म्याग्दी समाचार
गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको म्याग्दीमा सुझाब संकलन
- 11 महिना, 11 दिन अगाडि
- २८ मंसिर २०८०, बिहीबार
बेनी, २८ मंसिर : गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाको लागि म्याग्दीमा सुझाब संकलन गरिएको छ । विहिवार प्रदेश नीति तथा योजना आयोगले सदरमुकाम बेनीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्वन्धमा सरोकारवालासंग अन्तरक्रिया एवम् छलफल कार्यक्रम मार्फत जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि लगायत सरोकारवालाहरुबाट सुझाब संकलन गरिएको... पुरा पढ्नुहोस
बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
- 11 महिना, 11 दिन अगाडि
- २८ मंसिर २०८०, बिहीबार
बेनी, २८ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागीता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी... पुरा पढ्नुहोस
पहिरोबाट बरखर्कमा एक घर विस्थापित, दुई घर उच्च जोखिममा
- 11 महिना, 11 दिन अगाडि
- २८ मंसिर २०८०, बिहीबार
म्याग्दी,२८ मंसिर। म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती स्थित बरखर्क बस्तीमा गएको पहिरोले एक घर परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने दुई घरपरिवार उच्च जोखिममा छन् । बर्खाको समयमा गएको पहिरोले गोकर्ण भण्डारीको घर पूर्ण क्षति हुदाँ परिवारनै अन्य ठाउँमा विस्थापित भएका छन् । त्यस्तै पहिरोले कुमार केसी र... पुरा पढ्नुहोस
पदमार्ग बनाउने श्रम शिविरमा पुगेर मन्त्री र नेताहरुको हौसला
- 11 महिना, 12 दिन अगाडि
- २७ मंसिर २०८०, बुधबार
बेनी, २७ मंसिर : म्याग्दीको रघुगंगा गाउँपालिका–२ माछखर्कमा श्रमदान अभियानबाट निर्माण गर्न लागिएको पदमार्गमा मन्त्री, प्रदेशसभा सदस्य र नेताहरुले श्रमदान गर्नुभएको छ । माछखर्कदेखि कुनौटाघाट जोड्ने जिर्ण गोरेटोबाटोको पुननिर्माणमा माओवादी केन्द्रको वडा कमिटीले सञ्चालन गरेको श्रमदान अभियानमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको नेतृत्वमा बुधवार नेताहरुले... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाको अदिभारामा पुल निर्माण सुरु
- 11 महिना, 12 दिन अगाडि
- २७ मंसिर २०८०, बुधबार
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमाना भएर बग्ने रितुुङ खोलामा पुल निर्माण थालिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले २५ मिटर लामो सडक पुल बनाउन लागेको हो । सवारी साधनसमेत सञ्चालन गर्न सकिने पुलको आज लुम्बिनी... पुरा पढ्नुहोस
पदमार्ग बनाउन नेकपा माओवादी केन्द्रको श्रमदानसहित आर्थिक सहयोग (तस्बिर सहित)
- 11 महिना, 12 दिन अगाडि
- २७ मंसिर २०८०, बुधबार
धीरन खत्री म्याग्दी, २७ मंसिर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा वडा कमिटीले संचालन गरेको पदमार्ग निर्माण अभियानमा श्रमदानसहित आर्थिक सहयोग गरेको छ। नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको माछखर्कदेखि कुनौटाघाट जोड्ने पदमार्गको श्रमदान अभियानमा बुधबार जिल्ला संयोजक एवम् गण्डकी प्रदेशका भौतिक पूर्वाधार... पुरा पढ्नुहोस
जेठो हिमाल ‘अन्नपूर्ण प्रथम’ आधार शिविर पूर्वाधारको प्रतीक्षामा
- 11 महिना, 12 दिन अगाडि
- २७ मंसिर २०८०, बुधबार
म्याग्दी २७ मङ्सिर । अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल फ्रान्सेली नागरिक मौरिज हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आरोहण गर्नुभएको... पुरा पढ्नुहोस
दरखोला र बगरखोला जलविद्युत आयोजनाको पीपीए
- 11 महिना, 14 दिन अगाडि
- २५ मंसिर २०८०, सोमबार
बेनी : म्याग्देलीहरूको अगुवाइमा निर्माण हुन लागेको दरखोला र बगरखोला जलविद्युत् आयोजनाको (पीपीए) विद्युत् खरिद बिक्री सम्झौता भएको छ। रघुगंगा गाउँपालिका–७ मा निर्माण हुने ५.५ मेगावाट क्षमताको बगरखोला र धवलागिरि गाउँपालिका–३ मा निर्माण हुने ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाको पीपीए भएको हो। नेपाल विद्युत् प्राधिकरणसँग २०८३ फागुन महिनाभित्र विद्युत्... पुरा पढ्नुहोस
पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय शुभारम्भ
- 11 महिना, 14 दिन अगाडि
- २५ मंसिर २०८०, सोमबार
म्याग्दी, २५ मंसिर : बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय... पुरा पढ्नुहोस
सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी
- 11 महिना, 14 दिन अगाडि
- २५ मंसिर २०८०, सोमबार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती गरेका छन् । ९ हजार सुन्तलाको बोट... पुरा पढ्नुहोस