यहाँ जिल्ला अदालत म्याग्दी आउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अनिबार्य रुपमा परिचय खुल्ने कागजात लैजानुहोला । यदि तपाईले आफ्नो परिचय खुल्ने कुनैपनि कागजपत्र बोक्नुभएको छैन भने तपाईलाई जिल्ला अदालत प्रवेश गर्न सुरक्षाकर्मीले रोक्नेछन् । जिल्ला अदालत म्याग्दीले अनाबश्यक मानिसहरु अदालत परिसरमा बस्ने... पुरा पढ्नुहोस

निशुल्क पाठेघर उपचार शिविर सुरु

म्याग्दी, १७ चैत । म्याग्दी सदरमुकाम बेनीमा बिहीबारदेखि साताव्यापी पाठेघर (आंङ) खस्ने रोगको निशुल्क उपचार शिविर सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखरा र जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना तथा देवदह मेडिकल कलेज शिक्षण अस्पताल रुपन्देहीको प्राविधिक सहयोगमा सुरु भएको शिविरको अस्पताल विकास समितिका अध्यक्ष माधब प्रसाद रेग्मीले... पुरा पढ्नुहोस

नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गमा पूर्वाधार निर्माण हुँदै

म्याग्दी, १७ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने नेपालको नवौँ (८ हजार ९१ मिटर ) अग्लो अन्नपूर्ण हिमालको प्रथम आधार शिविर पुग्ने नयाँ पदमार्गमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ  । चार बर्षको अबधिमा गत बर्षसम्म नारच्याङदेखि अन्नपूर्ण प्रथम आधार शिविर सम्म सामान्य पदमार्गको ट्याक निर्माण भएको पदमार्गमा यो बर्षदेखि... पुरा पढ्नुहोस