ताजा अपडेट
वार्षिक पुण्य तिथिको अवसरमा बालबालिकालाई शैक्षिक पोशाक वितरण
- 3 बर्ष, 3 दिन अगाडि
- १३ असार २०७९, सोमबार
बेनी, १३ असार । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना आधारभुत विद्यालयमा अध्ययनरत १३ विद्यार्थीलाई रू १० हजार बराबरको पोशाक वितरण गर्नुभएको थियो । आइतबार... पुरा पढ्नुहोस
मन्त्रिपरिषद्मा एकिकृत समाजवादीका चार मन्त्री हेरफेर
- 3 बर्ष, 4 दिन अगाडि
- १२ असार २०७९, आईतवार
काठमाण्डौ १२ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा आज हेरफेर गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको... पुरा पढ्नुहोस
रामकुमारी झाँक्री : बालुवाटारमा राजीनामा बुझाएर मन्त्रालयबाट बिदाइ
- 3 बर्ष, 4 दिन अगाडि
- १२ असार २०७९, आईतवार
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् । झाँक्रीले आइतबार बेलुका मन्त्रालयमा पत्रकार सम्मेलन गरी आठ महिना २० दिनको जिम्मेवारीपछि पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् । त्यसअघि उनले आइतबार नै बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएकी थिइन् । मन्त्रालयमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सवैलाई धन्यवाद... पुरा पढ्नुहोस
अप्टिकल फाईबर मार्फत दुर्गम गाउँमा टेलिकमको सेवा
- 3 बर्ष, 4 दिन अगाडि
- १२ असार २०७९, आईतवार
थम्मन थापा बागलुङ १२ असार । नेपाल टेलिकमले तमानखोला गाउँपालिका वडा नं ४ लाममेलामा पहिलो पटक मोवाईल सेवा पुराएको छ । ग्रामीण र दुरदराजका बस्तीमा आफनो सेवा विस्तार गर्ने लक्ष्य अनुरुप त्यहाँ मोवाईल सेवा विस्तार गरि सञ्चालनमा ल्याईएको टेलिकमले जनाएको छ । भौगोलिक कठिनाईका कारण रेडियो लिङ्क मार्फत सेवा उपलब्ध... पुरा पढ्नुहोस
मकैबालीमा बाँदरको आतंक, खेतवारीमै छाप्रो हालेर मर्कै कुर्दै किसान (फोटो फिचर)
- 3 बर्ष, 4 दिन अगाडि
- १२ असार २०७९, आईतवार
बेनी, १२ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलमा बारीमा बाँदरको आतंकले मकै मासिन थालेपछि छाप्रो हालेर हेरालु बसेका स्थानीय किसान । गाउँ नजिकका जंगलमा बाँदरहरुको हुल बढेपछि खेतवारीमा लगाएको मकै जोगाउन स्थानीयलाई हम्मे हुन थालेको छ । विहानदेखि बेलुकिसम्म नै बाँदरका हुल गाउँमै पसेर खेतवारीको मकै खाने र नास गर्ने... पुरा पढ्नुहोस
रघुगंगामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो
- 3 बर्ष, 4 दिन अगाडि
- १२ असार २०७९, आईतवार
म्याग्दी, १२ असार । म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ मा रहेको रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेको कालिका माध्यमिक विद्यालयमा जनचेतनामुलक कार्यक्रम गरि दिवस मनाइएको हो । रघुगंगामा जिल्ला प्रहरी र म्याग्दी... पुरा पढ्नुहोस
बेल्जियममा राष्ट्रिय भलिबलका क्याप्टेन अरुणालाई सम्मान
- 3 बर्ष, 4 दिन अगाडि
- १२ असार २०७९, आईतवार
म्याग्दी, असार । नेपालको राष्ट्रिय महिला भलिबल टिमको टिम क्याप्टेन म्याग्देली खेलाडी अरुणा शाहीलाई बेल्जियममा सम्मान गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले निवासी शाहीलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)बेल्जियम र राखु समाज बेल्जियमले सम्मान गरेका हुन् । खेल क्षेत्रबाट राष्ट्रिय तथा अन्तरािष्ट्रय स्तरमा जिल्लाको नाम राख्न सफल भएको भन्दै... पुरा पढ्नुहोस
रघुगंगा नदीको बाढीले स्काभेटर बगायो
- 3 बर्ष, 4 दिन अगाडि
- १२ असार २०७९, आईतवार
म्याग्दी, ११ असार । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर स्काभेटर बगाएको हो । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युतको बाँध रघुगंगा ४ मा निर्माणधिन अवस्थामा छ... पुरा पढ्नुहोस
फगाममा सुन्तलाका विरुवाको व्यवसायिक खेती (फोटो फिचर)
- 3 बर्ष, 4 दिन अगाडि
- १२ असार २०७९, आईतवार
म्याग्दी, ११ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका दुर्गादक्त सुवेदीले सुन्तलाको विरुवाको व्यावसायिक खेती गर्नुभएको छ । सुवेदीले स्थापना गर्नुभएको नर्सरीमा ११ हजार सुन्तला र ७ सय कागतीका विरुवा छन् । नर्सरीमा उत्पादन भएका विरुवाको बजारीकरणमा माग कम हुन थालेपछि समस्या भएको सुवेदीले बताउनुभयो । पछिल्लो समय जिल्लामा अनुदानमा फलफुलका... पुरा पढ्नुहोस
आहा ! औल गाउँ (फोटो कथा)
- 3 बर्ष, 5 दिन अगाडि
- ११ असार २०७९, शनिबार
बेनी, ११ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा– ७ मा अवस्थित औल गाउँ । यस गाउँमा व्यावसायिक सुन्तला र केरा खेती हुने गरेको छ । मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा मगर समुदायको पुख्योली मादले मारुनी नाच लगायतका कला र संस्कृति समेत आकर्षणको रुपमा रहेका छन् । यस गाउँमा धान, मकै,... पुरा पढ्नुहोस