टोड्के क्षेत्र विकास कोषको नयाँ नेतृत्व चयन, अध्यक्षमा आचार्य
- १८ असार २०७५, सोमबार
- 2008 पटक पढिएको
म्याग्दी,१८ असार । म्याग्दीको मंगला र रघुगंगा गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा रहेको आकर्षक पर्यटकीय स्थल टोड्के क्षेत्रको पर्यटन विकास र प्रचार प्रसारमा सक्रिय रहेको टोड्के क्षेत्र विकास कोषको नयाँ नेतृत्व चयन भएको छ । बेनीमा भएको कोषको छैटौँ साधारण सभा तथा दोस्रो अधिबेशनबाट पर्यटन व्यवसायि ताराप्रसाद आचार्य ‘बाबुराम’को अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।
अधिबेशनबाट उपाध्यक्षमा देवराज सुवेदी, सचिबमा टेकबहादुर राम्जाली, कोषाध्यक्षमा लालदेवी फगामी, सहसचिबमा याम बहादुर शेरपुञ्जा चयन भएका छन् । समितिको सदस्यहरुमा दिल बहादुर बुढाथोकी , बल बहादुर राम्जाली, बुद्धिराम पुन, एकजित रोका, लिलाराम गौतम, अमर बानियाँ, मिनबहादुर पाईजा ,टेकबहादुर पाईजा र गौरी गर्वुजा रहेका छन् । अधिबेशनले मालपोत अधिकृत, रघुगंगा गाउँपालिका–५ र मंगला गाउँपालिका–१ का वडा अध्यक्षलाई पदेन सदस्यमा चयन गर्ने निर्णय समेत गरेको छ ।
कोषका संस्थापक अध्यक्ष मोहन बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष आचार्यले मनमोहक दुष्यहरुको अवलोकन गर्न सकिने टोड्के क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न आफ्नो कार्यकालमा भरपुर प्रयासरत रहने बताउनुभयो । समुन्द्री सतहदेखि २ हजार ३८० मिटरको उचाईमा अबस्थित टोड्के मनोरम हिमश्रृखलाको दृष्यावलोकन गर्ने उपयुक्त स्थान मानिन्छ ।