ताजा अपडेट
खुल्लामञ्चको थप प्याराफिट निर्माण सुरु
- 2 बर्ष, 6 महिना अगाडि
- ५ पुष २०७९, मंगलवार
बेनी, २ पुस ।सदरमुकाम बेनीस्थित रहेको खुल्लामञ्चको प्याराफिट विस्तार काम सुरु भएको छ। बेनी नगरपालिकाले थप प्याराफिट निर्माणका लागि चालु आर्थिक वर्षमा रु ५० लाख रुपैया बजेट विनियोजितबाट काम सुरु भएको हो । म्याग्दी नदीतिरको प्याराफिटलाई पूर्णता दिन सुरु गरिएको प्याराफिट निर्माणको शिलन्यास बेनी नगरपालिकाका प्रवक्ता एवम् वडानम्वर ७... पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी
- 2 बर्ष, 6 महिना अगाडि
- ५ पुष २०७९, मंगलवार
काठमाडौँ, ५ पुस । नेपाली कांग्रेस संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालय परिसरमा पुगेर दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो । सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल... पुरा पढ्नुहोस
म्याग्दी जेसीजद्वारा हिमालय आधारभुत विद्यालयमा न्यानो कपडा वितरण (तस्बिर /भिडियो)
- 2 बर्ष, 6 महिना अगाडि
- ५ पुष २०७९, मंगलवार
बेनी, ५ पुस । म्याग्दी जेसीजले रघुगंगा गाउँपालिका–३ मा रहेको हिमालय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । मंगलवार विद्यालयमा आयोजिक एक कार्यक्रमका बिच म्याग्दी जेसीजले सञ्चालन गरेको ‘न्यानो माया’ कार्यक्रम अन्तरगत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत २६ जना बालबालिकाहरुलाई विद्यालय पोशाकको स्विटर वितरण गरेको हो... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई
- 2 बर्ष, 6 महिना अगाडि
- ४ पुष २०७९, सोमबार
म्याग्दी, ४ पुस । आर्थिक बर्ष २०७९/०८० को पहिलो चौमासिकमा बेनी नगरपालिकाले गरेको विकास निर्माण र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको छ। बेनी नगरपालिकाको वडानम्वर ४ सिंगा तातोपानी बजारमा सोमबार जनप्रतिनिधि, कर्मचारी, नगरबासी जनताको उपस्थितमा नगरको विकास र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । बेनी नगरका मेयर सुरज... पुरा पढ्नुहोस
संरक्षणको पर्खाइँमा घुमाउने घर
- 2 बर्ष, 6 महिना अगाडि
- ४ पुष २०७९, सोमबार
पर्वत ४ पुस । पर्वतको आर्थरडाँडाखर्कमा रहेका परम्परागत घुमाउने घर संरक्षणको अभावमा खण्डहर बनेका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँका अधिकांश परिवार सहरतिर बसाइँसराइ गर्दा गाउँका घर खाली भएका हुन् । गाउँमा पनि आजकल आधुनिक घर निर्माण गर्ने क्रम बढेकाले परम्परागत पुराना घरको संरक्षण हुन नसकेको हो ।... पुरा पढ्नुहोस
बेनी र मोहनचोकमा सिवाइसीको सेवा केन्द्र स्तरीय साधारणसभा
- 2 बर्ष, 6 महिना अगाडि
- ४ पुष २०७९, सोमबार
बेनी, ३ पुष । म्याग्दीका बेनी र पर्वतको जलजला गाउँपालिका–७ मोहनचोकमा आइतबार सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र इकाई स्तरीय साधारणसभा सम्पन्न भएको छ । बेनीमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र मोहनचोकमा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो ।... पुरा पढ्नुहोस
गाउँमै पौष्टिक आहार उत्पादन गरिँदै
- 2 बर्ष, 6 महिना अगाडि
- ४ पुष २०७९, सोमबार
म्याग्दी ४ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार ९सर्वोत्तम पिठो० गाउँमै उत्पादन गर्ने तयारी भएको छ । सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम आयोजना गरेको... पुरा पढ्नुहोस
बजारको अभाबले गाउँमै उत्पादन भएका अल्लो कपडा थन्किए
- 2 बर्ष, 6 महिना अगाडि
- ४ पुष २०७९, सोमबार
बेनी, ४ पुस । म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभाबले थन्किएका छन् । जंगलमा खेर गएको अल्लोलाई सदुपयोग गरि गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमीहरु बजार अभाबले समस्यामा परेका छन् । विगत ६ बर्षदेखि धवलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन... पुरा पढ्नुहोस
बागलुङमा धान उत्पादन घट्यो
- 2 बर्ष, 6 महिना अगाडि
- ४ पुष २०७९, सोमबार
बागलुङ ४ मंसिर । लगातारको वर्षाले भित्र्याउनै ठिक्क परेको धानमा क्षति पुगेका कारण यस वर्ष बागलुङमा धान उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो । बागलुङ नगरपालिका–४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षहरुमा १२ मुरी धान उत्पादन भएकोमा यस वर्ष भित्र्याउने बेला... पुरा पढ्नुहोस
गण्डकीमा काँग्रेसले आफ्नै नेतृत्वमा गठबन्धनको सरकार गठन गर्न पहल गर्ने
- 2 बर्ष, 6 महिना अगाडि
- ३ पुष २०७९, आईतवार
पोखरा, ३ पुस । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माको सभापतित्वमा आज सम्पन्न बैठकले प्रदेशमा गठबन्धनमा संलग्न दलहरुको बहुमत भएकोले काँग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवम् प्रचारप्रसार... पुरा पढ्नुहोस