विशेष
अन्नपूर्ण गाउँपालिकाको मुलपानीमा ग्राम उद्योग स्थापना गरिने
- 6 बर्ष, 6 महिना अगाडि
- १९ बैशाख २०७५, बुधबार
म्याग्दी, १९ वैशाख । अन्नपूर्ण गाउँपालिकाले वडा नं ६ घारको मुलपानी क्षेत्र ग्राम उद्योग स्थापनाका लागि उपयुक्त रहेको निस्कर्ष निकालेको छ । प्रदेश नं ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आग्रह बमोजिम उद्योग स्थापनाका लागि मुलपानी क्षेत्र उपयुक्त भएको निर्णय गरेको हो । बुधबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको... पुरा पढ्नुहोस
विकास निर्माणमा सकरात्मक कार्य : पदमार्ग निर्माणमा लक्ष्यभन्दा बढी काम
- 6 बर्ष, 6 महिना अगाडि
- १९ बैशाख २०७५, बुधबार
म्याग्दी, १९ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७, दोसल्लेका बासिन्दाले पदमार्ग निर्माण योजनामा लक्ष्यभन्दा बढी परिणामको काम गरेका छन् । गाउँपालिकामार्फत सञ्चालित दोसल्लेदेखि रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ बजार जोड्ने पदमार्गमा रेलिङ (बार लगाउने) योजनामा उपभोक्ताले सम्झौताभन्दा बढी काम गरेका हुन् । ५२ वटा पक्की पिल्लर र १०० मिटर रेलिङ बनाउने सम्झौता... पुरा पढ्नुहोस
मगरदाङमा रहेको गाईखर्क ताल संरक्षण शुरु
- 6 बर्ष, 6 महिना अगाडि
- १९ बैशाख २०७५, बुधबार
म्याग्दी, १९ वैशाख । म्याग्दीको मालिका गाउँपालिका– ५, मगरदाङमा रहेको गाईखर्क ताल संरक्षणको काम शुरु भएको छ । प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसँगै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले ताल संरक्षणको काम शुरु गरेका छन् । मगरदाङको शिरमा रहेको तालको क्षेत्रफल... पुरा पढ्नुहोस
मुक्तिधाम माविको ६९ औँ बार्षिकोत्सव मनाईयो
- 6 बर्ष, 6 महिना अगाडि
- १८ बैशाख २०७५, मंगलवार
म्याग्दी, १८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयको ६९ औँ बार्षिकोत्सव मंगलवार मनाईएको छ । विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित समारोह आयोजना गरि मनाईएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख... पुरा पढ्नुहोस
चण्डि पूर्णिमामा मालिकामा ५ हजार भक्तजनले दर्शन गरे
- 6 बर्ष, 6 महिना अगाडि
- १८ बैशाख २०७५, मंगलवार
म्याग्दी, १८ बैशाख । म्याग्दीको प्रसिद्ध धार्मिक गन्तव्यको रुपमा विकसित मालिकामा चण्डि पूर्णिमाका दिन पाँच हजार भक्तजनले दर्शन गरेका छन् । सोमबार एकैदिन उक्त सँख्यामा भक्तजनले दर्शनपुजन गरेको मालिका विकास क्षेत्रका अध्यक्ष छकप्रसाद पाइजाले जानकारी दिए । भक्तजनबाट २७ हजार ७ सय रुपैयाँ भेटी संकलन भएको अध्यक्ष पाइजाले जानकारी दिए... पुरा पढ्नुहोस
महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु
- 6 बर्ष, 6 महिना अगाडि
- १७ बैशाख २०७५, सोमबार
म्याग्दी, १७ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु भएको छ । ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण शुरु गरेका हुन् । गाउँपालिकाको रु पाँच लाख अनुदानमा झरनाको फेदीमा कृत्रिम पोखरी निर्माणको काम शुरु... पुरा पढ्नुहोस
बेनी अस्पतालको भवन निर्माणमा ढिलाई
- 6 बर्ष, 6 महिना अगाडि
- १६ बैशाख २०७५, आईतवार
म्याग्दी, १६ वैशाख । म्याग्दी सदरमुकाम बनी बजारमा रहेको तत्कालिन जिल्ला अस्पताल (हाल बेनी अस्पताल म्याग्दी)को कार्यालय परिसरमा बन्न लागेको आधुनिक सुविधासम्पन्न भवनको निमार्णकार्य सुस्त गतिमा हुँदा विरामीहरुले सास्ती खेप्न परेको छ । जिल्ला भित्र रहेको अस्पताल सुविधा सम्पन्न हुनुका साथै स्तरोन्नती हुनु आफैमा राम्रो भएपनि निर्माणकार्य सुरु भएको मितिले... पुरा पढ्नुहोस
निस्कोटको बराह ताल जाने पदमार्ग निर्माण शुरु
- 6 बर्ष, 6 महिना अगाडि
- १६ बैशाख २०७५, आईतवार
म्याग्दी, १६ वैशाख । मालिका गाउँपालिका–१ निस्कोटदेखि पर्यटकीय महत्वको बराह ताल जोड्ने पदमार्ग निर्माण कार्य शुरु भएको छ । गाउँपालिकाको सहयोगमा स्थानीयवासीले उपभोक्ता समितिमार्फत निस्कोटदेखि बराह ताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण शुरु गरेका हुन् । यस वर्ष गाउँपालिकाको रु पाँच लाख अनुदानमा निस्कोटदेखि सिद्ध मन्दिरको छेउसम्म ४३० मिटर पदमार्ग... पुरा पढ्नुहोस
पवित्र आमा समुहको अध्यक्षमा पुनः केसी चयन
- 6 बर्ष, 6 महिना अगाडि
- १५ बैशाख २०७५, शनिबार
म्याग्दी, १५ वैशाख । म्यागदीको रघुृगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पवित्र आमा समुहको छैठौँ साधारणसभा एवम दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिबेशनबाट पुनः कमला केसीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । आमा समुहको बरिष्ठ उपाध्यक्षमा यामकुमारी गर्वुजा, द्धितिय उपाध्यक्षमा कमला शर्मा, तितृय उपाध्यक्षमा जयन्ती शर्मा,... पुरा पढ्नुहोस
म्याग्दी जेसीजद्धारा पर्यटकीय रुइसेमा भ्यु प्वाइन्ट स्थापना ( फोटो फिचर)
- 6 बर्ष, 6 महिना अगाडि
- १५ बैशाख २०७५, शनिबार
म्याग्दी, १५ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य रुईसे–भेडिओढारको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनको लागि म्याग्दी जेसीजले भ्यु प्वाइन्ट स्थापना गरेको छ । म्याग्दी जेसीजको ‘एक स्थानीय तह एक कार्यक्रम’ अन्र्तगत पर्यटकीय रुईसेको ताराखसेमा भ्यु प्वाइन्ट स्थापना गरिएको हो । शनिवार म्याग्दी जेसीजको आयोजनामा रुईसेमा भएको पर्यटन प्रवद्र्धन... पुरा पढ्नुहोस