विशेष

लिटील गार्डेनको रथयात्रा

बेनी १८ भदौ । बेनी नगरपालीका ८ मा रहेको लिटिल गार्डेन एकेडेमीको आयोजनामा सोमबार बेनीमा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा रथयात्रा गरिएको छ । विद्यालयको पूर्व प्राथमिक तहको आयोजनामा बालबालिकाहरुलाई राधा र कृष्णको भेषमा सजाएर रथयात्रा मार्फत बजार परिक्रमा गराइएको थियो । बालबालीकाहरुलाई चाडपर्व, धर्म र संस्कृतीको महत्वको बारेमा जानकारी गराउने... पुरा पढ्नुहोस

धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युतको पहुँच

बेनी १८ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत सुबिधा पुगेको छ । गाउँपालिकामै पहिलो पटक धारापानीका दुई सय घरमा शुक्रबार साँझ केन्द्रिय प्रशारण लाईनको बिजुली बलेको हो । गाउँपालिका, नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायीक वन उपभोक्ता समिति र उपभोक्ताहरुको पहलमा विद्युतीकरण गरिएको उपभोक्ता... पुरा पढ्नुहोस

म्याग्दीबाट अख्तियारमा १८ उजुरी

म्याग्दी, १८ भदौँ । म्याग्दीबाट अख्तियार दुरपयोग अनुसन्धान केन्द पोखरामा १८ उजुरी परेका छन् । आर्थिक बर्ष २०७४/२०७५ मा गृह, उर्जा संघिय, स्वास्थ्य, शिक्षा, उद्योग र सडक लगायतको विषयमा सो उजरी परेको हो । अख्तियार दुरपयोग अनुसन्धान केन्द्र पाेखराले आईतबार बेनीमा आयोजना गरेको एक कार्यक्रममा सो जानकारी गराएको हो ।... पुरा पढ्नुहोस

सुरेसको उपचारका लागि डेढ लाख बढी सहयोग

बेनी १७ भदौ । मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि आईतबार डेढ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौको टिचीङ अस्पतालमा उपचार गराइरहेका १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति... पुरा पढ्नुहोस

हुलाकचोक देखि ईन्द्रेणीटोल जाने गल्लीको बाटोलाई सहज बनाउन माग

बेनी १७ भदौ । बेनी नगरपालिका ७ ईन्द्रेणीटोलका बासिन्दाले हुलाकचोक देखि ईन्द्रेणीटोल जाने बाटोमा पर्ने गल्लीको बाटोलाई सहज बनाउन माग गरेका छन् ।  ईन्द्रेणी टोल सुधार समितिका अध्यक्ष नैनकुमार श्रेष्ठको नेतृत्वमा आईतबार नगरपालिकामा पुगेको स्थानीयबासीको टोलीले नगर प्रमुख हरिकुमार श्रेष्ठ र वडा अध्यक्ष राजेन्द्र श्रेष्ठलाई भेटेर यस्तो माग राखेका हुन्... पुरा पढ्नुहोस

पर्यटन प्रर्वद्धनका लागि रुईसेमा तिज विशेष कार्यक्रम (फोटोफिचर)

म्याग्दी, १७ भदौँ । रघुगंगा गाँउँपालिकाको प्रमुख पर्यटकियस्थल रुईसे–भेडिओढारमा पर्यटन प्रवद्र्धनका लागि तिज विशेष एवम् दर खाने कार्यक्रम शनिबार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजना, वडा २ को ब्यवस्थापन र आमासमुहको सहयोगमा रुईसेमा तिज विशेष प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाभित्र रहेको मौलिक भेषभुषामा सजिएर १४ टिम आमासमुह सहभागिता... पुरा पढ्नुहोस

पहिरोले बाटो बगाएपछि युवाहरुले बनाए पदमार्ग (फोटो फिचर)

बेनी, १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा पहिरोले बाटो बगाएर जोखिमपूर्ण तवरले आवत जावत गर्नुपर्ने बाध्यता हटाउन युवाहरुले पदमार्ग बनाएका छन् । गलेश्वर हुँदै पिप्ले जाने बाटो अन्र्तगत सेतीपखरामा पहिरोले बाटो नै बगाएपछि आवत जावतमा समस्या भएको थियो । तिजको अवसरमा आवतजावत बढी हुने र पहिरोले बाटो बगाएपछि स्थानीय... पुरा पढ्नुहोस

बेनीमा सुर्या लाईफ ईन्सोरेन्स कम्पनीको शाखा उद्घाटन

म्याग्दी १६ भदौ । बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले ग्रहास्थ बिमा निती ल्याउन लागिएको बताउनुभएको छ । सुर्या लाईफ ईन्सोरेन्स कम्पनीको बेनी शाखाको शनिबार भएको उद्घाटन कार्यक्रममा अध्यक्ष चापागाईले बिमाको पहुँच विस्तारका लागि ग्रहास्थ बिमाको अवधारण अनुसार निती ल्याउन लागिएको जानकारी दिनुभयो ।निर्जीवन बिमातर्फ एक करोड सम्मको ग्राहस्थ बिमा भित्र... पुरा पढ्नुहोस

सिङ्गामा लिफ्टीङ प्रविधि मार्फत सिँचाइ आयोजना अघि बढाईने

म्याग्दी, १६ भदौ । बेनी नगरपालिकाले वडा नं. ४ सिङ्गामा लिफ्ट प्रविधिको सिँचाइ आयोजना निर्माण गर्ने योजना अघि सारेको छ । बस्ती तलको म्याग्दी नदीमा बगेर खेर गइरहेको पानी तानेर खेतीयोग्य जमीनमा सिँचाई गरी खाद्यबाली, तरकारी र फलफूल उत्पादन वृद्धि गर्ने नगरपालिकाको योजना छ् । सिँचाइको अभावमा खेतीयोग्य जमीन बाँझो... पुरा पढ्नुहोस

“म्याग्दीको इतिहाँस, संस्कृति र सम्पदा”प्रकाशन

बेनी १६ भदौ । प्राध्यापक डाक्टर कर्णबहादुर बानियाद्धारा लिखीत“म्याग्दीको इतिहाँस, संस्कृति र सम्पदा”नामको पुस्तक प्रकाशन भएको छ । त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन गराउनु भएका इतिहाँसमा विद्यावारिधी गर्नुभएका प्राध्यापक बानियाले म्याग्दी जिल्लाको ईतिहाँस, संस्कृति र सम्पदाको विषयमा अनुसन्धनात्मक लेखहरु सहितको पुस्तक प्रकाशन गर्नुभएको हो । पाँच वर्षको अध्ययनपछि विभिन्न तथ्यहरु... पुरा पढ्नुहोस