म्याग्दी प्रबासी नेपाली संघ (मोना) ओमनको गठन

  • ९ आश्विन २०७४, सोमबार
  • 2011 पटक पढिएको

ओमन / बैदेशिक रोजगारी र पेशा, ब्यवसायको क्रममा ओमनमा पुगेका म्याग्देलीहरु संगठीत भएका छन् । २२ सेप्टेम्बर अथवा शुक्रबार ओमन मस्कट रुसेल गार्डन् भएको भेलाले लेखक पूर्ण बहादुर विक (पहाडी) को अध्यक्षतामा म्याग्दी प्रबासी नेपाली संघ (मोना)को राष्ट्रिय समिति गठन गरेको छ ।

ओमनमा रहेका म्याग्देलीहरलाई दुख पर्दा सहयोग गर्ने, जिल्लाका सामाजिक तथा परोपकारी अभियानलाई सघाउने उद्देश्यले गठन भएको संस्थाको उपाध्यक्षमा गणेश चोखाल, धन बहादुर छन्त्याल ,महासचिव ठहर प्रसाद क्षेष्ठ, सचिवमा बल बहादुर किसान , कोषाध्यक्षमा रामचन्द्र केसि रहनुभएको छ । समितिको सदस्यहरुमा अमृत चोखाल,राम घर्ती, बिनोद घर्ती, तोपेन्द्र खत्री,राज पुन, याम रोका ,चन्द्रबहादुर दर्जी,केशर विक,सोम बहादुर परियार,लिला घर्ती, बुद्धि पाइजा,रामु परियार,क्षेत्र भण्डारी रहनुभएको छ ।

संस्थाले ओमानमा रहेका म्याग्देलीहरुको तथ्याङ्क संकलन गर्ने, उनिहरुलाई मोनामा आवद्ध गराउने, कोष स्थापना गरी जिल्लामा सञ्चालन हुने परोपकारी तथा सामाजिक अभियानलाई सहयोग गर्ने, विभिन्न समयमा खेलकुद कार्यक्रम गर्ने योजना बनाएको छ ।