मुलुक

कृषि र पशुपालनबाट आत्मनिर्भर : स्वदेशकै माटोबाट समृद्धिको सन्देश

धिरन खत्री म्याग्दी, ५ असोज । केहि समय अघि सम्म स्वदेशमा ठुलो लगानी गर्न नसक्ने र राम्रो अध्ययन गर्न नपाएकाहरु खासगरि विदेश पलायन हुने गर्थे । कतिपय विदेश पुगेकाहरुले राम्रै उपलब्धी पनि हाँसिल गरेका छन् । तर पछिल्लो समय विदेश जानेको ‘ट्रेन’ फेरिएको छ । अध्ययन गरेका र आर्थिक रुपमा... पुरा पढ्नुहोस

मुस्ताङका पत्रकार थकाली सम्मानीत

म्याग्दी,२ असाेज ।  हिमालपारीको जिल्ला मुस्ताङका क्रियाशिल पत्रकार एस।के। आस्था थकाली सम्मानीत भएका छन् । गण्डकी प्रदेशको लोकप्रिय पत्रिका समाधान राष्ट्रिय दैनिकको १८ औं वार्षिक उत्सवका अवसर बुधबार पत्रकार थकालीलाई समाधानले सम्मान गरेको हो । पोखरा लेंक साईड स्थित होटल बाराहीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ तथा... पुरा पढ्नुहोस

सातवटा हेलिकोप्टरको आपतकालीन अवतरण

लुक्लाबाट काठमाडौँको लागि उडेका सातवटा हेलिकोप्टरहरुको आकस्मिक अवतरण गरिएको छ । मौसम खराब भएका कारण हेलिकोप्टर काभ्रेको पाँचखाल र नेपालथोकमा सातवटा हेलिकोप्टर अवतरण गरिएको हो । मंगलबार लुक्लाबाट काठमाडौ उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । भने काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक... पुरा पढ्नुहोस

५६ जिल्लामा फैलियो डेंगु, ६ जनाको मृत्यु

काठमाडौँ । देशका ५६ जिल्लामा डेंगुको संक्रमण फैलिएको समयमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण जिम्मेवारी बोकेको निकाय स्वास्थ्य सेवा विभाग भने नेतृत्वबिहीन बनेको छ । विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेल कार्यकाल सकिएसँगै विभाग नेतृत्वबिहीन बनेको हो । असार अन्तिममा महानिर्देशकको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्याकुरेललाई महानिर्देशकको जिम्मेवारी प्रदान गरेको थियो । तर,... पुरा पढ्नुहोस

नगरपालिकाले किन उठाएन बजारबाट ब्यवसायि कर

धिरन खत्री म्याग्दी, २२ भदौँ । बेनी नगरपालिकाको वडा नम्वर ७ र ८ केन्द्रित बेनी बजारबाट साढे २ बर्षदेखि ब्यवसायी कर उठेको छैन् । बेनी नगरपालिकाको जनप्रतिनिधि, कर्मचारी र समन्वय गर्ने म्याग्दी उद्योग वाणिज्य संघको वेवास्ताका कारण बजारबासीबाट ब्यवसायी कर नउठेको हो । सदरमुकाम केन्द्रित ब्यवसायिको कर उठाउन नगरपालिका र... पुरा पढ्नुहोस

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बृद्धि

म्याग्दी, २१ भाद्र । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बृद्धि गरेको छ । कृषि तथा पशुन्छी विकास मन्त्रालयले भाद्र २१ गते शनिवारदेखि लागू हुने गरी प्रतिलिटर ६ रुपैयाँका दरले दूधको मूल्य बृद्धि गरेको हो ।दुग्ध उत्पादक किसानहरुले पछिल्लो समयमा दाना, चोक्कर लगायतका बस्तुको मूल्य बृद्धि हुँदा दूध उत्पादनको... पुरा पढ्नुहोस

रायाेकाे साग खानुकाे फाइदाँ

  रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन केले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो । त्यस्तै रायोको सागबाट पाइने फाइदाहरुलाई हामीले यहाँ प्रस्तुत गरेका... पुरा पढ्नुहोस

नेपाल टेलिकमको नयाँ टावरबाट टुजी र थ्रिजी सञ्चालन, भ्वाईस तथा डाटाको समस्या हट्यो

थम्मन थापा भदौ २० बागलुङ  । नेपाल टेलिकमले गलकोट नगरपालिका ७ मल्मडाॅडामा निर्माण भएको नयाॅ मोवाईल टावरमा आजदेखि सेवा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा वि.सं २०७१ साल असोजमा टेलिकमले ८ मिटरको रुफ टावर मार्फत टुजी र २०७३ साल चैत देखि थ्रिजी सेवा सञ्चालनमा ल्याएको थियो । टावरको उचाई कम... पुरा पढ्नुहोस

बागलुङको नाच्ने डाँडामा तीज महोत्सव,शिक्षित महिला विना समृद्धि असम्भवः मन्त्री पुन

थम्मन थापा गलकोट १७ भदौ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षित महिला नभए सम्म समृद्व समाज निर्माण नहुने बताउनु भएको छ । नाच्ने डाँडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको नाच्नेडाॅडा तीज महोत्सवको उद्घाटन गदै प्रमुख अतिथि मन्त्रीले यस्तो बताउनु भएको हो । त्यसको लागि... पुरा पढ्नुहोस

चट्याङले भेडा मर्दा रु.दश लाख बराबरको क्षति

  बेनी ३२ साउन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु. दश लाख रुपैयाँ मूल्य बराबरको क्षति पुगेको छ । शुक्रबार राती साढे ११ बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करिब दश लाख रुपैयाँ मूल्य बराबरको क्षति पुगेको कृषक समेत... पुरा पढ्नुहोस