ताजा अपडेट

म्याग्दीमा काँग्रेसबाट प्रतिनिधिसभामा तीन जना सहित ३२ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस

बेनी, १७ भदौ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले ३२ जनाको नाम सिफारिस गरेको छ । शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधि समेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्य समितिको बैठकमा उम्मेदवार बन्न आकांक्षा राखेका व्यक्तिहरुको नाम प्रदेश समितिमा... पुरा पढ्नुहोस

गण्डकी प्रदेश स्तरीय कराँतेमा म्याग्दीलाई २ स्वर्ण

म्याग्दी १७ भदौ । पोखरामा सम्पन्न भएको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा कराँते विधातर्फ दुइ स्वर्ण पदक हात पार्दै  म्याग्दीका ६ जना खेलाडी आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन । कराँतेको कुमुतेमा प्रज्वल शेरचन, सुमन बानियाँ, मार्शल गर्वुजा, समिति शर्मा र मौसम किसानले स्वर्ण पदक जितेका छन... पुरा पढ्नुहोस

सिंगामा एकमहिने ‘मगर भाषा’ प्रशिक्षण सम्पन्न

म्याग्दी, १७ भदौ । बेनी नगरपालिका– ४ सिंगामा एकमहिने मगर भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मगर जातीको लोप हुदै गएको भाषालाई संरक्षण गर्ने उद्देश्यले वडा कार्यालय र नेपाल मगर संघ सिंगा तातोपानी एकाईको आयोजनामा एक महिने भाषा प्रशिक्षण कार्यक्रम गरिएको थियो । सिगाँको सोता, तल्लो बजार र उपल्लो... पुरा पढ्नुहोस

सिंगा तातोपानी कुण्ड परिसरमा आफन्तको स्मृतिमा ‘बुद्धको प्रतिमा’

बेनी, १७ भदौ । प्राकृतिक उपचारस्थलको रुपमा चिनिएको बेनी नगरपालिका – ४ सिंगास्थित रहेको तातोपानी कुण्ड परिसरमा ‘बुद्धको प्रतिमा’ स्थापना गरिएको छ । मंगला गाउँपालिका–५ अर्मन किमचौरका हाल काठमाण्डौ बस्ने टंक बुढाथोकी मगरले स्वर्गिय बुवा ओमबहादुर बुढाथोकी र स्वर्गीय दाजु रत्नबहादुर बुढाथोकीको स्मृतिमा कुण्ड परिसरमा दुईवटा बुद्धको प्रतिमा स्थापना गर्नुभएको... पुरा पढ्नुहोस

म्याग्दीमा काँग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस

बेनी, १७ भदौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । बेनी स्थित जिल्ला पार्टी कार्यालयमा बसेको बैठकमा प्रत्यक्ष तर्फ चार र समानुपातिक तर्फ १० जना आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ... पुरा पढ्नुहोस

चिमखोलाको चिनारी ‘चिमखोले डोको’ (तस्वीर)

म्याग्दी १७ भदौ म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा बनाइएको चोयाँको ‘ चिमखोले डोको’ । जंगलमा पाईने निगालोको चोयाँबाट बुनीने डोको घरमा सजाउन र घरायसी सामान बोक्न संगै उपहार दिनका लागि देश विदेशमा समेत लैजाने चलन रहेको छ । तस्वीर सामाजिक सञ्जालबाट पुरा पढ्नुहोस

विद्यालय परिसरमा मेलाजात्रा सञ्चालन गरिँदा पठनपाठन प्रभावित

म्याग्दी १७ भदाै । म्याग्दीका विद्यालय परिसरमा मेलाजात्रा सञ्चालन गरिँदा पठनपाठन प्रभावित हुन थालेको छ । विद्यालयमा हप्ताँैसम्म खेलकुद र सांस्कृतिक मेला सञ्चालन गरिँदा विद्यार्थीको पठन पाठनमा असर परेको हो । स्थानीय तह, राजनीति दलका प्रतिनिधि र सरोकारवालाको सहभागितामा विसं २०७६ मा जारी भएको मेला–महोत्सव सञ्चालनसम्बन्धी कार्यविधिविपरीत विद्यालयमा पठनपाठन बन्द... पुरा पढ्नुहोस

गठबन्धन दल सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै छ : अध्यक्ष दाहाल

सुर्खेत १७ भदाै । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि आज सुर्खेत आइपुग्नुभएका अध्यक्ष दाहालले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र... पुरा पढ्नुहोस

थकाली समितिको अध्यक्षमा गजेन्द्र तुलाचन चयन, सबै केन्द्रीय सदस्य निर्विरोध

जोमसोम १७ भदौ । थकाली सेवा समिति नेपाल (केन्द्र) काे अध्यक्षमा गजेन्द्र तुलाचन निर्विरोध चयन भएका छन्। मुस्ताङमा बिहिबार सम्पन्न १३ औ महाधिवेशनले तुलाचनसहित २७ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित गरेको हो । महाधिवेशनबाट काठमाडौं क्षेत्रका तुलाचनलाई आगामी ३ वर्षीय कार्यकालका लागि निर्विरोध चयन गरिएको हो। केन्द्रअन्तर्गत कुल २३३ जना... पुरा पढ्नुहोस

बेनी अस्पतालको बार्षिक समिक्षा गोष्ठी

  म्याग्दी, १५ भदौ । बेनी अस्पतालले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक प्रगती विवरण समिक्षा गोष्ठी मार्फत सार्वजनिक गरेको छ । बुधबार अस्पतालले सरोकारवालाहरुको उपस्थितमा गत आर्थिक बर्षको गतिविधि सार्वजनिक गरेको हो । अस्पतालमा भएको पुर्वाधार र जनशक्ति मार्फत गत आर्थिक बर्षमा ३८ हजार ४३२ जनालाई स्वास्थ्य सेवा दिएको अस्पतालका... पुरा पढ्नुहोस