म्याग्दी समाचार
कृष्ण सेन मदन स्मृती क्रियाशिल पत्रकारीता पुरस्कार गौतमलाई प्रदान
- 3 महिना, 16 दिन अगाडि
- २० पुष २०८१, शनिबार
म्याग्दी, २० पुस । प्रेस सेन्टर नेपाल, म्याग्दीद्धारा स्थापित कृष्ण सेन मदन स्मृती क्रियाशिल पत्रकारीता पुरस्कार म्याग्दीका पत्रकार सन्तोष गौतमलाई प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाको शनिवार बेनीमा सम्पन्न पाँचौ जिल्ला सम्मेलनको अवसरमा पत्रकार गौतमलाई नगद रु ७ हजार सहित प्रमाणपत्र प्रदान गरी दोसल्ला ओढाएर पुरस्कृत गरिएको... पुरा पढ्नुहोस
खबरा गाउँभरि केराखेती, बजारको अभाव
- 3 महिना, 17 दिन अगाडि
- १९ पुष २०८१, शुक्रबार
म्याग्दी । एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् । हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताउनुभयाे । “पहिले हप्ताको... पुरा पढ्नुहोस
नारच्याङ बेँसीमा खानेपानी आयोजना निर्माण सुरु
- 3 महिना, 18 दिन अगाडि
- १८ पुष २०८१, बिहीबार
म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ बेँसीमा रु. एक करोडभन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ । ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा रु. एक करोड आठ लाख ३१ हजार सात सय ५६ को लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको हो । आयोजनाबाट नारच्याङ बेँसी... पुरा पढ्नुहोस
ऐतिहासिक भगवती कोतमा नियमित पूजा सञ्चालन गर्न अक्षयकोष स्थापना
- 3 महिना, 18 दिन अगाडि
- १८ पुष २०८१, बिहीबार
म्याग्दी , १८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका– २ मा अवस्थित ऐतिहासिक राखु भगवती कोत मन्दिरमा नियमित पूजापाठको प्रवन्ध मिलाउन अक्षयकोष स्थापना गरिएको छ । गत असोजमा आयोजित देवी भागवत महायज्ञबाट संकलन भएको रकमबाट मन्दिरको दैनिक र नियमित पूजाआजाका लागि अक्षयकोष बनाईएको हो । महायज्ञबाट संकलन भएको रु १ करोड... पुरा पढ्नुहोस
कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
- 3 महिना, 19 दिन अगाडि
- १७ पुष २०८१, बुधबार
म्याग्दी, पुस १७- मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो । कुश्मा नगरपालिका–१ माझीबस्तीबाट जलजला गाउँपालिका–८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । तेह्र किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान... पुरा पढ्नुहोस
बसाइँसराइलाई रोक्दै सुन्तला खेती
- 3 महिना, 20 दिन अगाडि
- १६ पुष २०८१, मंगलवार
म्याग्दी । बेनी नगरपालिका-३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो । सदरमुकाम बेनीमा घर बनाइसकेका उनलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी र... पुरा पढ्नुहोस
क्यान्सर पिडित रकालको उपचारमा सहयोगको अपिल
- 3 महिना, 21 दिन अगाडि
- १५ पुष २०८१, सोमबार
म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतकी क्यान्सर पिडित लल्लीकुमारी रकालको उपचारमा सहयोगको अपिल गरिएको छ । स्तन क्यान्सबाट पिडित रकालको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । आर्थिक अबस्था कमजोर भएको र उपचारमा लाखौँ खर्च हुने भएपछि आर्थिक संकलन अभियान चलाएर सहयोग जुटाउन सुरु गरिएको स्थानीय अगुवा युवा भरत बहादुर रकालले... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको शाखा अध्यक्षमा विनोद घर्ति निर्वाचित
- 3 महिना, 21 दिन अगाडि
- १५ पुष २०८१, सोमबार
म्याग्दी जेसीजको शाखा अध्यक्षमा विनोद घर्ति निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न २६ औँ बार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट सन २०२५ का लागि घर्तिको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । अधिवेशनबाट कानुनी सल्लाहकारमा सुमन बानियाँ, बरिष्ठ कार्यकारीणी उपाध्यक्षमा सज्जन श्रेष्ठ, कार्यकारी उपाध्यक्षमा सुनिता श्रेष्ठ, डेकमाया केसी,... पुरा पढ्नुहोस
म्याग्दीका गौतमको नेतृत्वमा सौर्य गतिबिधी र वर्षाको सम्बन्धका विषयमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक
- 3 महिना, 21 दिन अगाडि
- १५ पुष २०८१, सोमबार
बेनी, १४ पुष ः अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले नेपालमा सौर्य गतिबिधी र बर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । गौतमको नेतृत्वमा अनुसन्धानकर्ताहरु अशोक शिल्वाल, बासु बराल र डा. बिनोद अधिकारीको टोलीले “द पोसिबल इम्प्याक्ट अफ सोलार एक्टिभिटि अन रेनफल इन नेपाल ः... पुरा पढ्नुहोस
मालिकामा पौने तीन करोड थप बजेट बिनियोजन
- 3 महिना, 21 दिन अगाडि
- १५ पुष २०८१, सोमबार
दरवाङ, १५ पुष । म्याग्दीको मालिका गाउँपालिकाको आइतबार सम्पन्न १६औ गाउँसभाले चालु आर्थिक वर्ष २०८१ /०८२ को लागि थप पौने तीन करोड बजेट बिनियोजन भएको छ । छ्यारछ्यारे स्थित गाउपालिकाको सभाहलमा बसेको सभाले थप रु. दुई करोड ७२ लाख बजेट बिनियोजन गरेको हो । आर्थिक वर्ष २०८०÷०८१ को अल्या बजेट रु.... पुरा पढ्नुहोस