म्याग्दी समाचार

बेनी अस्पताललाई मगर संघ इजरायलद्धारा रु १ लाख बराबरको सहयोग (फोटो फिचर)

म्याग्दी, ४ चैत । मगर संघ इजरायलले बेनी अस्पतालमा आबश्यक पर्ने सामाग्री खरिदको लागि रु १ लाख सहयोग गरेको छ । नेपाल मगर संघ म्याग्दीले आईतवार बेनीमा आयोजना गरेको एक कार्यक्रममा मगर संघ इजरायलका अध्यक्ष विष्णु पुन मगरले बेनी अस्पताल विकास समितिका अध्यक्ष माधव प्रसाद रेग्मीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको... पुरा पढ्नुहोस

बाझो जग्गालाई सदुपयोग गर्दै कुखुरा पालनसंगै आलु खेती

म्याग्दी, ४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीका एक युवाले गाउँमै कृषि फर्म स्थापना गरेका छन् । कृषक प्रकाश भण्डारीले बाझो जग्गालाई सदुपयोग गर्दै कुखुरा फर्म र आलु खेती गरिरहेका छन् । उनले धौलागिरि आईसफल पदमार्गको पहिलो पर्यटकीय गन्तव्य रुइसे–भेडिओढार क्षेत्रमा पर्ने रिवाङचौरमा ‘रुईसे कृषि उद्योग’ सञ्चालन गरिरहेका छन् ।... पुरा पढ्नुहोस

दर्शन गर्न मुक्तिनाथ पुगेका स्याङ्जाका एक तिर्थालु बेपत्ता

मुस्ताङ ४ चैत्र  । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन तथा चैतेदशै औसी तिथीका अवसरमा श्राद्ध गर्न आएका स्याङ्जाका एक तिर्थालु शनिवार मुक्तिनाथ मन्दिर परिसरबाटै बेपत्ता भएका छन् । नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओम प्रकास शर्माले टेलिफोन मार्फत दिएको सूचना अनुुसार पुतली बजार नगरपालिका ३ स्याङ्जा कुमालका गाउँ बस्ने वर्ष... पुरा पढ्नुहोस

महादेव माविको स्वर्ण जयन्तीको अवसरमा विद्यालय पुनः निर्माण अभियान सञ्चालन

म्याग्दी, ४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालय स्थापनाको ५० आँै बर्ष पुरा भएको अवसरमा विद्यालयले स्वर्ण जयन्ती मनाउने तयारी गरेको छ । आगामी वैशाख १ र २ गते बेगमा बृहत समारोहका बिच मनाउन लागिएको स्वर्ण जयन्तीको अवसरमा प्रवासमा रहेका बेगखोलाबासीको सक्रियतामा विद्यालय भवन पुनःनिर्माण अभियान... पुरा पढ्नुहोस

तातोपानी साना जलविद्युत आयोजनाका ४ मेशिनको मर्मत हुँदै

मुस्ताङ ३ चैत । लामो समय देखि जिर्ण अवस्थामा रहेको म्याग्दीको घरापमा अवस्थित तातोपानी साना जलविद्युत आयोजनाका बिद्युत उत्पादनमा प्रयोग भएका ४ वटा मेशिनको शिघ्र मर्मत तथा स्तोरोन्नतीका लागि मुस्ताङका निर्वाचित जनप्रतिनिधिले अधिकतम् पहल थालेका छन् । मुस्ताङका प्रदेश सभासद चन्द्रमोहन गौचनले म्याग्दीको घरापबाट जानकारी गराए अनुसार अहिले संञ्चालनमा नरहेका... पुरा पढ्नुहोस

कागबेनीधाममा तिर्थालुको रौनक

मुस्ताङ , ३ चैत । हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र मुस्ताङको कागबेनी त्रिबेणी स्थलमा दिवंगत श्राद्ध तथा पितृको नाममा तर्पण दिने तिर्थालु रौनकले मुस्ताङको चहलपहल गर्मिएको छ।आफ्ना स्वर्गिय दिवंगत पितृहरुको सम्झना स्वरुप कालिगण्डकी नदीमा पिण्डदान र पितृलाई तर्पण दिईने चलन छ ।धार्मिक मान्यता अनुसार वर्षेनी बडा दशै र चैतै दशै औशी... पुरा पढ्नुहोस

छन्त्याल विद्यार्थि संघको अध्यक्षमा राजु भलन्जा चयन

म्याग्दी, ३ चैत । म्याग्दी सदमुकाम बेनि बजारमा शनिवार छन्त्याल विद्यार्थिहरुको एक भेलाले म्याग्दी छन्त्याल विद्यार्थि संघ गठन गरिएको छ । भेलाले राजु भलन्जा छन्त्यालको अध्यक्षतामा १३ सदस्यीय समिती गठन भएको हो । समितीको बरिष्ठ उपाध्यक्षमा रुपेश भलन्जा छन्त्याल, उपाध्यक्षमा रस्मी भलन्जा छन्त्याल, सचिवमा अमर छन्त्याल, सहसचिवमा शितल घरब्जा छन्त्याल,... पुरा पढ्नुहोस

‘हलो दाई परियारलाई भ्याई नभ्याई’

म्याग्दी, ३ चैत । उमेरले ६९ बर्षका नैन परियारको दैनिकी हलो बनाएर वित्ने गरेको छ । बेनी नगरपालिका–५ पुलाचौर घर भएका परियार विहानदेखि बेलुकी सम्म नै हलो बनाउन व्यस्त हुनुहुन्छ । ‘हातमा शिप भए त्यसै बस्न र भोकै मर्न पर्दैन’ भन्ने भनाई परियारको जिबनमा मेल खान्छ । बास बस्ने घर... पुरा पढ्नुहोस

स्वर्गाश्रमले बोकेको सम्भावना (फोटो फिचर)

म्याग्दी, २ चैत । जिल्लामा भएको दर्जनौ प्राकृतिक तथा धार्मिक पर्यटकिय स्थलहरुको पहिचानले आन्तरिक तथा बाह्य रुपमा म्याग्दीलाई चिनाउन सफल भएको छ । पर्यटकियस्थल मध्यको नाम सुन्दा र ठाउँमा पुग्दाको आनन्द हुने स्थल स्वर्गाश्रम हो । २५ मिटर उचाईमा रहेको डाडाँमा अवस्थित पर्यटकिय पवित्र ठाउँ स्वर्गाश्रम पनि एक हो ।... पुरा पढ्नुहोस

जब क्याम्पस अध्यक्ष सुवेदी झाडु लिएर क्याम्पस पुगे……….

म्याग्दी, ३ चैत । शुक्रवार विहान म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी झाडु लिएर क्याम्पसमा पुगेपछि विद्यार्थिहरु आश्चर्यमा परे । नवनिर्वाचित अध्यक्ष सुवेदी हरेक दिन जसो क्याम्पसमा पुग्ने भएपनि शुक्रवार हातमा झाडु लिएर पुगेपछि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु छक्क परेका हुन् । सुवेदीले विद्यार्थि र प्रध्यापकहरुलाई समेत पुर्व सुचना... पुरा पढ्नुहोस