ताजा अपडेट

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी।जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा बेनी नगरपालिकाले वडा नं ८ कालीपुलमा कृषि बजारको भवन निर्माण सुरु गरेको हो । बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले रु तीन करोडको लागतमा भवन निर्माण गर्न थालिएको जानकारी दिनुभयो । “सङ्घीय सरकारको कृषि... पुरा पढ्नुहोस

सूचना केन्द्रमा डिजिटल बोर्ड स्थापनाका लागि माग  

बेनी, ६ वैशाख ः म्याग्दी उद्योग वाणिज्य संघले कालीपुल बसपार्कमा पुनःसञ्चालन गरेको पर्यटक सूचना केन्द्रमा डिजिटल बोर्ड स्थापनाका लागि गण्डकी प्रदेश सरकारसँग माग गरेको छ । म्याग्दीमा आउनुभएका गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङको टोलीलाई संघका अध्यक्ष सुविन श्रेष्ठ लगायत पदाधीकारीहरुको टोलीले मागपत्र बुझाएको हो... पुरा पढ्नुहोस

मंगला शिक्षा क्याम्पसको अध्यक्षमा पुनः यामबहादुर थापा चयन

म्याग्दीको मंगला गाउँपालिका-२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको बिहिबार सम्पन्न भएको तेस्रो क्याम्पसभा तथा अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा पुनः यामबहादुर थापा सर्वसम्मतले चयन हुनुभएको छ । सञ्चालक समितिको सदस्यहरूमा नरसिं बहादुर केसी,यशुदा रोका,शेर बहादुर क्षेत्री, कलदेवी जिसी, बिना भण्डारी, बिन्दु मल्ल, टंकप्रसाद बुढाथोकी, कविन्द्र रोका, सुकबहादुर घर्ति क्षेत्री र गणेश बहादुर... पुरा पढ्नुहोस

ज्ञानोदय माविमा आधुनिक कम्प्युटर ल्याब स्थापना

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब सञ्चालनमा ल्याइएको छ । क्वालिटी एजुकेशन नेपाल, अष्टेलिया र एजुटेक नेपाल, न्युजिल्याण्डको आर्थिक सहयोगमा सम्बृद्ध ग्रामिण नेपालको लागि शैक्षिक उन्नयन (लर्न)ले संयोजन गरेर रु १५ लाख लागतमा उक्त आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ । विद्यालयमा सर्वर सिस्टमबाट चल्ने २०... पुरा पढ्नुहोस

मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु

म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको संख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ... पुरा पढ्नुहोस

‘एक पैसा कहिलेलाई ? चैतेदसैँलाई‘’

बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका छन् । ती विभिन्न कालखण्डमा फरकफरक परिवेश र भावमा प्रकट भएका छन् । चाहे त्यो विसं २०५२ मा तिलकबम मल्लले गाएको ‘चैतेदसैँ बागलुङे मेलैमा ज्यादै माया बस्यो है ख्यालख्यालैमा‘’ होस् वा पचासको दसकको आखिरीतिर बिमलराज क्षेत्री र शर्मिला गुरुङले गाएको ‘चैतेदसैँ मेलैमा... पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दीको संयोजकमा केसी चयन

  नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति म्याग्दीको संयोजकमा सेरबहादुर केसी र सचिवमा कुशल पौडेल चयन भएका छन्­ । बेनीमा सोमबार बसेको माओवादी केन्द्र म्याग्दी अन्र्तगत कार्यालयको विस्तारित बैठकले समन्वय समितिको संयोजकमा केसी र सचिवमा पौडेललाई चयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बाहालवाला जिल्ला संयोजक रेशम बहादुर जुग्जालीले... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको “नवबर्ष शुभकामना आदान प्रदान तथा क्यालेन्डर बिमोचन “

म्याग्दी, २ वैशाख । म्याग्दी जेसीजले नव बर्ष २०८१ को उपलक्ष्यमा नव बर्ष शुभकामना आदान प्रदान कार्यक्रम तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, संस्थापाक अध्यक्ष तथा बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता,म्याग्दी जेसीजका पूर्व अध्यक्ष बिजय श्रेष्ठ... पुरा पढ्नुहोस

अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुुचुरोबाट देखिएको दृश्यको बारेमा... पुरा पढ्नुहोस

चैत्राष्टामी मेलामा नेपाली सेनाको स्वास्थ्य सेवा केन्द्र

थम्मन थापा बागलुङ वैशाख २ । प्रसिद्व बागलुङ कालिका मन्दिर परिसरमा सञ्चालन भईरहेको परम्परागत चैत्राष्टमी मेलालाई लक्षित गरि नेपाली सेनाले स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको छ । मेलामा आउने दर्शक तथा बागलुङ कालीका मन्दिरमा दर्शनको लागि पुग्ने दर्शनार्थीलाई लक्षित गरि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको श्रीमेहर गण बागलुङका गणपति प्रमुख... पुरा पढ्नुहोस