ताजा अपडेट

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा जिसी निर्वाचित

बेनी, १ पुस । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको नयाँ नेतृत्व चयन गरिएको छ । विहिवार बेनीमा सम्पन्न भएको १६ औँ बार्षिक साधारण सभा एवम् सातौं जिल्ला अधिबेशनबाट ध्रुव जिसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । अधिवेशनबाट कार्यसमितिको प्रथम उपाध्यक्षमा एकराज चापागाई, द्वितिय उपाध्यक्षमा पदम... पुरा पढ्नुहोस

कम बज्न थाले ‘पञ्चेबाजा’

ढोरपाटन, २९ मङ्सिर । एक दशक अगाडिसम्म बागलुङका गाउँदेखि बजारसम्म विवाह, मेला, महोत्सव तथा शुभकार्यमा पञ्चेबाजा निकै बज्ने गर्थे । तर अहिले पञ्चेबाजा कम बज्छन् भने तिनका ठाउँमा ठूला–ठूला साउण्ड सिस्टम र स्पिकर बज्ने गर्छन् । युवा पुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तीमा आएका पञ्चेबाजा र नौमती बाजा बजाउने प्रचलन... पुरा पढ्नुहोस

पर्वतमा खेल मैदान अभाव

कुस्मा २९ मंसिर । पर्वतको खेल क्षेत्र प्रवद्र्धन गर्न खेल मैदानको अभाव भएको छ । खेलाडीहरुका अनुसार पछिल्लो समय मैदान नहुँदा जिल्लाको खेलक्षेत्र समेत ओझेलमा परेको छ । “२० वर्ष अघि बडगाउँचौरमा धौलागिरिस्तरीय खेल हप्तैपिच्छे जस्तो हुने गथ्र्यो”, पूर्वफुटबल खेलाडी राजन गुरुङले भन्नुभयो, “अहिले टोलस्तरीय खेलसमेत हुन छाडिसकेको अवस्था छ... पुरा पढ्नुहोस

सिम–सातबिसे झोलुङ्गे पुल निर्माण, यात्रा अवधि छोटियो

बेनी, २८ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२ सिम र वडा नम्बर ३ सातबिसे जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । म्याग्दी नदीमा वारपारका लागि पुल नहुँदा घुमाउरोबाटोबाट वारपार गर्न करिब १ घण्टा लाग्ने बाटो पुल निर्माण भएसंगै पाँच मिनेटमै छोटिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत उक्त ११०... पुरा पढ्नुहोस

ढोरपाटन सिकार आरक्षमा बँदेल सिकारमा गएनन् नेपाली

बागलुङ, २८ मङ्सिर । ढोरपाटन सिकार आरक्षमा पहिलोपटक नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा एउटा पनि बँदेलको सिकार हुन सकेन । यो वर्षको पहिलो सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ११ बँदेलको सिकार कोटा तोकेको थियो । तीन नेपाली सिकारीले बोलपत्रको प्रक्रियामा भाग लिए... पुरा पढ्नुहोस

काम छाडेर ठेकेदार सम्पर्कविहिन भएपछि ताकममा अस्पताल भवन अलपत्र

बेनी, २८ मंसिर ।म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणधिन ‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ योजना अलपत्र परेको छ । निर्माण व्यवसायिले काम छाडेर सम्पर्कमै नआएपछि ताकममा निर्माणधिन ५ शैया क्षमताको अस्पताल भवन योजना अलपत्र परेको हो । गत बर्षको हिउँददेखि नै काम छाडेका निर्माण व्यवसायि अहिलेसम्म पनि काममा नर्फकिएपछि गाउँपालिका... पुरा पढ्नुहोस

शैक्षिक भ्रमणका लागि मुस्ताङ पुगेका विद्यार्थीको बसको ढोकाबाट खसेर मृत्यु

जोमसोम २७ मंसिर : मुस्ताङको वारागुङ मुक्तिक्षत्र गाउँपालिका-४ एक्लेभट्टी पाक्लिङ पुल नजिक मंगलबार गुडिरहेको बसबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ। गुल्मीबाट शैक्षिण भ्रमणका लागि मुस्ताङको मुक्तिनाथतर्फ जाँदै गरेको ना१ख ७६८३ नम्बरको बसको ढोकाबाट खसेर गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका-७ बस्ने १९ वर्षीय मेखबहादुर परियारको घटना स्थलबाट अस्पताल ल्याउँदा मृत्यु... पुरा पढ्नुहोस

काभ्रेमा बस दुर्घटनामा हुँदा १७ जनाकाे मृत्यु

काभ्रे २७ मंसिर । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका... पुरा पढ्नुहोस

रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन

बेनी, २७ मंसिर । जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको टोलीले म्याग्दीको मालिका गाउँपालिकाको रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन दिएका छन् । नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र नेपाल विद्युत प्राधिकरणको गण्डकी प्रदेशका निर्देशक जगदिशचन्द्र जोशी सहितको टोलीले मंगलबार मालिका गाउँपालिका–६ को रातोढुङ्गा र ७... पुरा पढ्नुहोस

मुनामा आयोजित व्यवसाय दर्ता शिविरमा १५ वटा फर्म दर्ता

म्याग्दी २७ मंसिर । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा आयोजित दुई दिने व्यवसाय दर्ता शिविरमा विभिन्न १५ वटा व्यवसायिक फर्महरु दर्ता भएका छन् । धवलागिरि गाउँपालिका र उद्योग बाणिज्य संघ धवलागिरि इकाई समितिको समन्वयमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले सोमबार र मंगलवार गरि दुई दिनसम्म सञ्चालन गरेको शिविरमा उद्योगतर्फ कृषि र... पुरा पढ्नुहोस