म्याग्दी समाचार

म्याग्दीका स्थानीय तहमा नेकपाको एकता प्रकृया टुंगीयो

म्याग्दी, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाको ६ वटै स्थानीय तहमा एकता प्रकृया टुंगो लगएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले जिल्लाको १ नगरपालिका र ५ गाउँपालिका सहित ४५ वटै वडामा पार्टीको एकिकृत कमिटी गठन गरेका हुन् । जिल्लाका ६ मध्य ४... पुरा पढ्नुहोस

बेनीमा जारी प्रथम पर्यटन महोत्सव संगीतमय (भिडियो सहित)

म्याग्दी, २६ चैत । म्याग्दी सदरमुकाम बेनीमा जारी प्रथम पर्यटन महोत्सव संगीतमय बनेको छ । रेडियो म्याग्दीले नयाँ बर्ष र रेडियोको बार्षित्सवको अवसरमा आयोजना गरिएको महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले संगीतमय बनेको हो । https://www.facebook.com/MyagdiOnlineNews/videos/2286945431570146/?eid=ARAsTTdwcW3JJLqPsGYu1a3o4LBsn0geaZI6Y__Z0Cdl1VUzYjaDhTTSIE0N6VsbtsEhafd07dBC4KBY महोत्सवमा सोमबार चर्चित कलाकारहरु रामजी खाँड, अमित विश्वकर्मा, अमृता श्रीपाल, ध्रुव जिसी लगायतले प्रस्तुती... पुरा पढ्नुहोस

राम्चेको देउराली आधारभुत विद्यालयलाई सहयोग

बेनी २६ चैत । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको देउराली आधारभुत विद्यालयलाई एक व्यक्तिले सोमबार एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । राम्चे घर भई हाल भैरहवा बस्दै आउनुभएकी इन्द्रकलि तिलिजाले दिवंगत श्रीमान भिमबहादुर तिलीजाको स्मृतिमा एक लाख पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको हो । विद्यालयका निजी स्रोतका... पुरा पढ्नुहोस

सडक स्तरोन्नती सम्पन्नसंगै श्रमिकलाई सम्मान

म्याग्दी, २५ चैत । विकास निर्मााण योजना सम्पन्न भएपछि नेता, समन्वयकर्ता र चन्ददातालाई सम्मान गरिने प्रचलन नौलो होईन । कही कतै सरकारी कर्मचारीहरुलाई समेत सम्मान गरिदै आईएको छ । तर म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर हुदै काउँलेगौडा र पात्लेखेत सम्मको सडक स्तरोन्नती योजनामा भने उपभोक्ता समितिले आयोजनामा खटिएका श्रमिकलाई सम्मान... पुरा पढ्नुहोस

हिन्दुराष्ट्रको माग गर्दै राप्रपाको धर्ना

बेनी २५ चैत । हिन्दुराष्ट्रको माग गर्दै सोमबार बेनीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरु धर्नामा बसेका छन् ।बेनीको दुरसञ्चार चोकमा दिउँसो १ देखि २ बजेसम्म राप्रपाका नेता कार्यकर्ताहरु धर्ना बसेका थिए । धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद गौचनले नेपालको पहिचान र बुहसंख्यक जनताले मान्ने हिन्दु धर्मको... पुरा पढ्नुहोस

खोपको पहुँच बढाउने बेनी नगरपालिकाको योजना

बेनी २५ चैत । बेनी नगरपालिकाले बालबालिकाको खोप सेवामा पहुँच बढाउने र छुट्ने दर घटाउन योजना बनाएको छ ।नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आइतबार र सोमबार बेनीमा भएको पूर्ण खोप नगरपालिका सुनिश्चितता र दिगोपनाका लागि नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा योजना तयार पारिएको हो । म्याग्दीलाई तीन वर्षअघि पूर्णखोप युक्त जिल्ला घोषणा गरिएको... पुरा पढ्नुहोस

नेकपा रघुगंगाको अध्यक्षमा कार्की, सचिबमा भण्डारी चयन

कमल खत्री म्याग्दी, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रघुगंगाको अध्यक्षमा प्रेम बहादुर कार्की (दिपक) र सचिबमा हरि भण्डारी चयन हुनुभएको छ । आईतवार सम्पन्न नेकपाको रघुगंगा र वडाहरुको संयुक्त संयन्त्रको विस्तारित बैठकले सर्वसम्मत रुपमा ५१ सदस्यीय गाउँपालिका कमिटि गठन गरेको हो । अध्यक्ष कार्की पूर्व एमाले र सचिब... पुरा पढ्नुहोस

अर्मन स्वास्थ्य चौकीमा ‘फिजियोथेरापी’

  बाबियाचौर २५ चैत । म्याग्दीको मंगला गाउँपालिका ५ मा रहेको अर्मन स्वास्थ्य चौकीमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, ढाड र हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीहरुलाई लक्षित गरेर फिजियोथेरापी सेवा सञ्चालन गरिएको हो । सेवा सञ्चालनका लागि अन्तराष्ट्रिय नेपाल फेलोशिप (आइएनएफ)को समुदायमा आधारित पुनःस्थापना... पुरा पढ्नुहोस

बरंजामा बाढीको बितण्डा

म्याग्दी २५ चैत । बाढीका कारण म्याग्दीको मंगला गाउँपालिका ४ मा सडक र खानेपानी आयोजना अवरुद्ध भएको छ । बर्षासंगै असिनाका कारण गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजामा खेतीबालीमा समेत क्षति पु¥याएको छ ।बर्षापछि खोल्सामा आएको बाढीले सडक र खानेपानीको पाइप बगाएको छ । बरंजा देखि दुर्दी, भित्रीवन,... पुरा पढ्नुहोस

विपन्न परिवारलाई लत्ताकपडा र आर्थिक सहयोग

म्याग्दी २४ चैत । म्याग्दीको विकट धवलागिरी गाउँपालिका २ लुलाङ(नयाँ वन)का विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग प्राप्त भएको छ । स्थानिय सामाजिक अभियान्ता अनिल ब्ुढा मगरको संयोजकत्वमा स्वदेश तथा विभिन्न देशमा कार्यरत नेपालीहरुबाट संकलित ४९ हजार रुपैयाँ नगद सहित लत्ताकपडा तथा गाउँपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको कुखुराको चल्ला हस्तान्तरण... पुरा पढ्नुहोस