विशेष

म्याग्दीमा मतदान केन्द्रको तयारी तिब्र

बेनी २९ बैशाख । आईतबार हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीका मतदान केन्द्रहरुमा तयारी तिब्र पारिएको छ । हरेक मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले राजनीतक दलका स्थानीय नेताहरुसंगको सर्वदलीय बैठक गरी मतदाता परिचयपत्र वितरण गर्ने कामसंगै मतदान स्थल निर्माणको कामलाई तिब्रता दिएका छन् । शनिबारसम्ममा मतदाता परिचयपत्र बाडिसक्ने लक्ष्य अनुसार... पुरा पढ्नुहोस

निर्वाचनको लागि सबै मतदान केन्द्रमा पुगे कर्मचारी

म्याग्दी, २७ वैशाख ।स्थानीय तह निर्वाचन गराउन खटिएका मतदान अधिकृतसहितको कर्मचारी टोली सम्बन्धित मतदान केन्द्रमा पुगेका छन् । जिल्लाको सवै मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीसहितको कर्मचारीको टोलीलाई मंगलवार मुख्य जिल्ला निर्वाचन कार्यालयबाट नियुक्ति तथा मतदान सामग्री हस्तान्तरण गरिएको थियो । कार्यालयबाट प्राप्त निर्वाचन सामाग्रि लिएर बुधवार सम्ममा सबै मतदान केन्द्रका कर्मचारी... पुरा पढ्नुहोस

निर्वाचनलाई मर्यादिन बनाउन दलहरु नै प्रतिबद्ध हुनुपर्छः निर्वाचन आयुक्त पौडेल

म्याग्दी, २७ वैशाख । निर्वाचन आयोगका निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रुपमा सम्पन्न गराउन सबै पक्षले रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभएको छ । निर्वाचनको तयारीबारे सरोकारवालासंग बुधवार बेनीमा छलफल गर्दै आयुक्त सुवेदीले संविधान कार्यान्वयनको पहिलो खुट्कीलोको रुपमा रहेको स्थानीय तह... पुरा पढ्नुहोस

एमाले र राप्रपाको भकिम्लीमा कार्यक्रम

म्याग्दी, २७ वेशाख । नेकपा एमाले म्याग्दी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार बेनी नगरपालिका–३ भकिम्लीमा चुनाबी आमसभा सम्पन्न गरेका छन् । कार्यक्रममा नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार प्रमोद श्रेष्ठले बेनी नगरपालिकालाई नमुना नगरपालिका बनाउने प्रशस्तै सम्भावना रहेको बताउँदै त्यसका लागि आफूलाई मतदान गरेर जिताउनुपर्ने बताएका छन् । उनले नगरपालिका क्षेत्रलाई आफूले... पुरा पढ्नुहोस

बरंजामा काँग्रेस र माओवादीको संयुक्त चुनावी सभा

म्याग्दी, २७ वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादीको आयोजनामा बुधबार बरंजामा संयुक्त चुनाव प्रचार सभा सम्पन्न भएको छ । सभामा बोल्दै नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य सुरेश आलेमगरले जनयुद्धले जन्माएको संघीय व्यवस्था मार्फत सिंहदरबारको अधिकार गाउँ नगरमा आउन लागेको र त्यसको कार्यान्वयन र व्यवस्थापनका लागि माओवादी केन्द्रलाई जिताउनुपर्ने बताउनुभयो... पुरा पढ्नुहोस

पिप्लेमा काँग्रेसका आमसभा सम्पन्न

म्याग्दी, २७ वैशाख । नेपाली काँग्रेसले रघुगंगा गाउँपालिका–३ पिप्लेमा चुनाबी आमसभा बुधवार सम्पन्न गरेको छ । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको चुनाब प्रचार अभियान अन्र्तगत काँग्रेसले सो आमसभा सम्पन्न गरेको हो । वडा नम्बर तिनका वडा अध्यक्ष पदका उम्मेदवार जिबन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका... पुरा पढ्नुहोस

एमाले–माओवादी गठबन्धनको चिमखोलामा आमसभा

म्याग्दी, २७ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ७ चिमखोलामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त टोलिले बुधवार चुनाबी आमसभा सम्पन्न गरेको छ । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिकामा एमाले–माओवादी गठबन्धनबाट गाउँपालिका प्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका साझा उम्मेदवारहरुको प्रचार प्रसारको क्रममा सो आमसभा... पुरा पढ्नुहोस

दृष्टिविहीनहरु गोप्य मतदात गर्नबाट बञ्चित

म्याग्दी, २७ वैशाख । म्याग्दीका दृष्टिविहीनहरुले निर्वाचनमा गोप्य मतदान गर्न नपाएको गुनासो गरेका छन् । दृष्टिविहीनहरुको लागि मतदाता शिक्षा सम्बन्धि जनचेतना अभिबृद्धि गर्न मंगलवार बेनीमा आयोजित एक कार्यक्रममा सहभागि दृष्टिविहिनहरुले निर्वाचनमा मतपत्रमा रहेका चुनाब चिन्ह्मा छाप लगाएर मतदान गर्ने निर्वाचन प्रकृया दृष्टिविहिनमैत्री नभएको उनीहरुको भनाई थियो । कार्यक्रममा बोल्दै नेपाल... पुरा पढ्नुहोस

बेनीलाई सभ्य, सुन्दर र सुरक्षित शहर बनाउने योजना बनाएको छुः वडा ८ अध्यक्षका उम्मेदवार रामकृष्ण बराईली

वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा उम्मेदवारहरु व्यस्त छन् । विकास र समृद्धिको नारा सहित चुनाब प्रचार प्रसारमा व्यस्त बनेका बेनी नगरपालिका– वडा नम्बर ८ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदावार रामकृष्ण बराईलीले बेनीलाई ‘‘ मेरो वडा, मेरो अधिकारः सम्पूर्ण वडाबासी एक परिवार ’’ भन्ने... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको चुनाबी रौनक, भोट माग्दै घरदैलोमा पुग्न थाले नेताहरु

म्याग्दी, २६ वैशाख । आगामी ३१ गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार बनेकाहरुलाई भोट माग्दै दलहरुले चुनाबी कार्यक्रमलाई तिब्र बनाएका छन् । बेनी नगरपालिकामा तालमेल गरी उम्मेदवार उठाएको कारण दलहरुले चुनाबी कार्यक्रमहरु समेत सयुक्त रुपमा गर्ने गरेका छन् । बेनी नगरपालिकामा नेकपा एमाले र राप्रपा तथा काँग्रेस र... पुरा पढ्नुहोस