विशेष
भुरुङ तातोपानीमा निशूल्क मुटु स्वास्थ्य शिवीर सम्पन्न
- 6 बर्ष, 10 महिना अगाडि
- ८ पुष २०७४, शनिबार
भुतातोपानी ८ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा शनिबार निशूल्क मुटु स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राबिधिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी भुरुङ तातोपानी उपशाखाले स्थानीय स्वास्थ्य चौकीमा एक दिने शिवीर सञ्चालन गरेको हो । अन्नपूर्ण, रघुगंगा गाउँपालीका र बेनी नगरपालीका ४०३ जना सर्वसाधारणले... पुरा पढ्नुहोस
तिप्ल्याङमा आगलागीबाट दुई वटा घर जलेर नष्ट, लाखौँको क्षती (तस्बिर सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- ८ पुष २०७४, शनिबार
म्याग्दी, ८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा शनिवार दिउँसो भएको अगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ । दिउँसो करिब ३ बजे अचानक आगलागी हुँदा स्थानीय बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको १/१ वटा घर जलेर नष्ट हुँदा लाखौँको क्षती भएको छ । बेगबहादुर पुर्जाको घरसंगै जोडिएको फर्निचरमा विद्युत सर्ट... पुरा पढ्नुहोस
यसरी भयो धौलागिरि माविमा पूर्व विद्यार्थी, शिक्षक र शुभचिन्तकहरुको पुनर्मिलन (फोटो फिचर)
- 6 बर्ष, 10 महिना अगाडि
- ७ पुष २०७४, शुक्रबार
म्याग्दी, ७ पुस । बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माध्यमिक विद्यालयले विद्यालयको चौतर्फि विकासमा सहयोग जुटाउन विद्यालयका पूर्व विद्यार्थी, शिक्षक र शुभचिन्तकहरको पुनर्मिलन कार्यक्रम सुरु गरेको छ । जिल्लामा एक मात्रै बहिरा स्रोत कक्षा सञ्चालन गरेको विद्यालयले चालु शैक्षिक सत्रदेखि सुरु गरेको कक्षा ११ र आगामी बर्ष सुरु हुने कक्षा... पुरा पढ्नुहोस
प्रकाश माविको ६५ औ वार्षिक उत्सव मनाउन सुरु
- 6 बर्ष, 10 महिना अगाडि
- ७ पुष २०७४, शुक्रबार
बेनी ७ पुष । म्याग्दीको जेठो शैक्षिक संस्था मध्यमा पर्ने प्रकाश माध्यमिक विद्यालयले शुक्रबारदेखि ६५ औ वार्षिक उत्सव मनाउन सुरु गरेको छ ।वि.स २००९ मा बेनीमा स्थापना भएको विद्यालयको ६५ औ वार्षिक उत्सव तथा नीलमणी जयन्तीको अवसर पारेर बेनीमा ¥याली गरिएको छ । विद्यालय परिसरबाट सुरु भएको ¥याली बजार परिक्रमा... पुरा पढ्नुहोस
बेग र बाँदुक जोड्ने नेपालकै लामो झोलुङ्गे पुलको निर्माण कार्य तिब्र
- 6 बर्ष, 10 महिना अगाडि
- ७ पुष २०७४, शुक्रबार
म्याग्दी, ७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका निर्माणधिन झोलुङ्गे पुलको पूर्वाधार निर्माणले तिब्रता पाएको छ । तीन बर्ष अगाडी सिलन्यास गरिएको उक्त ३ सय ६५ दशमल ८० मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हुने भएको छ । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला समन्वय... पुरा पढ्नुहोस
माओवादी चुनावी समिक्षामा
- 6 बर्ष, 10 महिना अगाडि
- ६ पुष २०७४, बिहीबार
बेनी ६ पुष । नेकपा माओवादी केन्द्र म्याग्दीले हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावको समिक्षामा जुटेको छ । बेनी स्थित माओवादी पार्टी कार्यालयमा बिहीबार बसेको कार्यालय बैठकले बिजयी उमेद्वारलाई बधाई, मतदाता, कार्यकर्ता र शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरेको छ । मंसिर दश गते पहिलो चरणमा भएको चुनावमा म्याग्दीमा एमाले र... पुरा पढ्नुहोस
सुन्तलाखेती आम्दानीको बलियो स्रोत बन्दै : म्याग्दीका सुन्तला बगैचाबाटै विक्रि ! (फोटो फिचर)
- 6 बर्ष, 10 महिना अगाडि
- ६ पुष २०७४, बिहीबार
म्याग्दी, ६ पुस । बेनी नगरपालिका–४ बास्कुनाका भिम गुरुङले रु १ लाखमा आफ्नो सुन्तला बोटबाटै विक्रि गरे । पोखराबाट आएका व्यवसायिले गुरुङको २० वटा बोटमा फलेको सुन्तलालाई रु १ लाखमा खरिद गरेका हुन् । गुरुङको मात्रै होईन यो बास्कुनाका १५ घरधुरीको सुन्तला बोटबाटै प्रतिकिलो रु ५० मा विक्रि भएको छ... पुरा पढ्नुहोस
चोरी शिकारी नियन्त्रणमा जनप्रतिनिधिको चासो !
- 6 बर्ष, 10 महिना अगाडि
- ६ पुष २०७४, बिहीबार
बेनी ६ पुस । म्याग्दीको रघुगंगा गाउँपालीका ६ पाखापानीका जनप्रतिनिधिहरुले बन्यजन्तुको चोरी शिकारी र वनपैदावारको अवैध निकासी नियन्त्रणका लागि पहल थालेका छन् । पाखापानीको सामुदायीक र सार्वजनीक वन क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी तथा जडिवुटीको अबैध चोरी निकासी बढेपछी वडाका जनप्रतिनिधिहरु नियन्त्रणमा जुटेका हुन् । वडा अध्यक्ष मनकमार शेरपुञ्जाले चोरी शिकारी... पुरा पढ्नुहोस
जलजलामा ढुङ्गा खानी अनुगमनका लागि समिति गठन
- 6 बर्ष, 10 महिना अगाडि
- ६ पुष २०७४, बिहीबार
म्याग्दी, ६ पुस । पर्वतको जलजला गाउँपालीका क्षेत्रमा रहेका ढुङ्गा खानीहरुको अध्ययन अनुगमनका लागि समिति गठन भएको छ । जलजला गाउँकार्यपालीकाको बुधबार मल्लाज स्थित कार्यालयमा बसेको बैठकले वडा न. ३ का अध्यक्ष देवेन्द्र भण्डारी (रवी)को संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको... पुरा पढ्नुहोस
सासंदलाई ज्यामरुकोटमा भव्य स्वागत
- 6 बर्ष, 10 महिना अगाडि
- ४ पुष २०७४, मंगलवार
बेनी, ४ पुष । बेनी नगरपालिका २ ज्यामरुकोटका मतदातालाई धन्यबाद दिन पुगेका प्रतिनिधि र प्रदेश सभामा नवनिर्वाचित साँसदहरुलाई स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् । स्थानीयबासीले साँसदद्धय थापा र केसीलाई फुल, माला र अबिर लगाएर बाजागाजा सहित भव्य स्वागत गरेका थिए ।मतदातालाई धन्यवाद दिन गाउँमा पुगेका सांसदहरुलाई स्वागतका साथै स्थानीय... पुरा पढ्नुहोस