म्याग्दी समाचार

जिल्ला सभाको पहिलो बैठकलेः समन्वय समितिमा रहने सदस्य संख्याको टुङ्गो लगायो

म्याग्दी,१६ असार । जिल्ला समन्वय समितिको आयोजनामा स्थानीय तहको निर्वाचनपछि जिल्ला सभाको पहिलो बैठक बसेको छ । निर्वाचन आयोगको निर्देशनमा स्थानीय विकास अधिकारी प्रेमराज गिरिकोे आह्वानमा पहिलो बैठक बसेको हो । पहिलो बैठकले जिल्ला समन्वय समितिको रहने सदस्यको टुङ्गो लगाएको छ । संविधानअनुसार अध्यक्ष उपाध्यक्ष सहित बढीमा नौ सदस्यीय जिल्ला... पुरा पढ्नुहोस

छोरो च्यापेरै स्कुल जान्छिन् किशोरी

- घनश्याम खडका,असार १६, म्याग्दी  । अहिले टिफिन समय भएको छ । कोही विद्यार्थी ग्राउन्डमा खेलिरहेका छन्, कोही क्यान्टिनमा खाजाका लागि झुम्मिएका छन् । क्यान्टिनको अर्को छेउमा स्कुले पोसाक लगाएकी एउटी किशोरी बच्चालाई दूध चुसाइरहेकी छन् । बिहान १० बज्न १५ मिनेट बाँकी छँदै कुममा झोला झुन्डाएर, पिठ्युँमा छोरा बोकेर... पुरा पढ्नुहोस

वृक्षारोपण अभियान सुरु

    म्याग्दी १६ असार । वन विस्तार, हरियाली प्रर्वद्धन, भुक्षय तथा पहिरो रोकथामका लागि म्याग्दीमा वृक्षारोपण अभियान सुरु भएको छ । जिल्ला वन र भुसंरक्षण कार्यालयले भुक्षयको जोखिम रहेको, नांगो र खाली जमिन तथा सडक छेउछाउका क्षेत्रमा बिरुवा रोप्ने अभियान सुरु गरेका हुन् । बिहीबार औपचारीक रुपमा मंगला गाउँपालीका... पुरा पढ्नुहोस

म्याग्दीमा धान दिवस मनाईयोः खेत बाँझो राख्ने समस्याले धान उत्पादन बढाउन चुनौती

म्याग्दी १५ असार । खेत बाँझो राख्ने समस्याका कारण म्याग्दीमा प्रमुख खाद्यबाली धानको उत्पादन बढाउन चुनौती देखिएको छ । बसाईसराई, बैदेशिक रोजगारीका कारण जनशक्तिको अभाव तथा सिचाईको सुबिधाको कमीले खेत बाँझो राख्ने क्रम बढेपछि धान उत्पादन बढाउने सरकारी लक्ष्य हाँसील गर्न समस्या उत्पन्न भएको हो । धान दिवसको अवसरमा बिहीबार... पुरा पढ्नुहोस

रघुगंगा–२ का वडा अध्यक्ष कटुवालको एक महिना : ‘ विकास निर्माण योजना कार्यान्वयमा वित्यो’

म्याग्दी, १५ असार । म्याग्दीका जनप्रतिनिधिहरु अधिकाँशले निर्वाचित भएपछिको एक महिना सम्मान थाप्दैमा बिताए । विभिन्न संघ संस्था तथा समुहले आयोजना गर्ने स्वागत तथा सम्मान कार्यक्रममै अधिकाँश जनप्रतिनिधिहरुले समय बेतिथ गरिरहेको सन्दर्भमा रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष रिम कटुवालले भने निर्वाचित भएको पहिलो महिना जनताको सुखदुखमा बढी समय दिएर बिताएका... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसमा ‘एक विद्यार्थी एक फुल’ रोप्ने अभियान सुरु

म्याग्दी, १५ असार । बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा बगैचा निर्माण गर्न थालिएको छ । क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस परिसरमा बगैचा निर्माणको लागि ‘एक विद्यार्थी एक फुल ’ रोप्ने अभियानको सुरुवात गरेको हो । क्याम्पस परिसरमा विभिन्न किसिमका फुलहरु रोपण गरि क्याम्पस परिसरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यले... पुरा पढ्नुहोस

देविस्थानको जुग्जामा तारादेवी घर्तिले गरिन बेल्चा प्रहार गरि आफ्नै श्रीमानको हत्या

म्याग्दी, १५ असार । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको जुग्जामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । घरायसी बिवादमा भनाभन हुँदा जुग्जाकी तारादेवी घर्तिले बेल्चा प्रहार गर्दा उनका श्रीमान ७४ बर्षका खड्कबहादुर घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधवार साँझ आफ्नै घरमा घरायसी झगता हुँदा ६२ बर्षकी... पुरा पढ्नुहोस

बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा

काठमाडौँ – दाङमा चुनाव विरोधी समूहले फालेको बम पड्किन नदिई सर्वसाधारणलाई हताहत हुनबाट बचाएका प्रहरी हवल्दार दुर्गा बहादुर रानालाई गृहमन्त्रालयले पुरस्कृत गर्ने भएको छ । गृहमन्त्री जर्नादन शर्माले टेलिफोन गरेर रानालाई बधाई दिएका छन् । साथै, आफ्नो ज्यानको जोखिम मोलेर चुनाव सफल बनाउन र दुर्घटनाबाट बचाएकोमा गृहमन्त्री शर्माले हवल्दार रानालाई... पुरा पढ्नुहोस

यसरी अक्करे पहाडलाई छिचोल्दै दग्नाम सडक सञ्जालसंग जोडियो (फोटो फिचर)

म्याग्दी, १४ असार । रघुगंगा गाउँपालिका–४ दग्नाम सडक सञ्जालसंग जोडिएको छ । छिमेकी गाउँ मौवाफाँटदेखि सडक विस्तार थालेको ७ बर्षपछि दग्नाम गाउँमा सडकको ट्याक विस्तार भएको हो । मौवाफाँटदेखि झण्डै पाँच किलोमिटर सडक विस्तार गरि दबाङ भिरमा पुगेको सडक कडा चट्टानमा सडक विस्तार गर्नुपर्ने भएकाले ट्याक निर्माणमा ढिलाई भएको हो... पुरा पढ्नुहोस

जिल्ला युवा समिति कार्यालयद्धारा पत्रकारसंग अन्तक्रिया

म्याग्दी,१४असार । जिल्ला युवा समिति कार्यालयद्धारा बार्षिक गतिविधि तथा बजेट सार्वजनिक गरेको छ । कार्यालयद्धारा आर्थिक बर्ष ७३÷७४मा भएका गतिविधि बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । जिल्ला युवा समिति कार्यालयले आर्थिक बर्षमा भएको युवा लक्षित बार्षिक कार्यक्रम तथा आर्थिक बजेट सार्वजनिक गरेको थिए । कार्यक्रममा युवा समिति कार्यालयका... पुरा पढ्नुहोस