ताजा अपडेट

स्थानीय तहबाट करिब साढे नौ करोड राजश्व संकलन

  म्याग्दी, २८ असार । म्याग्दीका स्थानीय तहहरुले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेका छन् । आन्तरिक आम्दानीको स्रोतको पहिचान र करको दायरा फराकिलो बनाएसंगै राजश्व संकलनमा बृद्धि हुन थालेको हो । म्याग्दीका ६ स्थानीय तहले चालू आर्थिक बर्ष २०७९/०८० मा करिब साढे नौ करोड रुपैयाँ राजश्व संकलन गरेका छन् ।... पुरा पढ्नुहोस

म्याग्दीमा १५ साना सिँचाइ योजना निर्माण

म्याग्दी २७ असार। कृषि ज्ञान केन्द्रमार्फत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा १५ साना सिँचाइ आयोजना निर्माण भएका छन् । केन्द्रको अनुदान सहयोगमा कृषक, समूह र सहकारीले पोखरी, पाइपलाइन, नहर निर्माण तथा मुहान संरक्षण गरेका हुन्। एक पोखरी, दुई ठाउँमा नहर निर्माण र ११ ठाउँमा पाइपलाइन जडान गरेर करिब २ हजार... पुरा पढ्नुहोस

कृषि र भेटेरिनरीको सार्वजनिक सुनुवाई, कृषिको विकासमा सिँचाइको प्रवन्ध मिलाउने : मन्त्री जुग्जाली

  म्याग्दी, २५ असार । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) चालू आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित वार्षिक कार्यक्रमहरुको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा... पुरा पढ्नुहोस

बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर

म्याग्दी २५ असार । म्याग्दी सदरमुकाम बेनीमा सोमबार निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । मानसिक रोगका विरामीहरुलाई लक्षित गरि आयोजित शिविरमा २१ जना पुरुष र २८ जना महिला गरि ४९ जनाले सेवा लिएका छन् । संरक्षक म्याग्दीको आयोजना , लिड्स नेपाल र भिसेन्ट फेररको सहयोगमा बेनी अस्पताल परिसरमा... पुरा पढ्नुहोस

महतारेमा आमा समूहको अगुवाईमा ढिकी,जाँतोको संरक्षण

कमल खत्री बेनी, २५ असार : म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङ्ग स्थित महतारे आमा समूहले परम्परागत ढिकी, जाँतोको संरक्षण गरेका छन् । परम्परागत रुपमा कुटानी र पिसानीको लागी प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर संरक्षण गरिएको आमा समूहका अध्यक्ष सन्तु भण्डारीले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

म्याग्दीका ६० वर्षीय यम बहादुर केसीद्वारा खाली खुट्टै कैलाश पर्वतको परिक्रमा

  म्याग्दी २५ असार । हिन्दु तथा बौद्ध धर्मावलम्बी पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको यात्रालाई स्वर्गसँग जोडेर हेर्छन्। हिन्दु धर्मावलम्बीहरुमा कैलाशको दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास छ। हिन्दु र बौद्धसहित जैन र बोन धर्मका अनुयायी पनि कैलाश पर्वतको यात्रा तथा दर्शनका लागि पुग्छन्। हिन्दुहरुको पवित्र ग्रन्थ रामायणमा गरिएको बयानअनुसार मानसरोवरमा... पुरा पढ्नुहोस

एसइईमा औसत जिपिएका आधारमा म्याग्दीका विद्यालयहरुको नतिजा यस्तो छ

म्याग्दी २४ असार । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ ( एसइई ) को नतिजामा औसत जिपिएको आधारमा म्याग्दीमा लिटल गार्डेन एकेडेमि र गलेश्वर आदर्श आवासिय मावि पहिलो हुन सफल भएका छन् । विद्यालयबाट परिक्षामा सहभागी भएर उर्तिण भएका विद्यार्थीहरुको औसत जिपिएका आधारमा लिटल गार्डेन र... पुरा पढ्नुहोस

प्रदेश सरकारले पछाडी परेको क्षेत्रका योजनालाई प्राथमिकता दिएको छ – मन्त्री जुग्जाली

जगिन्द्र बि.क. (बाग्लुङ) २४ असार । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले प्रदेश सरकारले आगामी वर्षको बजेटमा दुर्गम र पछाडी परेको क्षेत्रका योजनालाई प्राथमिकता दिएको बताउनु भएको छ । बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा असारे युवा क्लवले आयोजना गरेको असारे मेला २०८० लाई आइतबार सम्बोधन गर्नुहुदै मन्त्री... पुरा पढ्नुहोस

बाढीले क्षति पु¥याएपछि ठूलोखोला जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित

कमल खत्री बेनी २४ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा निर्माणधिन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित बनेको छ । संयुक्त ऊर्जा प्रा.लि.ले निर्माण गर्न लागेको यस आयोजनाको बाँधतर्फ बाढीले क्षति पु¥याएपछि निर्माण कार्य प्रभावित बनेको हो । असार २१ गते राती आएको अविरल बर्षापछिको... पुरा पढ्नुहोस

गाडीको लाइसेन्स परीक्षा बागलुङबाटै

असार, २४ गण्डकी । एघार वर्षपछि पुनः बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउने भएको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली सुविनले यातायात... पुरा पढ्नुहोस