ताजा अपडेट

वाईसीएल म्याग्दीद्वारा बरंजाका पहिरो पीडितलाई आर्थिक सहयोग

  बेनी, १८ असोज । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल म्याग्दीले जिल्लाको मंगला गाउँपालिका वडानम्वर ३, बरंजाका पहिरो पीडितलाई खाद्यान्नसहित आर्थिक सहयोग गरेको छ। वाईसियलका जिल्ला पदाधिकारीबाट आर्थिक र खाद्यान्न संकलन गरी पहिरो पीडितलाई सहयोग गरेका हन् । बर्षा संगै मंगलबार बेलुकी घरमाथिबाट खसेको पहिरोले बरंजास्थित घाम्ताङमा बसोबास... पुरा पढ्नुहोस

सबैको चासोको रुपमा रहेको कोराला नाका खुलाई चाडैनै आवश्यक पूर्वाधारहरु बनाउनेछुः मुख्यमन्त्री पाण्डे

सुशीलबाबु थकाली मुस्ताङ, असोज १८ । मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री  सुरेन्द्रराज पाण्डेले अब चाँडैनै कोरोला नाका खुल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नाका खुलाउन आफू प्रयासरत रहेको बताउँदै जिल्ला स्थित सरोकारवाला निकायलाई समेत अपिल गर्नुभएको हो । नेपाल र... पुरा पढ्नुहोस

मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन

मुस्ताङ १९ असाेज । गण्डकी प्रदेशका  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन गर्नुभएको छ । ७ करोड ५९ लाखमा निर्माण भएको भवनको बिहिवार उद्घाटन गर्दै उहाँले नयाँ भवनबाट जनताले अझै सजिलो र सहज रुपमा सेवा पाउनेछन् भन्ने अपेक्षा लिएको बताउनुभयो । गाउँपालिका भबनसँगै निर्माण भएको आपत्कालिन कार्य संचालन... पुरा पढ्नुहोस

म्याग्दीको लुलाङ जलजलास्थित जङ्गलमा भेटियो ‘रेडपाण्डा’

म्याग्दी, १८ असोज । म्याग्दीमा पहिलोपटक विश्वमै दुुर्लभ मानिने जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डा भेटिएको हो । च्याउ सङ्कलन गर्न गएका स्थानीय सुवास थापाले जलजलाको जङ्गलमा रेडपाण्डाको जिल्लामै पहिलोपटक दृष्य खिचेका हुन् । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जलजलाको जङ्गलमा रेडपाण्डा... पुरा पढ्नुहोस

समुदायको अगुवाईमा जयन्ती माविमा विद्यालय पुननिर्माण

कमल खत्री बेनी, १८ असोज :  म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयमा समुदायको अगुवाईमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीबासीले समुदायकै नेतृत्वमा विशाल विद्यालय भवन पुननिर्माण गरेर जनसहभागीतामुलक विकासको नमुना प्रस्तुत... पुरा पढ्नुहोस

मुस्ताङ जाने पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

गण्डकी १८ असोज। सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन् ।   उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटक पटक गइरहने पहिरोका कारण घन्टौँ गाडी रोकिदा यात्रुले सास्ती भोग्नुपरेको छ । सोह्र... पुरा पढ्नुहोस

मुुख्यमन्त्रीको उपस्थितिमा कोरला नाकामा सुरक्षा बैठक

बेनी । चीनको स्वशासित क्षेत्र मुुस्ताङको सिमानामा रहेको कोरला नाकामा आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितमा जिल्ला सुुरक्षा समन्वय समितिको बैठक बसेको छ । प्रदेशस्तरीय सुरक्षाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको उपस्थितमा प्रदेश तथा जिल्लास्तरीय सुरक्षा समन्वयको दुई चरणमा अलगअलग बैठक बसेको हो । समन्वय... पुरा पढ्नुहोस

बेनी बजारको मनोरम दृष्य (तस्बिर)

बेनी, १७ असोज : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट देखिएको म्याग्दी नदी, सदरमुकाम बेनी बजार र आसपासको मनोरम दृष्य ।  तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

पर्वतको केराबारीमा पहिरो, मालढुंगा–बेनी सडक अवरुद्ध

  बेनी, १७ असोज । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ। केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिराले सडक अवरुद्ध बनेको हो । पहिरो झर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका... पुरा पढ्नुहोस

एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा र उप–सचिबमा सन्तोष रावलको उम्मेदवारी

म्याग्दी , १७ असोज । नेकपा (एमाले) गण्डकीको जारी अधिवेशनमा पदाधिकारीमा म्याग्दीबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेको गण्डकी प्रदेश कमिटी अध्यक्ष पदमा नवराज शर्मा र उप–सचिबमा सन्तोष रावलले उम्मेदवारी दिनुभएको हो । एमाले गण्डकी प्रदेश अध्यक्षका लागि शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । निवर्तमान प्रदेश कमिटी अध्यक्ष... पुरा पढ्नुहोस