मुलुक

दरमिजा हुँदै चिमखोला जाने गोखोको भिरमा गोरेटो बाटो मर्मत (फाेटाे फिचर)

म्याग्दी ५ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको दरमिजा हुँदै चिमखोला जाने पदमार्ग अन्र्तगत गोखोको भिरमा गोरेटोबाटो मर्मत गरिएको छ । चिमखोलातर्फबाट दरमिजा तर्फ सडक विस्तार गर्ने क्रममा पुरानो गोरेटोबाटो पुरिएपछि चिमखोलाका स्थानीय युवाहरुले अप्ठ्यारो भिरमा गोरेटो बाटोलाई मर्मत गरेका हुन् ।   मोटरबाटो निर्माण कार्य अप्ठ्यारो ठाउँमा पुगेर रोकिएको र... पुरा पढ्नुहोस

फलोअप : एसोशियसन अफ एग्रिकल्चरका कर्मचारी भन्छन– हामीलाई पनि ठगे

सन्तोष गौतम बेनी ४ साउन । कृषकलाई विउ र बिरुवा वितरण गर्ने बाहनामा रकम संकलन गरेर फरार भएका एसोशियसन अफ एग्रिकल्चर नेपाल (आन) नाम गरेको कम्पनीका सञ्चालकले आफूहरुलाई पनि ठगेको त्यहाँ कार्यरत कर्मचारीहरुले गुनासो गरेका छन् । म्याग्दी शाखा अन्तरगत सामाजिक परिचालक पदमा कार्यरत छ जना कर्मचारीहरुले पाँच महिनादेखि तलब... पुरा पढ्नुहोस

म्याग्दीका अभिषेक कटुवाल मलेसियामा हुने ओपन टेकवान्डो च्याम्पियनसिप खेलमा छनोट

म्याग्दी, २ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु पखटोलका अभिषेक कटुवाल मलेसियामा हुने ओपन टेकवान्डो च्याम्पियनसिप खेलमा छनोट भएका छन् । टेकवान्डो च्याम्पियनसिप अन्तर्गत ४६ केजी तौल समुहमा काठमाण्डौमा रहेको महर्षी स्कूलबाट सो खेल्न छनोट भएका हुन् । १५ बर्षिय अभिषेष्क कटुवालसहित ७ जनाको टोली साउन ४ गतेबाट ३ दिनसम्म... पुरा पढ्नुहोस

ओखरबोटका बेसाहारा बालकको पढ्ने धोको अधुरै (भिडियो सहित)

बेनी, २७ असार । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट मटौकाका मनोज श्रीपालीको अध्ययन गर्ने चाहना अधुरो भएको छ । अभिभावकविहिन ११ बर्षिय श्रीपाली संरक्षकत्व नपाउँदा सडकमा भौतारिएर हिड्ने गरेका छन् । श्रीपालीको जन्म लगत्तै उनका बुबा भारततर्फ गएपछि घर फर्किएका छैनन भने दोस्रो विवाह गरेकी आमाको समेत निधन भैसकेको छ ।... पुरा पढ्नुहोस

दामोदरकुण्ड जाने बाटोमा भारतीय साधूको मृत्यु

सुन्दरकुमार थकाली मुस्ताङ   १६ असार ।  प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्ड जाने क्रममा एक भारतीय साधूको मृत्यु भएको छ। साधूको लेक लागेर स्वासप्रस्वासका कारण मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए। लोघेकर दामोदरकुण्ड गाउँपालिका ४ स्थित धिमी ठाटीबाट दामोदरकुण्ड जाने भिरालो बाटोमा साधूको शव भेटिएको... पुरा पढ्नुहोस

बाढीले बगाएको दरखोला लघुजलविद्यूत पुननिर्माण सुरु (फोटो फिचर)

कमल खत्री म्याग्दी १३ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा ४ बर्ष अघि बाढी र पहिरोले बगाएको दरखोला दोस्रो लघुजलविद्युत परियोजनालाई पुननिर्माण सुरु गरिएको छ । बाढीले लघुजलविद्यूत बगाएपछि अन्धकारमा बस्दै आएका वडा नम्बर २ को लुलाङ, लमसुङ, खोरीया लगायतका ३४० बढी घरधुरीको सुविधाको लागि परियोजनालाई नयाँ पूर्वाधार सहित पुननिर्माण... पुरा पढ्नुहोस

म्याग्दी र रुकुम जोड्ने राष्ट्रिय सडक आयोजना सञ्चालनको माग ( भिडियोसहित)

  बेनी ६ असार । म्याग्दीबाट निर्वाचित सांसद भुपेन्द्रबहादुर थापाले म्याग्दी र रुकुम जोड्ने राष्ट्रिय सडक आयोजना सञ्चालन गर्न माग गरेका छन् ।व्यवस्थापिका संसदको बजेट अधिवेशनको छलफलमा भाग हिदै सांसद थापाले बेनी देखि दरवाङ ताकम जलजला ढोरपाटन हुदै रुकुम पश्चिम जोड्ने राष्ट्रिय सडक आयोजना सञ्चालन गर्न भौतिक योजना तथा यातायात... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाकाे आर्थिक वर्ष २०७६/०७७ काे नीति तथा कार्यक्रम (पुर्णपाठ भिडियाे सहित)

           आर्थिक वर्ष २०७६र०७७ का लागि गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम गाउँसभाका अध्यक्षज्यू, उपस्थित गाउँपालिकाका उपाध्याक्षज्यू,गाउँ कार्यपालिकाका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिकाका कर्मचारीहरु, पत्रकारज्यूहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरु, https://www.youtube.com/watch?v=6h1giUsUDMI&t=70s १.संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तह देखि नै सुदृढीकरण गरी स्थानीय... पुरा पढ्नुहोस

गाउँमा भित्रीएका विकास निर्माण योजनाले रोजगारीको अवसर सिर्जना

बेनी २ असार । ग्रामिण क्षेत्रमा पूर्वाधार निर्माणले तिब्रता पाएपछि गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । सडक स्तरोन्नति, भवन, विद्युत, खानेपानी, सिँचाई, नदी नियन्त्रण, पदमार्ग निर्माण जस्ता पूर्वाधार योजना सञ्चालन गरेपछि स्थानीयबासीलाई भ्याई नभ्याई छ । राजनीतिक र प्रशासनिक पहुँचको कमीले पिछदिएका बस्तीमा अहिले करोडौ बजेटका आयोजना... पुरा पढ्नुहोस

तमानखोलाका स्वास्थ्य चौकीहरुमा ल्याव र एक्सरे सेवा थप गर्ने गाउॅपालिका अध्यक्ष बुढाको भनाई

 जेठ ३० बागलुङ । तमानखोला गाउॅपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशिल रहेको भन्दै जनताले स्वास्थ्य संस्थाबाट प्राप्त गर्ने सेवा सुविधालाई प्रभावकारि र गुणस्तरिय बनाउन गाउॅपालिका प्रयत्नशिल रहेको बताउनु भएको छ । तमान स्वास्थ्य चौकी तमानखोला गाउॅपालिका ३ तमानको सामाजिक परिक्षण कार्यको सार्वजनिकीकरण आम भेलालाई सम्बोधन गर्दै अध्यक्ष... पुरा पढ्नुहोस