म्याग्दी समाचार

अन्नपूर्णमा सम्पति तथा भूमिकर सम्बन्धि प्रशिक्षण

सुरेन गुरूङ बेनी १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबारदेखि सम्पति तथा भुमिकर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र नगर विकास प्रशिक्षण केन्द्रले आयोजना गरेको तीन दिनसम्म सञ्चालत हुने कार्यक्रमको गाउँपालिका अध्यक्ष क्याटेन डमबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष पुनको अध्यक्षता, सामाजिक... पुरा पढ्नुहोस

दलित सचेतना प्रशिक्षण

बेनी १८ माघ । संयुक्त राजनितीक दलित संघर्ष समिति म्याग्दीको आयोजनामा रघुगंगा गाउँपालिका र वडा न. ३ पिप्लेको सहयोगमा शुक्रबारदेखि दलित जनप्रतिनिधी तथा दलित अगुवाहरुलाई दुई दिने दलित सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।   नन्दबहादुर विकको अध्यक्षता, बलबहादुर विश्वकर्माको सञ्चालन र छवी विकको स्वागत मन्तब्यमा भएको कार्यक्रमको... पुरा पढ्नुहोस

बेनीमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु ( फोटो फिचर)

म्याग्दी, १८ माघ । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवारदेखि बेनी नगरपालिका स्तरीय अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २४ वटा विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेल अन्र्तगत १५ सय मिटरको दौडमा छात्रतर्फ राष्ट्रिय... पुरा पढ्नुहोस

थाकनपोखरीमा सहरी स्वास्थ्य केन्द्र स्थापना (फोटो फिचर)

सन्तोष गौतम बेनी १८ माघ । बेनी नगरपालिका ६ थाकनपोखरीमा शुक्रबार सहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकाले ग्रामिण क्षेत्रका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको केन्द्रको पूर्व सांसद गोविन्द पौडेलले उद्घाटन गर्नुभयो । सो अवसरमा नेकपाका नेता समेत रहनुभएका पौडेलले... पुरा पढ्नुहोस

पुरस्कार वितरण तथा हिज्जे प्रतियोगिता सम्पन्न

कर्णबहादुर खत्री म्याग्दी, १८ माघ । सदरमुकाम बेनी बजार स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा शुक्रबार दोस्रो चौमासिक परिक्षाको पुरस्कार वितरण गरिएको छ । गत पौषको अन्तिम साता सञ्चालन गरिएका परिक्षामा बाल कक्षा देखि कक्षा नौ सम्मका कक्षा प्रथम , द्धितिय र तृतिय हुने विद्यार्थिहरुलाई विव्यस अध्यक्ष नारायणबहादुर कार्की , अभिभावक... पुरा पढ्नुहोस

ब्रेनट्यूमर पीडित प्रमिलाको उपचारका लागि जापानवासी म्याग्देलीको सहयोग

धु्रबसागर शर्मा म्याग्दी, १८ माघ । जापनमा ब्रेनट्यूमरका कारण सिकिस्त एक म्याग्देली चेलीको उपचारका लागि जापानमा रहेका म्याग्देलीहरुले आर्थिक सहयोग अभियान संचालन गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी प्रमिला दर्जीको उपचारका लागि मोना जापानमा आवद्ध म्याग्देलीहरुले सहयोग अभियान संचालन गरेको र हालसम्म ५० हजार रुपैयाँ सहयोग संकलन... पुरा पढ्नुहोस

पोखरेबगरमा आधारभूत पत्रकारिता तालिम सम्पन्न (फोटो फिचर)

म्याग्दी १७ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा विहिवार दुई दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा गाउँपालिकाका ८ वटै वडाका प्रतिनिधिमुल सहभागीतामा तालिम सञ्चालन गरिएको हो । तालिममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष... पुरा पढ्नुहोस

भकिम्लीको डोलेमा हेहिप्याड

बेनी, १६ माघ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले बेनी नगरपालिका ३ भकिम्लीको डोलेमा हेलीकप्टर अवतरण गर्ने स्थान (हेलीप्याड) निर्माण भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको म्याग्दीको सबै वडामा हेलीप्याड निर्माण गर्ने निर्णय अनुसार बेनी नगरपालिकाले भकिम्लीबाट हेलिप्याड निर्माण सुरु गरेको हो ।... पुरा पढ्नुहोस

पोखरेबगरमा आधारभूत पत्रकारिता तालिम सुरु

पोखरेबगर, १६ माघ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधबारदेखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा सुरु भएको तालिम दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । वडा स्तरमा पत्रकारिताको पहुँच विस्तार गरि स्थानीय गतिबिधि सञ्चार माध्यम... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा ५ दिनदेखि विद्युत र सञ्चार सेवा अबरुद्ध

बेनी, १६ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा विगत ५ दिनदेखि सञ्चार सम्बन्ध बिच्छेद भएको छ । हिमपातको कारण विद्युत सेवा अबरुद्ध हुँदा सञ्चार सेवा प्रभावित बनेको हो । हिमपातले यस गाउँपालिकामा केन्द्रिय प्रशारण र स्थानीय तातोपानी साना जलविद्युत आयोजनाको विद्युत प्रशारण तथा वितरण लाईनमा क्षति पुर्‍याएको छ । विभिन्न ठाउँमा पोल... पुरा पढ्नुहोस