बागलुङमा दुखत दुर्घटना : तीनको मृत्यु, थप विवरण आउँदै

  • ७ फाल्गुन २०७५, मंगलवार
  • 3076 पटक पढिएको

बागलुङ  ७ फागुन । जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना हुँदा तीनजनाको शव भेटिएको हो। शवको पहिचान भने भइसकेको छैन। 

जीपमा करिव २५-३० जना यात्रु रहेको स्थानीयले बताएका छन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले जानकारी दिए।

सडकदेखि करिव ७ सय मिटर तल खसेको जीपमा के कति मानवीय क्षती भयो भन्ने एकिन हुन सकेको छैन। रात परेका कारण उद्धारमा समस्या भएको अध्यक्ष शर्माको भनाइ छ।