विशेष

मिर्गौलापिडित सुरेशको उपचारमा दक्षिण कोरियाबाट सहयोग

बेनी १२ मंसिर । दुवै मृगौलाले काम गर्न छाडेपछि थलिएका म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारका लागि दक्षिण कोरीयाबाट आर्थिक सहयोग प्राप्त भएको छ । १९ वर्षिय छन्त्यालको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा कोरियामा रहनुभएका मंगला गाउँपालिका–४... पुरा पढ्नुहोस

ट्राफिक कार्यालय म्याग्दीले पहिलो चौमासिकमा १८ लाख ४० हजार राजश्व संकलन

म्याग्दी, ११ मंसिर । म्याग्दीमा सवारीसाधन कारबाहीबाट आर्थिक बर्ष ७५÷७६ को पहिलो चौमासिकमा १८ लाख ४० हजार १०० रुपैया राजश्व संकलन भएको छ । ट्राफिक नियम विपरित सवारी साधन चलाउनेलाई कारबाही गर्दा चार महिनामा सो राजश्व संकलन गर्न सफल भएको ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ । पहिलो चौमासिकमा २ हजार... पुरा पढ्नुहोस

बेनीमा जेसीज कप फुटवल सुरु, साबिक बिजेता र उपबिजेता विद्यालयको बिजयी सुरुवात (भिडियो सहित)

म्याग्दी ११ मङसिर । म्याग्दी सदरमुकाम बेनीमा मंगलवारदेखि १७ औ अन्तर मा.वि. हुवावे जेसीज कप फुटबल प्रतियोगिता–२०१८ सुरु भएको छ । जिल्लामा विद्यालय स्तरमा चर्चित मानिएको प्रतियोगिताको सुरुवातमा साविक विजेता न्यु वेष्ट प्वाइन्ट आवासीय मावि र उप–बिजेता माउण्ट एभरेष्टले बिजयी सुरुवात गरेका छन् । https://www.youtube.com/watch?v=m886yfR-AzA&feature=youtu.be म्याग्दी जेसीजद्धारा आयोजित प्रतियोगिताको उद्घाटन... पुरा पढ्नुहोस

हिमचितुवा संरक्षण अभियान

ठिनी, ११ मङ्सिर । मुस्ताङमा लोपोन्मुख अवस्थामा रहेको हिमचितुवा संरक्षणका लागि मुस्ताङमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।मानवसँगको द्वन्द्व, आहारा र बासस्थानको अभाव, प्रतिकूल वातावरणका कारण लोपोन्मुख अवस्थामा पुगेको हिमालको ‘रानी’ भनेर चिनिने हिमचितुवाको बासस्थान वरपरका बस्तीमा संरक्षण अभियान चलाइएको हो । रुफड फाउण्डेशन, स्नो लियोपार्ड कञ्जरफेन्सीको आर्थिक सहयोगमा र... पुरा पढ्नुहोस

रितुङ्ग माविको पुननिर्माण र बाढी पिडितको सहयोगार्थ संकलित सहयोग हस्तान्तरण (भिडियो सहित)

https://www.youtube.com/watch?v=EibUF6BPWPo&feature=youtu.be म्याग्दी, ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा बाढीले बगाएको रितुङ्ग माविको पुननिर्माण र घरबार विहिन बाढी पिडितको लागि बेलायतबाट करिब १४ लाख सहयोग जुटेको छ । गत भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीको कटानले बगाएको रितुङ्ग माविको पूर्वाधार निर्माण र बाढीबाट घरबार विहिनको लागि बेलायतमा बस्ने... पुरा पढ्नुहोस

देउसीभैलोबाट ५ लाख संकलन्

म्याग्दी, ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा अपुरो दुई कोठ आरसिसि भवन पुर्ण गराउन देउसीभैलोबाट ५ लाख रुपैया संकलन गरिएको छ । विद्यालयको आयोजना नमुना, शिशिरेडाँडा आमासमुहको सहयोगमा चारदिनसम्म संचालन भएको देउसीभैलोमा सो रकम संकलन गरिएको हो । कलाकार फौद कटुवाल ( विन्दास),... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकामा इन्टरनेट सेवा विस्तार 

बेनी ८ मंङसिर । म्याग्दीको सबैभन्दा दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको मुना स्थित कार्यालयमा शनिबार पहिलो पटक इन्टरनेट सेवाको पहुँच पुगेको छ ।नेपाल टेलीकमको प्राबिधिक सहयोगमा गाउँपालिकाको पहलमा कार्यालयमा इन्टरनेट जडान भएको हो । मुदीको फालडाँडामा रहेको टेलीकमको रिपीटर टावरमा उपकरण जडान गरेर इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाको सूचना प्रबिधि... पुरा पढ्नुहोस

रघुगंगाको दुर्गम बस्तीमा स्वास्थ्य सेवा लिन सकसः ‘स्टेचर छैन, डोकोको भर’

म्याग्दी, ७ मंसिर । रघुगंगा गाउँपालिका–८ कुईनेखानीका स्थानीयबासीलाई प्राथमिक स्वास्थ्य सेवा लिनको लागि पनी ४ घण्टा बढीको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक रुपमा बिकटता रहेको कुईनेदेखि वडाकै एकमात्रै स्वास्थ्य संस्था घ्याँसीखर्कमा रहेको स्वास्थ्य चौकीमा सेवा लिन जान घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको हो । छरिएर बस्तीहरु रहेको यस वडामा... पुरा पढ्नुहोस

एकता युवा क्लबको १० औँ बार्षिकोत्सवः विद्यार्थी र युवाहरुलाई उद्घोषण र पत्रकारीताबारे प्रशिक्षण

म्याग्दी, ५ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेको एकता युवा क्लबले आफ्नो बार्षिकोत्सव बुधवार विविध रचनात्मक कार्यक्रम सहित मनाएको छ । क्लब स्थापनाको १० औँ बार्षिकोत्सवको अवसरमा दग्नाममा विद्यार्थी र युवायुवतिहरुलाई उद्घोषण र पत्रकारीताबारे प्रशिक्षण गरिएको छ । जनता माध्यमिक विद्यालयका विद्यार्थी एवम क्लबमा आबद्ध युवायुवतिहरुमा उद्घोषणकलाको क्षमता अभिबृद्धि... पुरा पढ्नुहोस

पुर्व शिक्षक फलफूल खेतीमा

म्याग्दी, ५ मंसिर । विभिन्न रोजगारमा लामो समय विताएर अवकासपछि सबैको जिउने आधार फरक हुन्छ । तर सरकारी जागिरमा ४२ बर्ष शिक्षक विताएर अवकास लिएका एक पुर्व शिक्षक फलफूल खेतीमा ब्यस्त छन् । शिक्षक जागिरको अवकास पछि रघुगंगा गाउँपालिका–२ राखु चौउरका ६९ बर्षिय नलबहादुर कार्कीले परम्परागत कृषि खेती परिवर्तन गर्दै... पुरा पढ्नुहोस