सञ्चारकर्मी विश्वकर्मा मिडिया सोसाईटी अवार्डद्धारा पुरस्कृत
- २९ भाद्र २०७५, शुक्रबार
- 4431 पटक पढिएको
बेनी २९ भदौ । म्याग्दीमा विगत एक दशक देखि सञ्चार क्षेत्रमा क्रियाशिल अमित विश्वकर्मा पुरस्कृत हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको प्रथम बार्षिक साधारण सभाको अबसरमा सञ्चारकर्मी विश्वकर्मालाई शुक्रबार ‘मिडिया सोसाईटी अवार्ड’द्धारा पुरस्कृत गरिएको हो । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घर भई हाल बेनीमा म्याग्दीकाली एफएममा स्टेशन म्यानेजर पदमा कार्यरत विश्वकर्मा २०६५ सालदेखि रेडियोकर्मीको रुपमा क्रियाशिल हुनुहुन्छ ।
कार्यक्रममा उहाँलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपाका नेता तथा पूर्व सांसद गोविन्द पौडेल, नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधव प्रसाद रेग्मी र सोसाईटीका कार्यबाहक अध्यक्ष कमल खत्रीले नगद रु ५ हजार सहित प्रमाणपत्र र दोसल्ला ओढाएर पुरस्कृत गर्नुभएको थियो ।
स्थानीय सञ्चार माध्ययममा एक दशकदेखि क्रियाशिल रहेर यहाँको विकास निर्माण, पर्यटन प्रवद्र्धन संगै संस्थाको संस्थागत विकासमा उल्लेख्य योगदान दिएको आधारमा उहाँलाई मिडिया सोसाईटी अवार्डद्धारा पुरस्कृत गरिएको कोषाध्यक्ष ठाकुर प्रसाद आचार्यले जानकारी दिनुभयो ।
म्याग्दीमा नियमित रुपमा सञ्चालन हुँदै आएका सञ्चार माध्ययमहरुको छाता संस्थाको रुपमा स्थापित म्याग्दी मिडिया सोसाईटीले पत्रकार एवम सञ्चारकर्मीहरुलाई आपत विपतमा सहयोग गर्नको लागि रु १ लाखको मिडियाकर्मी हितकोष समेत स्थापना गरेको छ ।
सो कोषको रकम बृद्धिको लागि धौलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले आफ्नो व्यक्तिगत तर्फबाट रु ५ हजार ५ सय सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
सोसाईटीले सो कोषमा रकम बृद्धि गरि रु ५ लाखको अक्षयकोष स्थापना गर्ने तयारी अनुसार सहयोगको लागि इच्छुक महानुभाव एवम संघ संस्थालाई आह्वान समेत गरेको अध्यक्ष कमल खत्रीले जानकारी दिनुभयो ।