विशेष
पोखराकी प्रेन्सा रेग्मी “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” का लागि छनोट
- 3 बर्ष, 6 महिना अगाडि
- २१ मंसिर २०७८, मंगलवार
मंसिर २१ पोखरा। पोखराकी ९ बर्षिया प्रेन्सा रेग्मी “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” मा चयन भएकी छन् । विश्वभरका ६८ भन्दा बढी देशहरूमध्येमा “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” का लागि बिश्वबाट १०० बाल प्रोडिजीमा पोखराकी प्रेन्सा रेग्मी छनोट भएकी हुन् । आयोजकले पहिलो-अन्तर्राष्ट्रिय बाल प्रोडिजी पुरस्कारमा तपाईंको प्रतिभा र कामले... पुरा पढ्नुहोस
दोबामा अस्पताल भवन निर्माण सुरु
- 3 बर्ष, 6 महिना अगाडि
- २० मंसिर २०७८, सोमबार
म्याग्दी २० मंसिर । म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु गरिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो । गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले अपाङ्गमैत्री पाँच श्यया क्षमताको भूकम्प प्रतिरोधी दुईतले भवन निर्माण सुरु गरिएको जानकारी दिए... पुरा पढ्नुहोस
न्यायिक समितिद्वारा १३२ मुद्दा फस्र्योट
- 3 बर्ष, 6 महिना अगाडि
- २० मंसिर २०७८, सोमबार
जिल्लाको मालिका गाउँपालिकाको न्यायिक समितिले हालसम्म १३२ मुद्दा फस्र्योट गरेको छ । मालिकाको न्यायिक समितिमा जिल्लाको सबैभन्दा धेरै मुद्दा दर्ता र फस्र्योट भएको हो । आर्थिक वर्ष २०७४-७५ देखि २०७८-७९ को कात्तिक महिनासम्म १३६ वटा मुद्दा दर्ता भएकोमा १३२ वटा मुद्दा फस्र्योट गरेको समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले... पुरा पढ्नुहोस
आवासहितको पर्यटन पुर्वाधार विकास गर्न जोड
- 3 बर्ष, 6 महिना अगाडि
- २० मंसिर २०७८, सोमबार
म्याग्दी, २० मंसिर । म्याग्दीमा रहेका पर्यटकिस्थलमा आवाससहितको पर्यटन पुर्वाधार विकास गर्न आग्रह गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रवन्धक नविन पोखरेलले पहिचान भएका पर्यटकीसस्थलमा पर्यटकको बसाई लम्ब्याउन आवाससहितको पुर्वाधार निर्माण गर्न म्याग्दीका स्थानीय तह एवम् पर्यटन ब्यवसायीलाई आग्रह गरेका छन् । म्याग्दी पर्यटकियस्थल टोड्के घुम्न आएको नाटाका... पुरा पढ्नुहोस
माओवादी केन्द्र अन्नपुणर् गाउँपालिकाको अध्यक्षमा ओमप्रसाद फगामी
- 3 बर्ष, 6 महिना अगाडि
- १९ मंसिर २०७८, आईतवार
म्याग्दी, १९ मंसिर । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र अन्नपुणर् गाउँपालिका कमिटीको अध्यक्षमा ओमप्रसाद फगामी चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आईतबार सम्पन्न प्रथम अधिवेशनले वडा नम्वर २ का वडा अध्यक्ष समेत रहेका फगामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा थमबहादुर बिक, विरबहादुर पौडेल... पुरा पढ्नुहोस
कृषि प्राविधिकलाई तालिम
- 3 बर्ष, 6 महिना अगाडि
- १९ मंसिर २०७८, आईतवार
म्याग्दी, १९ मंसिर । कृषि ज्ञान केन्द्र म्याग्दीले स्थानीय तहमा कार्यरत कृषि प्राबिधिकलाई क्षमता अभिवृद्धि तालिम आइतबारेदखि संचालन गरेको छ। तीनदिनसम्म संचालन हुने तालिममा स्थानीय तहका प्राविधिक, मुख्यमन्त्री जलबायुमैत्री नमुना कृषि गाउँ र केन्द्रमा कार्यरत प्राविधिकहरुको सहभागिता रहेको छ। तालिममा सहभागि प्राविधिकहरुलाई सुन्तलाको फल झर्ने औसाँ रोग सम्वन्धी, लेखा... पुरा पढ्नुहोस
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी
- 3 बर्ष, 6 महिना अगाडि
- १९ मंसिर २०७८, आईतवार
राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर... पुरा पढ्नुहोस
धौलागिरी साना किसान सहकारी स्थापना
- 3 बर्ष, 6 महिना अगाडि
- १९ मंसिर २०७८, आईतवार
बेनी १९ मंसिर । जडिबुटी खेती, बजारीकरण र स्थानीयबासीको आयआर्जन सुधार गर्ने उद्देश्यले म्याग्दीमा धवलागिरी साना किसान सहकारी संस्था स्थापना भएको छ । धवलागिरी गाउँपालिकाका अगुवाहरुले स्थापना गरेको सहकारीको प्रारम्भिक साधारणसभा शनिबार शिवाङमा सम्पन्न भएको छ । २०७७ असोज ११ गते कृषि तथा जडिबुटी नामाकरण गरिएको संस्थाको नाम २०७७ चैत २१... पुरा पढ्नुहोस
गलेश्वरमा ३ लाख ३५ हजार रुपैयाँ भेटि संकलन
- 3 बर्ष, 6 महिना अगाडि
- १८ मंसिर २०७८, शनिबार
बेनी १८ मंसिर । बेनी नगरपालीका- ९ मा रहेको गलेश्वर मन्दिरमा ३ लाख ३५ हजार ५९४ रुपैया भेटी संकलन भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषकाले बालाचतुर्दशी पर्वको अवसरमा सो भेटी संकलन भएको सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए । म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका... पुरा पढ्नुहोस
म्याग्दीका तीन पालिकामा मतदाता नामावली संकलन शुरु
- 3 बर्ष, 6 महिना अगाडि
- १८ मंसिर २०७८, शनिबार
बेनी, १७ मंसिर । म्याग्दीका तीन वटा स्थानीय तहको केन्द्रमा शुक्रबारदेखि मतदाता नामावली संकलन शुरु भएको छ ।अन्नपूर्णको पोखरेबगर, धवलागिरीको मुना र मालिकाको दरबाङमा “मतदाता नामावली संकलन बिशेष कार्यक्रम” अन्तरगत तस्बिर सहितको मतदाता नामावली शुरु भएको हो । जिल्ला निर्बाचन अधिकारी भिमप्रसाद घिमिरेले निर्बाचन आयोगको देशब्यापी कार्यक्रम अन्तरगत पहिलो चरणमा... पुरा पढ्नुहोस