काउलेगौडाँ युवा क्लव घतानद्धारा विजयी दशमी मेला सुरु

  • २५ आश्विन २०७५, बिहीबार
  • 2910 पटक पढिएको

म्याग्दी, २५ असोज । नेपालीहरुको महान चार्ड विजयी दशमीको अवसरमा बेनी नगरपालिका– ९ घतानमा काउलेगौडाँ युवा क्लवद्वारा आयोजित मेला बुधबारदेखि सुरु भएको छ ।क्लवले आयोजना गरेको मेलामा भलिबलमा २४ टिमको सहभागिता रहेको छ । भलिबलसंगै विभिन्न सास्कृति एवम् नृत्य प्रतियोगिता आयोजना गरको छ । केवाईसी युवा क्लवका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता भएको कार्यक्रमलाई उद्घाट्न गदै जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठले ग्रामिण भेगमा आयोजित खेलकुद प्रतियोगिताले लुकेर रहेका विविध प्रतिभालाई पहिचान गर्न मदत पु¥याएको बताए । राष्ट्रियस्तरका खेलाडी ग्रामिण भेगका आयोजित प्रतियोगिताले पहिचान गरेको बताउदै यस्ता प्रतियोगितालाई ब्यवस्थित रुपमा निरन्तरता दिन आग्रह गरेका थिए

कार्यक्रममा पुर्व राष्ट्रिय खेलाडी एवम् संघका उपाध्यक्ष खड्क केसी, संघका सचिव विनय श्रेष्ठ, गंगा केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लवका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाको संचालनमा उद्घाटन कार्यक्तम सम्पन्न भएको थियो । प्रतियोगिता २७ गतेसम्म संचालन हुने छन् ।


भलिबलमा प्रतियोगितामा प्रथम दिप्तृय हुने टिमलाई क्रमश ३६ हजार र २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ । बाल, प्रौढ भलिबल, लठो, अन्धनिशानी लगायतको प्रतियोगिता आयोजना गरिएको छ । क्लवले स्थापनाकालदेखि जिल्लामा खेलकुदसंगै सामाजिक कार्यक्रममा छुट्टै पहिचान बनाउदै आएको छ ।