सासंदलाई ज्यामरुकोटमा भव्य स्वागत

  • ४ पुष २०७४, मंगलवार
  • धिरन खत्री
  • 1625 पटक पढिएको

बेनी, ४ पुष । बेनी नगरपालिका २ ज्यामरुकोटका मतदातालाई धन्यबाद दिन पुगेका प्रतिनिधि र प्रदेश सभामा नवनिर्वाचित साँसदहरुलाई स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् ।

 

स्थानीयबासीले साँसदद्धय थापा र केसीलाई फुल, माला र अबिर लगाएर बाजागाजा सहित भव्य स्वागत गरेका थिए ।मतदातालाई धन्यवाद दिन गाउँमा पुगेका सांसदहरुलाई स्वागतका साथै स्थानीय बासिन्दाले खानेपानी, शिक्षा बाटो लगायतको विकास योजनाको माग राखेका थिए ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले मतदातालाई धन्यबाद दिदै सधै तपाईहरुको मान्य मात्रै नभएर इमान्दार भरिया भएर काम गर्ने बचन दिनुभएको छ। पैसाले पद किन्न आएकाहरु बालुवा पानी हाले जस्तै भएर बसेका छन् । त्यसैले तपाईहरुले दिएको जिम्मेवारी पुरा गर्न सधै तत्पर भएर लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । स्थिर सरकार निर्माण गरि मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडी लैजान आम जनताले वामगठबन्धनलाई दिएको जनमत अनुसार आफुहरु अगाडी बढ्ने बताउनुभयो ।


कार्यक्रममा प्रदेश सभा सदस्य विनोद केसीले स्थानीय स्रोत र साधनको उपयोग गर्दै सम्भावनाहरुको उजागर गर्नतर्फ आफ्नो प्रमुख जोड रहने बताउँदै सबैसंग हातेमालो गर्दै विकास निर्माणलाई अगाडी बढ्ने बताए । धेरै बोल्ने भन्दा गरेर देखाउने जिम्मेवारी आएको हुदाँ तपाइहरुले लगाएको गुन आगामी दिनमा काम गरेर तिर्ने बचनबद्धता गर्नुभएको छ ।


नेकपा एमालेका वडा कमिटि अध्यक्ष मानबहादुर थापाको अध्यक्षता नेकपा एमाले जिल्ला सचिवालय सदस्य राजकुमार थापाको संचालनमा भएको कार्यक्रममा जिल्लाका वामगठबन्धनका नेताहरु पनि उपस्थित रहेको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l