मुलुक
विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि
- 7 बर्ष, 5 महिना अगाडि
- २८ फाल्गुन २०७४, सोमबार
२८ फागुन, काठमाडौं । यूएस एयरको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा २८ जनाको शव संकलन गरिएको छ । ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । मृतकको... पुरा पढ्नुहोस
- 7 बर्ष, 5 महिना अगाडि
- २६ फाल्गुन २०७४, शनिबार
२६ फागुन, काठमाडौं । माओवादी केन्द्रका सांसद कृष्णबहादुर महारा प्रतिनिधिसभाको सभामुख चयन भएका छन् ।संसदको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्वारोध निर्वाचित गरेको हो । महरालाई सभामुख बनाउन एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव गरेका थिए भने माओवादीका देव गुरुङले समर्थन गरेका थिए । साथै प्रमुख विपक्षी कांग्रेसका मिनेन्द्र... पुरा पढ्नुहोस
हार्ने राष्ट्रपति, जित्ने राष्ट्रपति र भित्ते राष्ट्रपति !
- 7 बर्ष, 5 महिना अगाडि
- २६ फाल्गुन २०७४, शनिबार
राष्ट्रपति निर्वाचनको यो पूर्वसन्ध्यामा चार जना रामहरूलाई सम्झँदै केही कुरा राख्ने अनुमति चाहन्छु- रामप्रीत पासवान, रामवरण यादव, रामराजाप्रसाद सिंह र रामचन्द्र पौडेल । अघिल्ला तीन राम गणतन्त्र नेपालको पहिलो राष्ट्रपति पदका क्रमशः एमाले, काँग्रेस र माओवादीका उम्मेदवार थिए । पछिल्ला रामचाहिँ हार्दा हार्दा झाडापखाला अति लागेको बिरामीझैं लखतरान भए पनि... पुरा पढ्नुहोस
प्रहरीको खोजी सूचीमा रहेका सांसद सिलवाल संसद भवन भित्र
- 7 बर्ष, 6 महिना अगाडि
- १९ फाल्गुन २०७४, शनिबार
काठमाडौं, १९ फागुन । प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम... पुरा पढ्नुहोस
दैनिक ३५ करोड राजस्व लुट
- 7 बर्ष, 6 महिना अगाडि
- १९ फाल्गुन २०७४, शनिबार
काठमाडौं, १९ फागुन । भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ। चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रुपैयाँ राजस्व बढी... पुरा पढ्नुहोस
जनप्रतिनिधिलाई विप्लव समूहको चेतावनी : राजीनामा नदिए कारबाहीको धम्की
- 7 बर्ष, 6 महिना अगाडि
- १३ फाल्गुन २०७४, आईतवार
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सुर्खेतका स्थानीय जनप्रतिनिधीको राजीनामा माग गरेका छ । विप्लवको पार्टीले सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुल लगायत वडा कार्यालयमा पत्र पठाएर राजिनामा माग गरेको हो । पत्रमार्फत राजीनामा नदिए भौतिक कारवाहि गर्ने समेत सो पार्टीले चेतावनी दिएको छ । विप्लवको पत्रले जनप्रनिनिधी त्रसित बनेका छन् ।... पुरा पढ्नुहोस
प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन मारिए
- 7 बर्ष, 6 महिना अगाडि
- ९ फाल्गुन २०७४, बुधबार
काठमाडौं, ९ फागुन । प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन मारिएका छन् । बुधबार बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन सहित उनका सहयोगी सोम आले पनि मारिएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले नागरिकलाई जानकारी दिए। पुन र उनका सहयोगीले रुपन्देहीमा कुनै अप्रिय घटना घटाउदै छन भन्ने सुचनाका आधारमा प्रहरीले... पुरा पढ्नुहोस
प्रदेश नम्बर ४ सरकारको पहिलो निर्णय : २ वर्षभित्र सबै गाउँमा विजुली
- 7 बर्ष, 6 महिना अगाडि
- ४ फाल्गुन २०७४, शुक्रबार
चार नम्बर प्रदेशको मन्त्रपरिषदको पहिलो बैठकले उज्यालो प्रदेश कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको पहिलो बैठकले दुई वर्षभित्र सबै गाउँमा विजुली पुग्नेगरी काम गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता समेत रहेका नवनियुक्त मन्त्री रामशरण बस्नेतले बैठकका निर्णय सार्वजनिक गर्दै उज्यालो कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको बताए । ‘२... पुरा पढ्नुहोस
केपी ओली : झापा विद्रोहदेखि दोस्रो पटक प्रधानमन्त्रीसम्म
- 7 बर्ष, 6 महिना अगाडि
- ३ फाल्गुन २०७४, बिहीबार
काठमाडौं, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक प्रधानमन्त्री बनेका छन्। यस अघि उनी नेकपा माओवादी केन्द्रको समर्थनमा २०७२ असोज २४ पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यतिबेला उनले प्रधानमन्त्रीको निर्वाचनमा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई पराजित गरेका थिए। २००७ फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका... पुरा पढ्नुहोस
एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त, चार बजे सपथ
- 7 बर्ष, 6 महिना अगाडि
- ३ फाल्गुन २०७४, बिहीबार
काठमाडौं, ३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। [caption id="attachment_15833" align="alignnone" width="800"] फाइल तस्बिर[/caption] ओलीले माओवादीको समर्थनमा विहीबार विहान मात्रै प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।... पुरा पढ्नुहोस