विशेष

दरबाङ बजारमा बसपार्कको अभाव

म्याग्दी, ३० भदौँ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा सवारी साधनको चाप बढ्दै गएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा विकास भईरहेको यस दरबाङमा शहरीकरण तिब्र भएपनि व्यवस्थित बसपार्क नहुँदा यातयात व्यवस्थापनमा समस्या देखिएको छ । दरबाङदेखि विम, निस्कोट, देविस्थान, रुम, ओखरबोट हुँदै बागलुङको तमान लामेला, धौलागिरि... पुरा पढ्नुहोस

सर्वाधिक पुरस्कार राशीको बौद्ध कप फुटवलको तयारी अन्तिम चरणमा

म्याग्दी,२९ भदौँ । म्याग्दी सदरमुकाम बेनीमा हुन लागेको तेस्रो बौद्ध कप फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । बौद्ध युवा क्लब मंगलाघाटको आयोजनामा आगामी असोज १ गतेदेखि ५ गतेसम्म बेनी स्थित खुलामञ्चमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो । प्रतियोगिताको लागि खेलमैदान व्यवस्थापन, आर्थिक संकलन,... पुरा पढ्नुहोस

मोना अन्तराष्ट्रियको सम्मेलन दरबाङमा हुँदै

  म्याग्दी, २८ भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको सम्मेलन तथा दोस्रो महाधिवेशन मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा हुने भएको छ । विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोना आइसीको महाधिवेशन आगामी असोज २२ देखी २४ गतेसम्म दरवाङमा हुन लागेको हो । सम्मेलनलाई सफल बनाउन विभिन्न तयारीहरुलाई तिब्र... पुरा पढ्नुहोस

खानीगाउँका रिकेशको बिछोडमा परेकाको पिडा (भिडियो सहित)

म्याग्दी, २८ भदौ । म्याग्दीको मंगला गाउँपालीका १ खानीगाउँका रिकेश पाईजा पुनको लोक गित “म थिए आकाश तिमी थियौ जुन” को म्युजीक भिडीयो सार्वजनीक भएको छ । https://youtu.be/eveAxqVTQYI गित मार्फत पुनले प्रेमको बिछोडमा परेकाहरुको पिडालाई व्यक्त गरेका छन् । रिकेशको शब्द रहेको गितमा दुर्गा बिरही र पूर्णकला बिसीको स्वर रहेको... पुरा पढ्नुहोस

मोना यूएईको पहलमा घतानका दिनेश रेग्मी घर फर्किए

म्याग्दी, २४ भदौँ । रोजगारको शिलशिलामा युएईमा रहेका म्याग्दी बेनी नगरपालिका ९ काउलेगौँडाका दिनेश बहादुर रेग्मी मोना यूएईको पहलमा घर फर्किएका छन् । युएईको रासलखै स्थित स्टिल कम्पनीमा लामो समय देखि कार्यरत रेग्मीलाई तिनमहिना अघि दुर्घटनामा परेपछि समस्यामा परेका थिए । दुर्घटनाबको पिडाबाट ग्रसीत रेग्मीलाई कम्पनीबाट छुट्टी, काम गरेबापत पैसा... पुरा पढ्नुहोस

एसईमा उतकृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

म्याग्दी २३ भदौँ ।३८ औ राष्ट्रिय शिक्षा दिवसको अवसरमा उतकृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरिएको हो । सरकारी तथा निजि विद्यालयबाट एसर्ई परिक्षामा उतकृष्ट जिपिए ल्याउनेलाई जिल्ला शिक्षा कार्यालयबाट सम्मान गरिएको हो । सरकारीबाट ३. ६५ ल्याउने प्रकाश माविका छात्रा सोनी जोशि र ३.५५ जिपिए ल्याउने छात्रहरु जनप्रिय मावि दरबाङका... पुरा पढ्नुहोस

बेनी बजारमा बेबारिसे अबस्थामा भेटिईएकी महिलाको उद्धार गरियो

म्याग्दी, २२ भदौ । म्याग्दी सदरमुकाम बेनीबाट एक बेबारिसे महिलाको उद्धार गरिएको छ । बेनी बजार क्षेत्रमा भेटिएकी करिब ३५ बर्षिया आफ्नो नामथर समेत बताउन नसक्ने महिलालाई उद्धार गरि संरक्षणको लागि मानव सेवा आश्रम बागलुङमा पठाईएको प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो । बिगत केही समयदेखी बेनी बजारमा बेवारिशे अबस्थामा... पुरा पढ्नुहोस

खिवाङकी टकसरा पुर्जाको बोनम्यारो प्रत्यारोपणका लागि मोना पोर्चुगलबाट सहयोग

बेनी २२ भदौ । शरीरमा रगत उत्पादन गर्ने बोनम्यारोमा समस्या देखिएपछि थलीएकी म्याग्दीको धौलागिरी गाउँपालीका ४ खिवाङकी ४१ वर्षिया टकसरा पुर्जाको उपचारका लागि प्रवासीहरुले डेढ लाख रुपैया सहयोग गरेका छन् । प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगलले हाल काठमाडौको सिभिल अस्पतालमा उपचार गराईरहेकी पुर्जाको उपचारका लागि जुटाएको एक लाख ५०... पुरा पढ्नुहोस

नेपाल पर्यटन पत्रकार संघ म्याग्दीको अध्यक्षमा खत्री चयन

म्याग्दी, २२ भदौ । नेपाल पर्यटन पत्रकार संघ म्याग्दीको अध्यक्षमा जिल्लामा क्रियाशिल पत्रकार कमल खत्री चयन भएका छन् । नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय समितिको शाखा बिस्तार कार्यक्रम अन्तर्गत विहिवार बेनीमा भएको पत्रकारहरुको भेलाले पत्रकार खत्रीको अध्यक्षतामा संघको तदर्थ समिति गठन गरेको हो । पर्यटन पत्रकार संघ म्याग्दीको उपाध्यक्षमा ठाकुर... पुरा पढ्नुहोस

निजामती दिवसको अबसरमा बेनीमा रक्तदान

बेनी २२ भदौ । १३ औ निजामती दिवस बिहीबार बेनीमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । निजामती दिवस मूल समारोह समिति र निजामती कर्मचारीहरुको आधीकारीक टे«ड युनियनको संयुक्त आयोजनामा बेनी बजारमा ¥याली र रक्तदान कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । जिल्ला अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा १९ जनाले... पुरा पढ्नुहोस