म्याग्दी समाचार
रत्नेचौरमा प्रहरीको अन्तरक्रिया
- 6 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७५, आईतवार
बेनी २ चैत । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शनिबार बेनी नगरपालिका १ रत्नेचौरमा सुरक्षा अधिकारी, जनप्रतिनिधि र समुदायबीच अन्तरक्रिया भएको छ । समाजमा अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउन, सामाजिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय तह, समुदाय, सामाजिक संघ संस्था र विद्यालयबीच साझेदारी गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।... पुरा पढ्नुहोस
थकाली सेवा समिति दरवाङ क्षेत्रमा नयाँ नेतृत्व
- 6 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७५, आईतवार
बेनी २ चैत । थकाली सेवा समिति दरवाङ क्षेत्रको शनिबार रातोढुङ्गामा सम्पन्न दसौ अधिवेशनबाट बिनोद भट्टचनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा नरबहादुर शेरचन, सचिवमा धनबहादुर भट्टचन, सहसचिवमा दलप्रसाद शेरचन, कोषाध्यक्षमा बलबहादुर भट्टचन निर्वाचित हुनुभएको छ । सदस्यहरुमा गजेन्द्र तुलाचन, कुलबहादुर तुलाचन, छेमेन्द्र शेरचन, गोविन्द शेरचन,... पुरा पढ्नुहोस
म्याग्दीका शिशिर फेवातालमा मृत भेटिए
- 6 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७५, आईतवार
पोखरा । गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत म्याग्दीका शिशिर केसी फेवातालमा मृत भेटिएका छन् । बेनी वडा नंं ८ घर भई जीएमसीमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २२ वर्षीय शिशिर शनिबार बिहान फेवातालमा मृत भेटिएका हुन् । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक कोमल शाहले प्रारम्भिक अनुसन्धानमा शिशिरले आफ्नो... पुरा पढ्नुहोस
म्याग्दी नदीमा वेपत्ता किशोरको सब फेला
- 6 बर्ष, 3 महिना अगाडि
- २ चैत्र २०७५, शनिबार
बेनी २ चैत । बेनी स्थित म्याग्दी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक किशोरको चार दिनपछि सव फेला परेको छ । गत बुधवार म्याग्दी नदीमा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका अन्नपूर्ण गाउँपालिका ८ राम्चे काफलडाँडा घर भई हाल बेनी नगरपालिका ७ मंगलाघाटमा बस्दै आएका १५ वर्षका हेमचन्द्र... पुरा पढ्नुहोस
म्याग्दी सहकारीले दियो महिला सदस्यहरुलाई प्रशिक्षण
- 6 बर्ष, 3 महिना अगाडि
- २ चैत्र २०७५, शनिबार
म्याग्दी २ चैत । म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि. स्थापनाको १२ औं वर्ष प्रवेश गरेको अवसरमा संस्थाको महिला उपसमितिको आयोजनमा सहकारीमा महिलाको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम शनिवार संस्थाको कार्यालय गोंगबुमा सम्पन्न भएको छ। उपसमितिका संयोजक गीता रावलको अध्यक्षता तथा सहकारी का अध्यक्ष... पुरा पढ्नुहोस
गण्डकी प्रदेशको भाग्यरेखा कोरला नाकामा पूर्वाधार निर्माणमा सुस्तता
- 6 बर्ष, 3 महिना अगाडि
- २ चैत्र २०७५, शनिबार
कमल खत्री /प्रकाश सिलवाल म्याग्दी, २ चैत । छिमेकी चीनसँगको कोरला नाकाबाट व्यापार बढाउने लक्ष्यका साथ नेपाल सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । चिनियाँ पक्षले ८० प्रतिशत काम सके पनि नेपाली पक्षको पूर्वाधार तयारीले गति नलिएका कारण मार्ग मुस्ताङको कोरला नाका सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ ।... पुरा पढ्नुहोस
म्याग्दीका एसइइ परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था
- 6 बर्ष, 3 महिना अगाडि
- १ चैत्र २०७५, शुक्रबार
सन्तोष गौतम बेनी १ चैत । चैत १० गतेदेखि सुरु हुन लागेको एसइइ परिक्षाको म्याग्दी स्थित परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि प्रदेशका २१७ वटा परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाएको छ । मन्त्रालयकी निर्देशक तुलसा... पुरा पढ्नुहोस
रघुगंगामा ‘गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन तथा आवास सुधार’ कार्यक्रम सुरु
- 6 बर्ष, 3 महिना अगाडि
- १ चैत्र २०७५, शुक्रबार
कमल खत्री बेनी, १ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाले सुकुम्बासीहरुको व्यवस्थापन र घरबार विहिनहरुको लागि ‘गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन तथा आवास सुधार’ कार्यक्रम सुरु गरेको छ । संविधानमा मौलिक हकको रुपमा रहेको आवासको अधिकारलाई पूर्ण रुपमा प्रत्याभुति दिलाउनको लागि सो कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी... पुरा पढ्नुहोस
स्वर्गीय मातापिताको सम्झनामा ओमकुमारी शान्ति कोषलाई सहयोग
- 6 बर्ष, 3 महिना अगाडि
- १ चैत्र २०७५, शुक्रबार
म्याग्दी, १ चैत । एक दम्पत्तीले स्वर्गीय मातापिताको सम्झनामा म्याग्दीमा गरिब तथा विपन्नको उपचारमा सक्रिय परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारको पर्यटकीयस्थल घोरेपानी घरभई हाल नेदरल्याण्डमा रहेका धनबीर र चोक्टी बुदुजा पुनले स्वर्गीय पिता हर्क बहादुर र माता पार्वती बुदुजा... पुरा पढ्नुहोस
आखा शिविरमा ८४ जनाको शल्यक्रिया, १५ सय जनाको निशूल्क आँखा परिक्षण
- 6 बर्ष, 3 महिना अगाडि
- १ चैत्र २०७५, शुक्रबार
बेनी १ चैत । बेनीमा आयोजना गरिएको तीन दिने निशूल्क आँखा उपचार तथा शन्यक्रिया शिविरमा ८४ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । बेनीका विभिन्न लायन्स क्लवहरुले नेपाल आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटी म्याग्दी आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा संचालन गरिएको शिविरमा करिव १५ सय जनालाई आखाँ परिक्षण... पुरा पढ्नुहोस