भगवती कोतमा ‘सरकारी राँगो’ को मार हानेपछिको सम्मान (तस्विरमा )

  • १८ आश्विन २०७९, मंगलवार
  • धिरन खत्री
  • 411 पटक पढिएको

 

म्याग्दी, १८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्नेलाई पुजा समिति, आफन्तजनले र राखुबासीले भब्य सम्मान गरेका छन् । राखु भगवती वाख्लेका युवा सचिन केसीले बढीबढाउबाट तीन लाख १५ हजार रुपैयाँ बोलकवोलमा सरकारी राँगोे मार हानेका थिए ।


हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिरमा रागो उनले हानेका थिए। हरेक बर्ष नवमी दिन सरकारी राँगोको मार हानेपछी पुजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेता गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । सरकारी रागोसंगै पञ्चौल रागो हान्नेलाई पनि आफन्तजनले सम्मान गर्छन ।


एतिहाँसिक भगवती कोत मन्दीरमा सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । मार हान्ने ब्यक्तिले चाहेको पुरा हुने भएपछि हरेक बर्ष बढीबढाउमा भाग लिने युवाहरुले आकांक्षा बढदै गएको पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताए ।


भगवती कोत मन्दिरमा कालरात्रीको राति कोटमन्दीरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । यहाँ सरकारी मार हानेका व्यक्तिहरु सबैको उन्नती प्रगति भएको छ, त्यसैले पनि भगवती कोतमा दुर्गाभगवतीलाई बली चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको छ । तत्कालिन बाइसे÷चौबिसे राज्यकालदेखी यहाँको कोतमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल रकम नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l