विशेष

मालिकाको पात्लेमा खोप केन्द्र स्थापना

म्याग्दी २१ असार । म्याग्दीको मालीका गाउँपालीका ३ पात्लेमा खोप केन्द्रको भवन निर्माण भएको छ । वडा स्तरमा रहेको स्वास्थ्य संस्थामा पुगेर बालबालीकालाई खोप लगाउन नसकेका भौगोलिक रुपमा बिकट र दुर्गम बस्तीका बासिन्दाको सुबिधाका लागि स्थापीत खोप केन्द्रलाई व्यवस्थित बनाउन भवन निर्माण भएको हो ।गाउँपालीकाको तिन लाख रुपैया अनुदान र... पुरा पढ्नुहोस

चिमखोलामा सार्वजनीक सुनुवाई

चिमखोला २० असार । म्याग्दीको रघुगंगा गाउँपालीका ७ चिमखोलामा बुधबार सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।चालु आर्थिक वर्षमा सञ्चालन गरेर विकास गतिबिधि, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सर्वसाधारणको गुनासो, सुझाव, अपेक्षा बुझ्ने, गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले म्याग्दी मिडीया सोसाईटीसंगको सहकार्यमा गाउँपालीकाले यसअघि मौवाफाँट र पाखापानीमा सुनुवाई गरिसकेको... पुरा पढ्नुहोस

कालीगण्डकीमा जिप दुर्घटनामा वेपत्ता भनीएका चालक एक सातापछि सम्पर्कमा आए !

म्याग्दी २० असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा गत असार १४ गते दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन् । अन्नपूर्ण गाउँपालीका– ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस... पुरा पढ्नुहोस

गलेश्वर बजारमा म्याद सकिएका कोकोकला र फेन्टा भेटीए

म्याग्दी, २० असार । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडद्धारा उत्पादित कोकोकला,फेन्टा र स्प्राइट खानयोग्य मिति समाप्त भएपछि पनि बिक्री वितरण गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बुधवार बेनी नगरपालिका ९ गलेश्वरका होटल तथा किराना पसलमा गरेको अनुगमनका क्रममा पिउन योग्य मिति समाप्त भएका हल्का पेय पर्दाथ भेटिएको... पुरा पढ्नुहोस

गलेश्वरको थासाङ टे«डर्स भेटियो घरेलु मदिराको भण्डार !

म्याग्दी, २० असार । बेनी नगरपालिका ९ गलेश्वरमा रहेको थासाङ ट्रेडर्समा घरेलु मदिराको भण्डार फेला परेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीद्धारा बुधबार विहान गलेश्वर बजारमा गरिएको अनुगमन क्रममा उक्त पसलमा अवैध घरेलु मदिराको भण्डार फेला परेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलको नेतृत्वमा बजार अनुगमनमा गएको टोलीले... पुरा पढ्नुहोस

सुन्तलाको विरुवा बेचेर रु ५ लाख बढी आम्दानी

म्याग्दी २० असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषक जोकबहादुर विकले सुन्तलाको विरुवा बेचेर आकर्षक आम्दानी गर्न सफल भएका छन् । विगत ५ बर्षदेखि नर्सरी स्थापना गरि सुन्तला, कागती लगायतका विरुवा उत्पादन गर्दै आएका विकले यसै असारमा मात्रै १९ हजार बढी सुन्तलाका विरुवा विक्रि भएको बताउनुभयो । उहाँका अनुसार, म्याग्दीको... पुरा पढ्नुहोस

रघुगंगा जलविद्युत् आयोजना निर्माण शुरु, बाँधतर्फ पहुँच मार्ग खन्न थालीयाे

म्याग्दी, २० असार । रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत लगानी रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजनाको बाँध रहने स्थानसम्म पुग्ने पहुँच सडक निर्माणको काम शुरु भएको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आइतबार मौवाफाँटदेखि झीँ र दग्नामको... पुरा पढ्नुहोस

धवलागिरीमा “एक घर, एक ओखर” कार्यक्रम

म्याग्दी १९ असार । म्याग्दीको धवलागिरी गाउँपालीकाले “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को निती तथा कार्यक्रममा समावेश भएको यस कार्यक्रम कार्यान्वयनका लागि गाउँसभाबाट दश लाख रुपैया बजेट बिनियोजन भएको छ । विद्यार्थीको स्मरण शक्ति वृद्धि गरी सिर्जनात्मकताको प्रस्फुटन... पुरा पढ्नुहोस

टोड्के क्षेत्र विकास कोषको नयाँ नेतृत्व चयन, अध्यक्षमा आचार्य

म्याग्दी,१८ असार । म्याग्दीको मंगला र रघुगंगा गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा रहेको आकर्षक पर्यटकीय स्थल टोड्के क्षेत्रको पर्यटन विकास र प्रचार प्रसारमा सक्रिय रहेको टोड्के क्षेत्र विकास कोषको नयाँ नेतृत्व चयन भएको छ । बेनीमा भएको कोषको छैटौँ साधारण सभा तथा दोस्रो अधिबेशनबाट पर्यटन व्यवसायि ताराप्रसाद आचार्य ‘बाबुराम’को... पुरा पढ्नुहोस

लघुवित्तका कर्मचारीलाई ऋणीले थुनेपछि ………..

म्याग्दी, १८ असार । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ऋणी खोज्दै पुगेका एक लघुवित्त संस्थाका कर्मचारीलाई ऋणीले केही घण्टा थुनेको रहस्य बाहिर आएको छ । समुह मार्फत ऋण लगेर किस्ता समयमै नतिरेपछि ताकेता गर्दै गाउँमा पुगेका जनसेवी लघुविक्त वित्तिय संस्था दरबाङका दुई कर्मचारीलाई रुमकी बिमला रोकाले केही घण्टा कोठाभित्रै थुनेकी हुन्... पुरा पढ्नुहोस