म्याग्दी समाचार

मनकारी मन : ‘सिंगामा व्यक्तिगत लगानीमा प्रतिक्षालय निर्माण’ (फोटो फिचर)

कमल खत्री बेनी, ९ असोज : म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोकमा स्थानीय एक व्यक्तिले रु २१ लाख बढी लगानीमा सुविधासम्पन्न प्रतिक्षालय निर्माण गर्नुभएको छ । सिंगा घर भई हाल तारकेश्वर नगरपालिका–१० मनमैजुमा बसोबास गर्दै आउनुभएका ७१ बर्षिय दीनानाथ पौडेलले आफ्नो दिवंगत बुबा आमा विष्णुदत्त र हरिकला देवी पौडेलको स्मृतिमा... पुरा पढ्नुहोस

कालीपुलबस्तीमा पहिरोको पिरलो

  म्याग्दी, ९ असोज । बेनी नगरपालिका–८ कालीपुल बस्तीलाई सधै पहिरोका पिरलो छ । कालीगण्डकी नदी किनारमा रहेको कालीपुल बस्तीलाई पर्वतको जलजला गाउँपालिका– ३ माटेपानीको भिरबाट खसेको पहिरोले त्रसित बनाउदै आएको छ। मंगलबार (आज) दिउँसो एक्कासी मल्लाजको भिरबाट खसेको पहिरोले कालीपुलबासीलाई त्रसित बनाएको थियो । दिउँसो एक्कासी आएको पहिरोले क्षति... पुरा पढ्नुहोस

बजार प्रतिनिधि संघद्वारा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण

  बेनी, ९ असोज । बेनी अस्पतालमा उपचारत विरामीलाई फलफलूल वितरण गरिएको छ । नेपाल बजार प्रतिनिधि संघ धौलागिरिले बेनी अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण गरेको हो । धौलागिरि क्षेत्रमा विभिन्न खाद्यबस्तुको बजारमा विक्रि वितरण गर्ने बजार प्रतिनिधिहरुले बेनी नगरपालिका वडानम्वर ८ का वडाअध्यक्ष उत्तम कर्माचार्य लगायतको उपस्थितमा विरामीको स्वास्थ्य... पुरा पढ्नुहोस

धवलागिरि हिमालको आधार शिविरमा आरोही आउन थाले

  म्याग्दी, ९ असोज। म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी... पुरा पढ्नुहोस

पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको मृत्यु

बेनी  : बाटोमा हिँडिरहेको अवस्थामा पहिरोले  पुरिएर म्याग्दीको मालिका गाउँपालिका - २ रुममा सोमबार एकजनाको ज्यान गएको छ ।  गोठका गाईवस्तुलाई घाँस दिएर घर फर्कने क्रममा जेमखोला नजिकै खसेको पहिरोमा पुरिएर मालिका–२ बेली गाउँका करिब ४८  वर्षीय तिर्थबहादुर विकको मृत्यु भएको वडा अध्यक्ष उदय बुढाथोकीले बताए । ‘बिहान पौने ८... पुरा पढ्नुहोस

बेगखोलाको मोटरेबल पुल सञ्चालन

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल सञ्चालनमा आएको छ । पुल सञ्चालन भएपछि खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ । सात वर्षअघि बेगखोलामा आएको बाढीले ‘बेलीब्रिज’ बगाएपछि बर्खायाममा खोलाबाट सवारीसाधन वारपार गर्नुपर्ने समस्या थियो । बेनी–जोमसोम–कोरला सडक योजनाका... पुरा पढ्नुहोस

खराब मौसमका कारण दुई हेलिकप्टर बिममा आकस्मिक अवतरण

बेनी, ८ असोज : काठमाडौंदेखि धौलागिरी आधार शिविर क्षेत्रका लागि उडेका दुई हेलिकप्टर आज विहान आकस्मिक रुपमा म्याग्दीको बिममा अवतरण गरेका छन् । मौसम खराबीका कारण आधार शिविर तर्फ जान उडेका हेलिकप्टर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिमको किसानी माविमा आकस्मिक अवतरण गरेका हुन् । सोमबार बिहान अल्टिच्युड एयर र सम्रिक... पुरा पढ्नुहोस

माओवादी रूपान्तरण अभियान: डाँडागाउँमा श्रमदान गरेर सडक मर्मत

म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी रूपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् । अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान... पुरा पढ्नुहोस

राहुघाट जलविद्युत् आयोजना १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति

म्याग्दी ७ असोज। नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको १४ वर्षमा ६० प्रतिशत काम सकिएको छ । भारतीय आयात निर्यात ९एक्जीम० बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो... पुरा पढ्नुहोस

 विकास निर्माणको कामलाई प्रभावकारी बनाउन माग 

म्याग्दी, ७ असोज । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विममा शनिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय विमको आयोजनामा गएको आर्थिक वर्षको वार्षिक समीक्षासहित विकास निर्माणलगायत योजना तथा कार्यक्रममाथि सार्वजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक सुनुवाइमा वडा सचिव नवीन पुनले गत आव २०७९/०८० मा वडा कार्यालयबाट सम्पादित काम... पुरा पढ्नुहोस