मुलुक

गुर्जा हिमालको आधार शिविरमा ८ जना मृत भेटिए

बेनी, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको शब भेटीएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सब भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर बास बसेका... पुरा पढ्नुहोस

पर्यटकीय पुनहिलमा पर्यटकको चहलपहल बढ्यो ( फोटो फिचर)

बेनी, २५ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीय स्थल पुनहिलमा पर्यटकहरुको भिड बढेको छ । घोडेपानीको शिरमा समृन्द्री सतहदेखि ३२१० मिटर उचाईमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकनको लागि असोज महिनाको सुरुवातदेखि नै पर्यटकहरुको आगमन बढेको हो । अहिले दैनिक ४ सय देखि ७ सय सम्म पर्यटकहरु... पुरा पढ्नुहोस

भुइमा बसेर अध्ययन गर्न बाध्य बालबालीकालाइ सहयाेग जुटाइदै

सुन्दा पनि अचम्म लाग्ला २१ अाैं शताब्दीमा कैलाली जिल्ला , लम्कीचुवा नगरपालिका १ मा मुक्तकमैया करिब ५० बालबालिका बिधालय बाहिर भुइँमा बसेर पढ्न बाध्य छन । सरकार र स्थानीयबाट अपहेलित , गरिबी र अशिक्षाले कैलालीका मुक्तकमैया बालबालिकालाई बिधायल छैन । बिधालय जान २ घण्टा हिड्नु पर्छ । बालबालिकालाई शिक्षा दिन... पुरा पढ्नुहोस

रुईसे–भेडिओढारको पर्यटन प्रर्वद्धनका लागि साईकलयात्रा ( फोटोफिचर)

रघुगंगा २० असोज । म्याग्दीको रघुगंगा गाउँपालिका २ मा रहेको रइसे–भेडिओडार क्षेत्रको पर्यटन विकासका लागि प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबार साईकल यात्रा गरिएको छ । रघुगंगा गाउँपालिकाको संयोजनमा राखु समाज कल्याण समिति काठमाडौको आयोजनामा पर्वतको मालढुङ्गा देखि भगवतीको रइसेसम्म ३५ किलोमिटर साईकल यात्रा गरीएको हो । म्याग्दी भ्रमण वर्ष २०७५ को... पुरा पढ्नुहोस

मुटुरोग शिविरबाट छ सय बढी लाभान्वित (फोटो फिचर)

म्याग्दी, १८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिर परिसरमा विहिवार आयोजित निःशुल्क मुटुरोग परिक्षण शिविरबाट छ सय जना बढी सर्वसाधारण लाभान्वित भएका छन् । राखु समाज कल्याण समिति काठमाण्डौले गाउँपालिकाको संयोजन र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरेको शिविरमा उत्साहजनक रुपमा सर्वसाधारणले मुटुरोगको परिक्षण गराएका हुन्... पुरा पढ्नुहोस

सहकारीद्वारा क्षमता अभिवृद्धि तालिमको आयोजना

म्याग्दी, असोज ९ – सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्था गोङ्गबु, काठमाडौंको आयोजनामा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सहकारी संस्थाको सञ्चालक समिति र उपसमितिका पदाधिकारीहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । सहकारीकर्मीको क्षमता वृद्धि तथा नयाँ ऐनको बारेमा जानकारी गराउने उद्देश्यसहित तालिम आयोजना गरिएको सहकारीले... पुरा पढ्नुहोस

न्यायका लागि दवाव दिन सडकमा (भिडियो सहित)

बेनी ३० भदौ । कञ्चनपुरमा १३ वर्षिया निर्मला पन्तको बलात्कार पछि भएको हत्याको निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै शनिबार बेनीमा महिलाहरुले प्रर्दशन गरेका छन् । कालो ब्यानर, विभिन्नमाग लेखिएकाप्ले कार्ड बाकेर टाउकोमा कालो पट्टी बाँधेर प्रर्दशनका लागि सडकमा उत्रिएका महिलाहरुले दोषीलाई कारबाहीको माग सहित नाराबाजी गर्दै बजार परिक्रमा... पुरा पढ्नुहोस

मिर्गौला पिडित ताकमका सुनारद्धारा सहयोगको अपिल

म्याग्दी, २४ भदौ । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका मिर्गौला पिडित थमबहादुर सुनारले आफ्नो उपचारमा सहयोग गर्न अपिल गर्नुभएको छ । दुबै मिर्गौलाले काम नगर्ने भएपछि डायलाइसीस गर्दै आउनुभएका सुनारले उपचार गर्न परिवारको आर्थिक अबस्थाले नथेकेपछि सहयोग गर्न आह्वान गर्नुभएको हो । बिगत ४ बर्षदेखि मिर्गौला पिडित भई उपचाररत ३० बर्षिय... पुरा पढ्नुहोस

मोना कुवेत द्वारा १४ दिन कोमामा बसेका गणेश लाई आर्थिक सहयोग

कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ । कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश फर्किएका गणेश लाई म्याग्दी मोनाले नेपाली रु. ४० हजार आर्थिक सहयोग गरेको हो । रक्तचापको... पुरा पढ्नुहोस

महिला कैदीबन्दी र बालबालिकालाई दर खुवाइयो

म्याग्दी, भदौ २३ – सामुदायिक प्रहरी सेवा केन्द्र बेनी, म्याग्दीको आयोजनामा शनिबार म्याग्दी कारागारका महिला कैदीबन्दी र बालगृहका बालबालिकाहरुलाई दर खुवाइएको छ । हरितालिका तीजको अवसरमा नेपाल बाल सङ्गठन म्याग्दीमार्फत सञ्चालित म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई कपि कलम पनि वितरण गरिएको छ । म्याग्दी कारागारमा विभिन्न कसुरमा सजायँ भुक्तान गर्दै गरेका... पुरा पढ्नुहोस